Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • आपत्कालीन हवाई उद्धारका लागि ‘प्रतिबद्ध संयन्त्र’ बन्ने
आपत्कालीन हवाई उद्धारका लागि ‘प्रतिबद्ध संयन्त्र’ बन्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २०, २०८१

काठमाडौं– सरकारले आपत्कालीन हवाई उद्धारका लागि ‘प्रतिबद्ध संयन्त्र’को व्यवस्था गर्ने भएको छ । प्रसव पीडामा परेका महिला र जोखिममा परेका नागरिकको आपत्कालीन उद्धारका लागि त्यस्तो संयन्त्र बनाउने भएको हो ।

गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आवश्यक स्रोत साधनको सुनिश्चितता गर्ने भएका छन् । शनिबार सरकार र अनसन बसेका तेह्रथुमको फेदाप–५ निवासी दीपक सिलवालबीच भएको पाँचबुँदे सहमतिको चौथो बुँदामा उक्त विषय उल्लेख गरिएको छ । 

गृह, स्वास्थ्य तथा जनसंख्या र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आवश्यक स्रोत साधनको सुनिश्चितता गर्ने

Hardik health

हाल महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धार कार्य चलिरहेको छ । गृह मन्त्रालयअन्तर्गतको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत विपद् तथा आकस्मिक घटनामा परेकाहरूको आवश्यकताअनुसार हवाई उद्धार भइरहेको मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए । 

उनका अनुसार आपत्कालीन हवाई उद्धारका लागि भनेर सरकारले देशको पचिमी क्षेत्रको सुर्खेत र पूर्वी क्षेत्रको सुनसरीको इटहरीमा नेपाली सेनाको हेलिकप्टर व्यवस्था गरेको छ । तर, आपत्कालीन हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७ झण्झटिलो भएको गुनासो सरोकारवालाहरूको छ । सोही कारण प्रसव पीडामा परेका महिला र जोखिममा परेका नागरिकको उद्धारका लागि हेलिकप्टरको सहज उपलब्धता नभएको यही क्षेत्रमा क्रियाशील अभियन्ता सिलवालले बताए ।

उनी हवाई उद्धारसम्बन्धी कार्यविधि संशोधन गर्नुपर्ने र प्रदेशस्तरमा आपत्कालीन उद्धारका लागि हरेक प्रदेशमा हेलिकप्टरको व्यवस्था हुनुपर्ने माग गर्दै ३० दिन लामो अनसन बसेका थिए । शनिबार गृहमन्त्री रमेश लेखकले जुस खुवाएर अनसन तोडाएपछि बोल्ने क्रममा सिलवालले अहिलेको हवाई उद्धारसम्बन्धी कार्यविधिले उद्धारमा धेरै समस्या आएको बताए । ‘कार्यविधि संशोधन गर्नैपर्ने खालको छ । यही अवस्थामा उद्धार कार्य सहज छैन,’ उनले शनिबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।

गृह मन्त्रालयका अनुसार यही असोज १० गतेदेखि हालसम्म विपद्का कारण जोखिममा परेका ९५१ जना नागरिकको देशभरबाट उद्धार भएको छ । १६ वटा शव हेलिकप्टरबाट उठाइएको छ । २३ हजार ९२३ किलो खाद्यसामग्री र चार हजार ४५० लिटर इन्धन पनि विपद्ग्रस्त क्षेत्रमा वितरण हेलिकप्टरबाट भएको मन्त्रालयले जनाएको छ । 

त साउन १ देखि असोज ९ गतेसम्म भने गृह मन्त्रालयले २३ पटक रक्षा मन्त्रालय र सेनासँग प्रसव पीडामा रहेका गर्भवती र जोखिममा परेका नागरिकको उद्धारका लागि समन्वय गरेको थियो । यस्तै, गत २८ जेठदेखि ३१ असारसम्ममा १६ जना नागरिकको आपत्कालीन उद्धार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उद्धार गरिएकामा विपद्बाहेक दुर्घटनामा परी घाइते भएका र विकट क्षेत्रमा तत्काल थप उपचार आवश्यक रहेका नागरिकहरूलाई उद्धार गरिएको हो ।
 


प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP