Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • सत्ता गठबन्धनमा खटपट
प्राकृतिक विपत्तिको झट्का  सत्ता गठबन्धनमा खटपट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १६, २०८१

 

  • सुरूमा डा. शेखर कोइरालाले एमालेसँगको गठबन्धनमाथि प्रश्न उठाएमा बाढीपहिरोको वितण्डापछि कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले ओलीको कार्यशैलीमाथि असन्तुष्टि जनाउन थालेका छन्
  • बाढीपहिरोबारे एमाले मन्त्रीहरुले मुख खोलेका छैनन् 
  • प्रधानमन्त्री ओलीले भने काठमाडौं उत्रनसाथ बाढीपहिरोको क्षतिबारे आफ्नो धारणामात्र राखेनन् मन्त्रिपरिषद्को बैठक राख्नेदेखि विशेष पत्रकार सम्मेलनसम्म गर्न भ्याइसकेका छन् 


काठमाडौं– बाढीपहिरोको विपत्तिलगत्तै सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट सुरू भएको छ । बाढीपहिरोले काठमाडौं उपत्यकामै ठूलो क्षति पुर्‍याउँदा पनि सरकार मूकदर्शक भएर बसेको भन्दै चौतर्फी आलोचना भएपछि दुई प्रमुख पार्टीबीचको असन्तुष्टि सतहमा देखिन थालेको हो । यसले झण्डै दुईतिहाइ बहुमत भएको सरकारलाई समेत संकटतर्फ धकेल्ने संकेत गरेको छ ।

कांग्रेसले मंगलबार संसदीय दलको बैठक राखी सरकारको चर्को आलोचना गरेको छ । जबकि देशको प्रमुख पार्टीले बाढीपहिरो आएकै दिन बैठक डाकेर सरकारलाई निर्देशन दिन सक्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन अमेरिका जाँदा कांग्रेसबाट नेतृत्व गरेर गएका प्रकाशमान सिंह (उपप्रधान तथा सहरी विकासमन्त्री)लाई कार्यवाहकको जिम्मेवारी दिएर गएका थिए । कार्यवाहक प्रधानमन्त्री सिंहमात्र हैन गृहमन्त्रीसमेत कांग्रेसकै रमेश लेखक छन् ।

यस्तो अवस्थामा पनि आफूले केही गर्न नसकेको लाज लुकाउन कांग्रेसले एमाले अध्यक्ष ओलीमाथि दोष थुपार्दै बाढीपहिरोले अवरुद्ध सडक जसरी पनि बनाएर दसैंमा घर जाने व्यवस्था मिलाउनसमेत सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति एवं पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवा नेतृत्वमा बसेको बैठकले वैकल्पिक मार्ग बनाएर भए पनि जनतालाई दसैंमा घर जाने व्यवस्था मिलाउन आफ्नै सरकारसँग जोडदार माग गरेको हो ।

Hardik health

बैठकपछि सरकारको कमजोरीबारे सोध्दा सञ्चारकर्मीसँग कड्किँदै देउवाले सबै कुरा गृहमन्त्रीलाई सोध्न भनेका थिए । गृहमन्त्री लेखक निकै कमजोर देखिएको भन्दै कांग्रेस महामन्त्री गगन थापाले मंगलबार दिउँसो राज्य व्यवस्था तथा सुशासन समितिमा प्रश्न उठाए । बैठकमाथि बैठकमात्र भएको तर गृह मन्त्रालयबाट गल्ती भएको दाबी गर्दै थापाले दोष थोपर्नेभन्दा पनि दोषको भागीदार बन्नुपर्ने बताए । ‘बैठकमात्र भए । डुप्लिकेसन भए । यो छानबिनको विषय पनि होस्,’ थापाले भने, ‘रात्रिबस सञ्चालन नगर्ने भनेर निर्णय भएको देखिन्छ । फेरि सञ्चालन भएको देखिन्छ । यसको कसै न कसैले जिम्मा लिनैपर्छ ।’

काठमाडौं उपत्यकामै बाढीमा परी उद्धारको पर्खाइमा घण्टौंदेखि पर्खाइमा बसेका नागरिकलाई सेनाले हेलिकप्टर नदिँदा सरकारले बचाउन नसकेको गृहमन्त्री लेखकले बताएका थिए । यस विषयमा गम्भीर अनुसन्धान हुनुपर्ने माग थापाले गरे । ‘नख्खुको विषयमा पनि यसको सत्यतथ्य पनि छानबिन गर्नुपर्छ । राजनीतिक कमजोरी हो भने स्वीकार गर्ने । सिडिओ वा प्रहरी प्रमुखले नगरेको भए भन्नुपर्‍यो । कसै न कसैले यसको जिम्मा लिनैपर्छ । दोषी पत्ता लगाउनैपर्छ ।’

कांग्रेसका अर्का सांसद दिलेन्द्र बडूले मौसम विभागले पूर्वसूचना दिए पनि सरकार चुकेको आरोप लगाए । उनीमात्र हैन कांग्रेसकै सांसद सरिता प्रसाईं पनि बैठकमा खरोरूपमा उत्रिइन् । उनले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले विपत्तिको बेलामा मर्यादाहीन अभिव्यक्ति दिएको उनको आरोप थियो । ‘विपद् व्यवस्थापनमा सरकार चुकेकै हो । मौसम विभागले पूर्वानुमान गर्दा पनि सरकारले व्यवस्थापन गर्न सकेन । अहिले राजमार्गमा हजारौं मान्छे अड्किएका छन् । तिनीहरूको तत्काल उद्धार गरियोस्,’ उनले भनिन् ।


ओलीको कार्यशैलीप्रति देउवा असन्तुष्ट
कांग्रेस–एमालेबीच अबको दुई वर्षसम्म केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व शेरबहादुर देउवाले लिने सहमति छ । तर, बाढीपहिरोपूर्व नै कांग्रेस संस्थापनइतरमा यो गठबन्धनलाई लिएर आलोचना सुरू भएको थियो । कांग्रेस महामन्त्री गगन थापाले देउवालाई साथ दिने बताइरहँदा संस्थापनइतरका नेता डा. शेखर कोइरालाले एमालेसँगको सहकार्यमाथि प्रश्न उठाउँदै आएका छन् ।


बाढीपहिरोको वितण्डापछि भने देउवा आफैंले ओलीको कार्यशैलीमाथि असन्तुष्टि जनाउन थालेका छन् । बाढीपहिरोको वितण्डामा प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्री रहेका सिंहको नेतृत्वमा मन्त्रिपरिषद्को बैठक राख्न नदिएको निष्कर्ष कांग्रेसले निकालेको छ । यद्यपि कांग्रेसले यसको औपचारिक धारणा बनाएको छैन । 

कांग्रेस सभापति देउवाले विभिन्न सञ्चारमाध्यममा आफ्नो दूत खटाएर ओलीको कार्यशैलीमाथि विरोध गर्न आग्रह छन् । विपद्को बेला नख्खुमै हेलिकप्टर पठाउनसमेत ओलीको निर्देशन पर्खनुपरेको सरकारमा रहेका कांग्रेस मन्त्रीहरुको दाबी छ । बाढीपहिरोबारे एमाले मन्त्रीहरुले मुख खोलेका छैनन् । प्रधानमन्त्री ओलीले भने काठमाडौं उत्रनसाथ मन्त्रिपरिषद्को बैठक राख्नेदेखि विशेष पत्रकार सम्मेलनसम्म गर्न भ्याइसकेका छन् । 

कार्यवाहकको नेतृत्व सम्हालेका उपप्रधान तथा सहरी विकासमन्त्री सिंहले गत शनिबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउन खोज्दा मुख्यसचिव एकनारायण अर्यालदेखि एमाले मन्त्रीहरुले आलटाल गरेको कांग्रेसभित्र सर्कुलर गरिएको छ । ‘प्रकाशमान दाइले बैठक बसौं बसौं भनिरहनुभएको थियो । उहाँ छटपटिनुभएको थियो । तर के–के मिलेको छैन भन्नुभयो । त्यसपछि बैठक बस्नै सकेन,’ कांग्रेसका एक मन्त्रीले भने । सिंहले बैठक डाक्ने भएपछि मुख्यसचिव अर्याल छल्न स्याङ्जा पुगेको कांग्रेसको निष्कर्ष छ ।

पछिल्लोपटक सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ, उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेलगायत विषयलाई लिएर कांग्रेस–एमालेबीच विवाद चर्किएको छ । रास्वपाका १४ नेता चीन जाँदा माओवादीसँग मिल्न लागेको भन्दै लामिछाने पक्राउ गर्न खोजिएपछि सबै नेतालाई तत्काल फिर्ता बोलाएको थियो । लगत्तै लामिछाने पक्राउ पर्ने सम्भावना टर्दै गएको बताइन्छ । लामिछानेलाई ओलीले काँध थापेसँगै उनी पक्राउ पर्ने सम्भावना टर्दै गएको कांग्रेस नेताहरुको दाबी छ ।

यस विषयमा कांग्रेससँग ओली असन्तुष्ट रहेको बताइएको छ । यसैगरी नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलनाको मुद्दाले पनि दुई पार्टीबीचको दूरी बढाएको छ । अध्यक्ष घिमिरे देउवानिकट अधिवक्ता हुन् ।
 


प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
भोजपुर–काठमाडौँ हवाई उडान थपिँदा बिरामीलाई सहज
भोजपुर–काठमाडौँ हवाई उडान थपिँदा बिरामीलाई सहज शुक्रबार, कात्तिक २८, २०८२
विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना शुक्रबार, कात्तिक २८, २०८२
अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु
अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP