Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १७, २०८१

देउखुरी-  दुर्गापक्षअन्तर्गत आज पहिलो दिन घरघरमा देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै दसैँको सुरुआत भएको छ । थारू समुदायमा दसैँ आउनुभन्दा एक महिना अघिदेखि सखिया र झुमरा नाच नाच्ने परम्परा रहेकाले यसको चहलपहल बढेको हो ।

झुमरा नाचमा दसैँविशेष विभिन्न सांस्कृतिक कार्यक्रम गरी रमाइलो गर्ने चलन रहेको घोराही उपमहानगरपालिका–६ का भीमबहादुर चौधरीले बताए । थारू जातिको पौराणिक भाषा, वेशभूषा, रहनसहन, संस्कार, कला तथा सांस्कृतिक परम्परा अनुसार सखिया र झुमरा नाच्ने गरिएको भन्दै यसको आफ्नै मौलिक पहिचार र महत्व रहेको उनले उल्लेख गरे।

आर्थिक, सामाजिक तथा राजनीतिक हिसाबले पछि परे पनि सांस्कृतिक हिसाबले थारू जाति अगाडि रहेका चौधरीको भनाइ छ । थारू जातिले माघे सङ्क्रान्तिलाई सबैभन्दा बढी महत्वका साथ मनाउने गर्दछन् । साथै अट्वारी, कृष्ण जन्माष्टमी, दसैँ र तिहारलाई पनि धुमधामका साथ मनाउँदै आएका छन् । घोराही–१० की गरिमा चौधरी दसँैको तयारीमा जुट्नु भएको छ । उनले दशैँलाई चाहिने सबै सामग्रीको बन्दोबस्ती गरिसकेको बताए । दाउरा, पात खुटेर दुना, टपरी बनाउनुका साथै धान कुटपिस गरेर राखिएको उनको भनाइ छ । 

दशैँमा गाउँघरमा बाहिर गएका सबै आउने र भेटघाट हुने भएकाले रमाइलो हुने बताउँदै गरिमाले दिनभर घरको काम गर्ने र साँझको समयमा ‘सख्या’ नाच नाच्ने गरिएको जानकारी दिए ।  घोराही–६ का भीमबहादुरले दसैँमा पाठपूजाका साथै ‘सख्या’ नाचको ठूलो महत्व रहेको बताए ।

Hardik health

“थारू जातिका युवतीले महाभारतमा आधारित कथालाई गीतको लयमा उनेर सख्या नाच नाच्ने गर्दछन्”, उले भने, “युवाको समूहले युवतीले गाएको गीतको लयमा मादल बजाउँछन् । यो नाच कृष्ण जन्माष्टमीको रातदेखि नाच्ने गरिन्छ ।” महाभारत र कृष्ण लिलामा आधारित कथालाई गीतको लयमा ‘सख्या’ नाच र आफ्नो घरको कुलदेवतालाई पशुपन्छी बलि दिने, ढिक्री चढाउने, बाबरी फूल, मकैको जमरा, रक्सी र जल चढाउने, बेलको हाँगामा ढिक्री फलाउने, कुपिण्डोको भेडा बनाएर देउताको अगाडि बलि दिनेजस्ता धार्मिक काम पनि दसँैमा गरिने भीमबहादुरले जानकारी दिए  ।

थारू समुदायमा नवमी धुमधामका साथ मनाइन्छ । सोही दिन चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गर्ने प्रचलन रहेको भीमबहादुरले बताए । “थारूहरुले नवमीको दिन बिहानै कुलदेवतालाई भेरवा (कुपिण्डोबाट बनाइएको भेडा) र भालेको बलि दिने र त्यसको पित्तर (पिण्ड) दिने चलन छ । त्यस दिन बलि दिइएको कुखुरा र कुभिण्डो पकाएर घरका सबैले खाने गर्छन्”, उनले भने ।

नवमीका दिन थारू युवायुवती रातभर सखिया र झुमरा नाच नाच्ने परम्परा रहेको घोराही–१ का विष्णु चौधरीले बताए । “परम्परागत चाड दसैँ अरु समुदायले भन्दा थारू समुदायको फरक किसिमले मनाउने गर्दछन् । यो नाचले दसैँको रौनकलाई अझ बढाउने गर्दछ । प्रायः युवकले मादल बजाउने र  युवती नाच्ने प्रचलन छ”, उनले भने ।

रङ्गीबिरङ्गी पहिरन लगाएर छमछमी नाच्ने भुमरा तथा सखिया नाचले दसैँको गरिमा र महत्व बढाएको थारू समुदायका अगुवा बताउँछन् । घटस्थापनाका दिनदेखि थारू बस्तीमा रमाइलो सुरु हुन्छ । थारू बस्तीको नाचगान हेर्न गाउँघरबाट सबै जम्मा हुने भएकाले यसले सामूहिक एकतालाई पनि प्रतिनिधित्व गर्ने विष्णुको भनाइ छ ।  

 बस्तीमा मादल र मञ्जिराको आवाज बज्न थाल्यो 

कृष्ण जन्माष्टमीदेखि सुरु हुने सखिया नाचले दसैँ आउन थालेको सङ्केत गर्दछ । अहिले गाउँबस्तीमा मादल र मञ्जिराको सुमधुर आवाजले गुञ्जायमान भएको छ । दसैँ भित्रिएसँगै यहाँका थारू बस्तीमा सखिया नाचको रौनकता छाएको छ । साँझ पर्ने वित्तिकै प्रायः सुनसान हुने थारू बस्तीमा दसैँ आएसँगै अबेर रातिसम्म मादल घन्केर चहलपहल बढिरहेको छ ।

शिवपार्वती, कृष्णलगायत आफ्ना अरू देवीदेवतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवं रक्षाको माग गर्ने प्रचलन गरहेको स्थानीय विष्णु चौधरीले बताउनुभयो । करिब १५ देखि २० जनाको समूहमा सखिया नाच्ने युवती फरिया, चोलिया, बुट्टेदार लेहङ्गाका साथै थारू कला र संस्कृति झल्कने गरगहनामा सजिएका हुन्छन् । 

खाना खाइसकेपछि उनीहरु हरेक दिन बस्ती अनुसारको नाचगान गरेर मनोरञ्जन गर्छन् । उनीहरु कुन बेला कस्तो नाच्ने भन्नेमा पनि सचेत छन् । देउताको पूजा गरेर मादल बजाउने वा बन्द गर्ने भन्ने हुन्छ । खास गरी थारु बस्तीमा भदौको दोस्रो सातादेखि कात्तिकसम्मको करिब दुई महिना निकै मनोरञ्जन गर्ने गरिन्छ ।


प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १३:४२
#सखिया #झुमरा
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP