Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘यूके बेक अफः द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै
‘यूके बेक अफः द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २१, २०८१

काठमाडौं - धादिङको मैदीमा जन्मेहुर्केका नारायण श्रेष्ठले पाककलाका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान स्थापित गरेका छन्  । काठमाडौँमा कक्षा १२ सम्मको अध्ययन सकेपछि कामको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई), कतार हुँदै बेलायत पुगेका नारायणले केही समयअघि सम्पन्न ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ जितेपछि उनको चर्चा थप चुलिएको हाे । 

इन्टरकन्टिनेन्टल लन्डन ओटुका तर्फबाट नारायण र भारतका तनुज शर्माको जोडीले लण्डनमा भएको प्रतियोगिताको उपाधि जितेका हुन्  । प्रतियोगितामा नारायण र तनुजसँगै रोयल एयरफोर्स क्लबका गेरोल र माइकल तथा सोको प्याटिसेरीका भरत र जोन अन्तिम तीन टोलीमा छानिन सफल भएका थिए ।

फाइनलमा १२ टोलीबीच भएको प्रतिस्पर्धामा नारायण र तनुजले ‘गडुदा’ शीर्षकको प्रतियोगितामा आफ्नो सिर्जनशीलता प्रस्तुत गर्दै उपाधि जितेका हुन् । चाँगुनारायणको प्राचीन अभिलेखसँग सम्बन्धित गडुदा नेवारी संस्कृतिको महत्वपूर्ण परिकारमध्येको एक हो । 

Hardik health

छनोट प्रतियोगिताको निर्णायकमा चेरिस फिन्डेन र बेनोइट ब्लिन थिए । ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विश्वकै प्रतिष्ठित र निकै प्रतिस्पर्धात्मक बेकिङ प्रतियोगिता मानिन्छ । प्रतियोगितामा सेफ नारायणले चिनी, चकलेट, चाउ पेस्ट्री र पाटे सुक्रे जस्ता प्रविधिगत क्षेत्रमा आफ्नो दक्षता देखाएका थिए  । 

“यो पुरस्कार मेरा लागि निकै ठूलो सफलता हो । त्यसमाथि नेपाल र नेपालीका लागि पनि यो गौरवको कुरा हो”, सेफ नारायणले भने । काठमाडौँमा विद्यालय तहको पढाई सकेपछि पाककलातर्फ लागेका उनले सन् २०१४ मा युएईको दुबईस्थित डबलट्रीमा काम गर्ने अवसर पाए । त्यतिबेला सहायक सेफ रहेका नारायणले क्रमशः पेस्ट्री र बेकरीसम्बन्धी सीप सिके । दुबई पुगेको एक वर्षपछि नारायणले कतारको दोहास्थित ‘फोर सिजन’ होटलमा काम पाए । त्यहाँ उनले खासगरी चकलेट, केक र ब्रेडसम्बन्धी नयाँ–नयाँ प्रयोग गर्दै सीप विस्तार गरे । 
    
सन् २०१८ मा सेफ युएईको आबुधाबीस्थित ‘फोर सिजन’ होटलमा समेत काम सुरु गरेकाे नारायण सन् २०२३ मा कामकै सिलसिलामा बेलायत पुगे । त्यसयता उनले त्यहाँको ओटुस्थित ‘इन्टरकन्टिनेन्टल लण्डन’ होटलमा आफ्नो पाककलाको सीप र अनुभव पस्किरहेको छ । ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ का विजेता सेफ तनुज पनि ‘इन्टरकन्टिनेन्टल लण्डन’ होटलमै कार्यरत छन् ।  

“धादिङको सानो गाउँदेखि विश्वस्तरीय होटलमा सेफका रूपमा कार्य गर्न पाउनु नै एक किसिमको सफलता हो”, नारायणले भने, “यूके बेकः अफ प्रोफेसनल्स–२०२४ उपाधि जितेपछि आफूमाथि केही नयाँ गर्ने चुनौती थपिएको महसुस भएको छ ।” खासगरी चकलेटप्रतिको मोहका कारण पनि आफूले यो सफलता प्राप्त गरेको नारायण बताए । “मेरो पहिलो रोजाइ नै चकलेट हो”, उनले भने, “मलाई गुलियो र क्रिमसँग खेल्न बढी मनपर्छ ।” 

आगामी दिनमा नेपाली सामग्रीहरूलाई विश्वस्तरमा प्रवर्द्धन गर्नका लागि आफूले सक्दो मेहनत गर्ने नारायण बताए । “मैले बनाउने सामग्रीमा गुड र नेपाली अन्नलाई प्रयोग गर्ने सोच छ”, उनले भने, “त्यसले नेपालको पाककलालाई विश्वभर पहिचान दिलाउनेमा विश्वस्त छु ।” नारायणसँगै उपाधि जित्ने सेफ तनुजको पारिवारिक पृष्ठभूमि चिकित्सा भए पनि उहाँले पाककलाको करिअरलाई पछ्याएका हुन् । उनले परम्परागत भारतीय मिठाइलाई फ्रान्सेली प्रविधिहरू प्रयोग गरेर आफ्नो डिजर्टहरूमा समावेश गरेका छन‍् ।


प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP