Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • दैनिक उपभोग्य वस्तुको अभाव छैनः मन्त्री भण्डारी
दैनिक उपभोग्य वस्तुको अभाव छैनः मन्त्री भण्डारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १६, २०८१

काठमाडौं -  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको बजारमा अभाव नरहेको बताएका छन् । उनले बजारमा अभाव हुन नदिन मन्त्रालयले पनि देशका ४४ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल पनि सञ्चालन गरिएको जानकारी गराए । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीको मन्त्रालयमा आज ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले विपद्जन्य अवस्था र चाडपर्वका बेला कोही कसैले बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गरे वा मूल्यवृद्धि गरे कडा कारबाही गरिने बताए । 

“काठमाडौँमा आउने तरकारी छिमेकी जिल्लाहरु धादिङ, नुवाकोट, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोकलगायत जिल्लाबाट हो, बाढीपहिरोले एकातिर बाटो बन्द भयो, अर्कोतिर वर्षाले तरकारी खेतीमा नोक्सानी गर्यो, त्यसकारण केही दिन तरकारी आयात हुन समस्या भयो र केही मूल्य वृद्धि भएको हो”, उहाँले भन्नुभयो, “विस्तारै तरकारी आयात भइरहेको छ, मन्त्रालयबाट महङ्गोमा तरकारी बेचेको पाइए कारबाही गर्न मातहतका निकायलाई निर्देशन भइसकेको छ ।”

Hardik health

विगतभन्दा अहिले दैनिक उपभोग्य वस्तुको मूल्य घटेको जनाउँदै मन्त्री भण्डारी बजारमा कोही कसैले अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा कोही कसैले कालो बजारी तथा मूल्यवृद्धि गरे वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हटलाइन नं ११३७ मा खबर गर्न आग्रह गरे ।

उनले भने, “अमूर्तरुपमा कालोबजारी, अभाव र मूल्यवृद्धि भयो भन्ने गरिन्छ, कहाँ छ त्यसो भएको भनेर हामीलाई जानकारी गराउनुस्, हामी तत्काल ‘एक्सन’ लिएर ठाउँका ठाउँ कारबाही गर्छौं ।” व्यावसायिक शुद्धतासहित जनतालाई अत्यावश्यक वस्तुको उपलब्धताका लागि वाणिज्य मन्त्रालयबाट कुनै कसर बाँकी नराखिएको बताए । 

आधारभूत तहलाई दैनिक उपभोग्य वस्तुको सहज उपलब्धताका लागि मन्त्रालय लागिपरेको उनको भनाइ छ । उहाँले हरेक अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा कम्तीमा रु पाँचदेखि रु १० सम्म मन्त्रालय मातहतका बिक्री कक्षमा सस्तो मूल्य कायम गरिएको जानकारी गराए ।

मन्त्री भण्डारीले अत्यावश्यक वस्तुका रुपमा रहेको पानीको अधिकतम खुद्रा मूल्यभन्दा बढी लिने जुनसुकै होटल तथा रेष्टुरेन्ट कारबाहीको दायरामा आउने र सो क्रम जारी रहेको बताए । उनले छिट्टै राजमार्गका होटललाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया भइरहेको जानकारी गराए । मन्त्री भण्डारी कम्तीमा पनि चारवटा होटल भएको ठाउँमा यात्रुवाहक सवारी साधन रोकिनुपर्ने र एकान्तमा सञ्चालन गरिएका होटल कारबाहीको दायरामा आउने बताए ।

एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी इन्चार्ज एवं पार्टीका केन्द्रीय सदस्य रमेश पौडेल, युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्ष रामजी सापकोटासहितको टोलीले विपद्जन्य अवस्था र चाडपर्वको मुखमा सहज आपूर्ति गर्नुपर्नेलगायत विभिन्न छबुँदे माग राखेर मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाएको थियो । साथै सो क्रार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक राजन पौडेल उपस्थित थिए ऽ 


प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
भोजपुर–काठमाडौँ हवाई उडान थपिँदा बिरामीलाई सहज
भोजपुर–काठमाडौँ हवाई उडान थपिँदा बिरामीलाई सहज शुक्रबार, कात्तिक २८, २०८२
विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना शुक्रबार, कात्तिक २८, २०८२
अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु
अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP