Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • विपी राजमार्ग खुल्ने अनिश्चित
विपी राजमार्ग खुल्ने अनिश्चित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १७, २०८१

काठमाडौं– आजबाट दसैं पर्वको उत्सव सुरू भए पनि बिपी राजमार्ग भएर चाड मान्न घर जाने तयारीमा रहेकाहरु खुसी छैनन् । कारण, देशको राजधानीसँग मधस प्रदेशका अधिकांश तथा पूर्वका प्रायः सबै जिल्लालाई जोड्ने सबैभन्दा छोटो दूरीको उक्त राजमार्ग खुल्ने विषय अनिश्चित छ । असोज १२ को बाढीपहिरोले क्षतिग्रस्त भएको बिपी राजमार्ग तत्काल खुल्ने सम्भावना नदेखिएको हो । 

बनेपा–सिन्धुली–बर्दिबाससम्मको यस राजमार्गको १४ स्थानमा  बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको पाइएको छ । त्यसैले दसैंअघि खुल्ने सम्भावना लगभग टरेको छ । यद्यपि, बाढीले बगाएको क्षेत्रमा डाइभर्सन बनाएर भए पनि सडक खुलाउने प्रयास भने जारी रहेको सिन्धुलीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले बताए । काम सन्तोषजनकरुपमा अघि नबढेको दाहालको भनाइ छ । ‘दसैं अगाडि नै बाटो खुलाउनेगरी काम सुरू गरेको भए पनि सोचेअनुसारको प्रगति देखिँदैन,’ उनले प्रभावसँग टेलिफोनमा भने ।

सडक विभागले धुलिखेलबाट चौकीडाँडासम्मको बाटो एकतर्फी खुलाएर अहिले रोशीमा डाइभर्सन निकाल्ने तयारी गरिरहेको छ । तर, समस्या निकै जटिल रहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘धुलिखेलबाट हामीले बाटो खुलाउँदै चौकीडाँडासम्म पुर्‍याएका छौं । यहाँ एक–दुई दिनमा दुइतर्फी बाटो चल्छ । त्यहाँबाट डाइभर्सन बनाउनसके अर्को बाटोमा जोडिन्छ र भकुण्डेबेंसी पुग्ने हाम्रो अनुमान छ,’ उनले भने ।योगेशका अनुसार चौकीडाँडादेखि पूर्वतिर विभिन्न ११ ठाउँमा दुई किलोमिटरभन्दा बढी सडकको नामोनिसान छैन । खुर्कोट–नेपालथोक, नेपालथोक–भकुण्डेबेंसी र भकुण्डेबेंसी–धुलिखेल खण्डको दुई हजार ५०० मिटर सडक रोशीको बाढीले पूरै बगाएको छ । 

फिल्डमा खटिएका इञ्जिनियर दुर्गाप्रसाद दाहालका अनुसार सोचेभन्दा ठूलै क्षति भएकोले यसै भन्न सकिने अवस्था नरहेको उल्लेख गरे । ‘चौकीडाँडासम्म हामीले अस्ति नै बाटो खुलाएको हो । चारसयबेसीबाट बाटो छैन । त्यहाँबाट रोशीले बाटो कति लगेको छ भनेर हेर्ने हो भने केही देखिँदैन,’ इञ्जिनियर दाहालले भने । यद्यपि, सडक विभागले बिहीबारबाट चार स्थानमा काम सुरू गर्ने तयारी गरेको छ । ‘चौकीडाँडा, नेपालथोक, सिन्धुलीतिरबाट पनि काम हुँदै छ । अब कटुञ्जेमा पनि काम थाले चार ठाउँमा हुन्छ,’ उनले भने । 

Hardik health

नेपालथोकदेखि भकुण्डेसम्म सडकमा ठूलो समस्या छ । करिब तीन किलोमिटर सडक पूर्णरुपमा क्षति भएको छ । त्यस स्थानमा वैकल्पिक मार्ग बनाएर सवारी आवागमन सहज बनाउने प्रयासमा लागेका छौं ।- लेखनाथ दाहाल, प्रतिनिधिसभा सदस्य

इञ्जिनियर दाहालका अनुसार रोशी खोला घटेमात्र डाइभर्सन बनाउन सम्भव देखिन्छ । नभए बाटो खुलाउने सम्भावना देखिन्न । ‘रोशी खोला घटे डाइभर्सन बनाउने हो । बाटो खुल्ने सम्भावना हुने हो । तर, पानी घटेकै छैन,’ उनले भने ।काभ्रे प्रशासनकाअनुसार गोलञ्जोर गाउँपालिकाको माथिल्लो बारादेखि नेपालथोक दुम्जासम्मको सडकमा मात्रै ४० ठाउँमा लेदोमाटो, गेग्र्यान र ढुंगामाटो खसेको छ । नेपालथोक दुम्जा, टुप्पीडाँडा, कमेरेफाँट झाँगाझोली रातमाटा, बोहोरेटार, माथिल्लो बारा, तल्लोबारालगायत स्थानमा खसेको पहिरो पूर्णरुपमा हटाउन सकिएको छैन । सडकमाथिबाट खसेको पहिरो थुप्रो लागेको छ ।राजमार्गका ठाउँठाउँमा सडकमाथिबाट बेलाबेलामा ढुंगा, लेदोमाटोसमेत झरिरहन्छ । जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर बनाइएको राजमार्ग तीन दिनको वर्षाले तहसनहस बनाइदिएको हो ।

महोत्तरीको बर्दिवासदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको कूल १६० किलोमिटर लामोे राजमार्गलाई चार खण्ड (पहिलो खण्ड बर्दिवास–सिन्धुलीमाढी ३७ किलोमिटर, दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किलोमिटर, तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर) मा विभाजन गरेर निर्माण गरिएको थियो ।यसमध्ये तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर सडकको विभिन्न भागमा बढी क्षति पुगेको छ ।


बिपी राजमार्गको पहिलो खण्ड बर्दिवास–सिन्धुलीमाढी ३७ किलोमिटर बाढीपहिरोले क्षति गरेको थिएन । यो खण्ड दुईतर्फ नै सञ्चालनमा छ । दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किलोमिटर सडकको माथिल्लो बारा, तल्लो बारा क्षेत्रको सात ठाउँमा सानाठूला पहिरो खसेका थिए । दुई ठाउँमा खसेको ठूलो पहिरो एकतर्फ पन्छाएर सडक सञ्चालन गरिएको छ ।तेस्रो खण्ड खुर्कोट–नेपालथोकको विभिन्न भागमा कतै पहिरो पन्छाएर र भत्किएको ठाउँमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । खुर्कोट–नेपालथोक खण्डको सुनकोसी गाउँपालिका–७ कानढुंग्रीमा चिराचिरा परेर सुनकोसी नदीतर्फ धसिएपछि सोही सडकको भित्तातर्फ डाइभर्सन बनाएर एकतर्फी सडक सञ्चालन गरिएको छ । 

नेपालथोक–धुलिखेल खण्डको काभ्रे र सिन्धुलीको सिमाना छेउ नेपालथोक देविस्थानमा रोशी र घ्याम्पे खोलाले बगाएको सडक सञ्चालन गर्न मंगलबारबाट ट्र्याक खोल्न थालिएको हो । सडक डिभिजन कार्यालयका अनुसार यस कामका लागि ११ वटा एक्साभेटर परिचालन गरिएको छ ।यो ट्र्याक खुले काभ्रेको मंगलटारसम्म सवारी सञ्चालन हुने र भकुण्डबेंसीदेखि रोशी खोलासम्मको १० किलोमिटर क्षेत्रमा बगाएको सडकमा ट्र्याक खोल्नुपर्ने हुन्छ । बर्दिवासदेखि धुलिखेलसम्मको तीन खण्डको ११० किलोमिटर सडकमा यातायात सञ्चालन गर्न सकिने र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको छ ।

नेपालथोकबाहेक यो खण्डमा छ स्थानमा रोशीको बाढीले कालोपत्रसहितको सडकमा पूर्णरुपमा क्षति गरेको छ । नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण क्षति भएको अनुमान छ । सबैभन्दा बढी काभ्रेको चौकीडाँडामा आधा किलोमिटर सडक रोशीको बाढीले खसालेको छ । रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुनामा २०० मिटरभन्दा बढी सडकमा पूर्ण क्षति भएको छ ।थली बेसीमा पनि रोशी खोलाले २०० मिटर र नार्के पुल नजिक २०० मिटरको हाराहारीमा सडक रोशी खोलाको बाढीले बगाएको छ । वि.सं. २०५० को भीषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा व्यापक क्षति भई जनजीवन अस्तव्यस्त र सडक सम्पर्क टुटेपछि नेपाल सरकारले बिपी राजमार्गलाई वैकल्पिक मार्गका रूपमा विकास गरेको थियो । 

राजमार्ग तत्काल खुलाउन सजिलो छैन । रोशी खोला घटे डाइभर्सन बनाउने हो । तर पानी घटेकै छैन । दसैं अगाडि बाटो खुलाउनेगरी काम सुरू गरेको भए पनि त्यो सम्भव देखिँदैन ।- दुर्गाप्रसाद दाहाल, फिल्ड इञ्जिनियर 

यो पटकको विपत्तिले ठूलो क्षति पुर्‍याएको छ । ठाउँ–ठाउँमा पूरै पुनर्निर्माण गर्नुपर्ने देखिन्छ । रोशीको किनारामा कता कस्तो अवस्था छ अझै मूल्यांकन गर्न सकिने अवस्था छैन । दसैं अगाडि नै बाटो खुलाउनेगरी काम सुरू गरेको भए पनि सोचेअनुसारको प्रगति देखिँदैन । नेपालथोक, मंगलटार, भकुन्डेबेंसीमा सडक खुलाउने कार्य जारी छ । भकुन्डेबेंसी भएर तिमाल हुँदै माम्तीका पुल भएर सवारी चलाउनेबारे पनि छलफल चलिरहेको सांसद दाहालले बताए । 

मन्त्रीहरु छलफलमा
बाढीपहिरोले अवरुद्ध सडक मर्मत गरी यातायात सहज बनाउने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईबीच छलफल भएको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा क्षतिग्रस्त सडकको मर्मत र निर्माणका लागि दुवै मन्त्रालयबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो । 

मन्त्री दाहालको सचिवालयले दिएको जानकारीअनुसार चाडपर्वको बेला भएकाले जतिसक्दो चाँडो सडक मर्मत तथा निर्माण गरी यातायात सहज बनाउन रक्षा मन्त्रालयले पनि सहयोग गर्ने भएको छ ।

बिपी राजमार्गका क्षतिग्रस्त विभिन्न स्थान मर्मतका लागि आवश्यक परे रक्षा मन्त्रालयमार्फत नेपाली सेनाको सहभागिता गराई सवारी आवागमन सहज बनाउन दुवै मन्त्रीबीच छलफल भएको हो । छलफलमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायत अधिकारीसमेत सहभागी थिए । 


बुधबारबाट नेपालथोकमा नदीले बिगारेको सडक निर्माण सुरू । फोटो । सुब्बा लामा
चौकीडाँडामा बाढीले भत्काएको सडक । चौकी डाँडामा डाइभर्सन खुल्दै । 



पृथ्वी राजमार्गमा चाप
धादिङ– साना तथा मझौला सवारीबाट देशका पूर्वी जिल्ला आवतजावत गर्ने बिपी राजमार्ग बाढीले बगाएर ठप्प भएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारीको चाप बढेको छ । त्रिभुवन राजपथको नौबिसे–नागढुंगा खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्डमा सवारीको चाप बढेको हो ।

झ्याप्ले खोलाको पहिरोका कारण चार दिनसम्म रोकिएका सवारीको चाप त छँदै छ त्यसमाथि बिपी राजमार्गमा चल्ने सवारी पनि थपिँदा पृथ्वीराजमार्ग झन व्यस्त बनेकाले सम्भावित दुर्घटना हुन नदिन ६० जना प्रहरी थपगरी राजमार्गमा परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

साना तथा मझौला सवारीलाई मात्रै चल्ने अनुमति भएको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोलाले सडकको नामनिसाना नरनेगरी बगाएपछि पूर्वका जिल्ला आवतजावत गर्ने सवारीले नागढुंगा–मुग्लिन सडक प्रयोग गर्न बाध्य भएका हुन् । सर्लाही, महोत्तरी, धनुषा, सुनसरी, मोरङ, पाँचथर, तेह्रथुम, झापालगायत आवतजावत गर्ने सवारीले काठमाडौंको नागढुंगा, धादिङको नौबिसे, चितवनको मुग्लिनबाट नारायणगढ र मकवानपुरको हेटौंडा हुँदै महोत्तरीको बर्दिवास पुगेर आ–आफ्नो गन्तव्यतिर लाग्ने गरेका छन् ।

बिपी राजमार्ग सञ्चालनमा हुँदा काठमाडौंबाट पाँच घण्टामा बर्दिवास पुगिने भए पनि नागढुंगा मुग्लिनको बाटो प्रयोग गर्नुपर्दा काठमाडौंबाट बर्दिवास पुग्न पूर्व जाने सवारीलाई कम्तीमा १३ घण्टा लाग्ने झापा जाँदै गरेको माइक्रोबसका चालक हरिबहादुर राईले बताए । ‘टाइम कार्ड लागू गराएकै भए पनि बनेपा बर्दिवासको बाटो जान पाउँदा बर्दिवास पुग्न पाँच घण्टाजति लाग्थ्यो । नागढुंगाबाट मुग्लिन निस्किएर बर्दिवास पुग्न जाम भएन भने १३ घण्टा लाग्छ,’ चालक राई भने, ‘पृथ्वी राजमार्गमा पनि जताततै पहिरोले गर्दा यसै जाम बढिरहेको छ, जोखिमसहित लामो समय लगाएर यात्रुलाई गन्तव्यमा पुर्‍याउनुपर्ने बाध्यता छ ।’

चार दिनसम्म परेको निरन्तरको वर्षात्ले छियाछिया बनेर जोखिमपूर्ण बेनेको सडकमा सवारीको चाप बढेसँगै दुर्घटनाको जोखिम पनि अझ बढेको छ । लामो र छोटो दूरीका सवारीसाधनले राजमार्ग भरिभराउ भएका छन् । सामान्यतया दैनिक १३ हजार सवारी आवतजावत हुने पृथ्वी राजमार्गमा दसैंको रौनकले सवारी र यात्रुको चाप बढेको छ नै बिपी राजमार्गमा चल्ने सवारीले पनि यही सडक प्रयोग गर्न थालेपछि राजमार्गमा सवारीको चाप अत्यधिक भएको हो ।

सवारी चाप बढेसँगै जाम र दुर्घटनाको जोखिम पनि त्यत्तिकै रहेको भन्दै प्रहरीले जोखिमपूर्ण स्थानमा आलोपालो गरी सवारी पास गराउँदै आएको छ । सडक विस्तारको निर्माण कार्यका कारण साँघुरो भएको राजमार्गमा ठाउँठाउँमा झरेको पहिरोले झनै समस्या थपेको हुँदा सडकको अवस्था हेरी संयमतापूर्वक सवारी चलाउन ट्राफिक प्रहरी चालकलाई सचेत गराउँदै आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।

पहिरोसहित विभिन्न कारणले सडक एकतर्फी भएका स्थानलाई सवारी गुड्नसक्ने बनाउने र राजमार्गमा प्रहरीको उपस्थिति बढाएर सम्भावित दुर्घटना हुनबाट सचेत गराउने काम भइरहेको प्रहरी उपरीक्षक शाहीले बताए । ‘राजमार्गका केही स्थानमा अहिले पनि सवारी एकतर्फी छ । त्यस्ता स्थानमा जाम हुन नदिन प्रहरी निरन्तर खटिरहेको छ,’ शाहीले भने ।
ठाउँठाउँको पहिरोका कारण राजमाग एकतर्फी छ । त्यसमाथि चालकहरूले लेन अनुशासन पालना नगर्दा झन् धेरै जाम भइरहेको छ । रासस
 


प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
भोजपुर–काठमाडौँ हवाई उडान थपिँदा बिरामीलाई सहज
भोजपुर–काठमाडौँ हवाई उडान थपिँदा बिरामीलाई सहज शुक्रबार, कात्तिक २८, २०८२
विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना शुक्रबार, कात्तिक २८, २०८२
अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु
अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP