Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त
दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १४, २०८१

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीकी राजकुमारी चौधरी दसैँको तयारीमा जुटेकी छिन्  । उनी घर लिपपोत गर्ने, दुनाटपरी बनाउने, कुटानी–पिसानी गर्ने कार्यमा चौधरी व्यस्त भएकी हुन् ।

“दसैँ आउन केही दिन मात्रै बाँकी छ”, उनले भनिन्  “बर्सातका कारण कार्य गर्न पाएनौँ, अहिले व्यस्तता बढेको छ ।”सामुदायिक वनबाट सालका पात टिपेर ल्याएकी शान्ता चौधरी दुनाटपरी बनाउने कार्यमा लागेकी छन्  । दसैँमा पाहुनालाई परिकार पस्कनका लागि दुनाटपरी बनाउने कार्यमा लागेको उनले बताइन् । थारू समुदायले महत्वपूर्ण पर्वका रुपमा दसैँलाई मनाउने गर्दछन् ।  अधिकांश थारु समुदायले कुटानी–पिसानी गर्ने कार्यसँगै तोरीको तेल पेल्ने कार्य गरिसकेका छन् । नदी, तलाउहरुमा माछा मार्ने थारू समुदायका महिला पुरुषको लर्को नै लागेको छ ।

दसैँमा पाहुना बस्न आएकासँग माछाका परिकार खाइने भएकाले त्यसको जोहो मिलाउनमा थारू समुदाय लागेका छन् । घरमै बनाइएको जाँड तथा रक्सी दसैँमा खाइने भएकाले त्यसको जोहो गर्नमा लागेको स्थानीय गीता चौधरीले बताइन्  । “घरमै रहेको चामलबाट जाँड र रक्सी बनाउने कार्यमा लागेको छु”, उनले भनिन्  “बजारको भन्दा घरमै बनाइएको जाँड र रक्सी बढी रुचाइने भएकाले यसकै व्यवस्थामा जुटेको छु ।” माटो खरिद गरी घरमा ल्याएर लिपपोतको कार्य गरिरहेको स्थानीय सङ्गीता चौधरीले बताइन्  ।

Hardik health

“पहिला सामुदायिक वन र नदी तलाउ क्षेत्रबाट माटो ल्याएर घर लिपपोतको कार्य गर्दथ्यौँ”, उनले भनिन् , “हाल माटो झिक्न दिँदैनन्, त्यही भएर कालागौंडीबाट एक ट्र्याक्टरको ट्राली माटो खरिद ल्याएका छौँ, त्यही माटोबाट घर लिपपोतको कार्य गरिरहेका छौ ।” परिवर्तित समयअनुसार धेरै थारू परिवारले पक्की घर बनाएकाले पहिलाजस्तो लिपपोत गर्ने कार्य भने अहिले हुने गरेको छैन ।

दसैँका लागि बङ्गुर, भेडा, खसीबोकालगायत खरिद गर्न खोज्दै हिँडेको पिपलाडीकै चेतराज चौधरीले बताए ।“दसैँका लागि आवश्यक पर्ने कुखुरा घरमै छन्”, उनले भने , “बङ्गुर, भेडा, खसीबोका घरमा नभएकाले खरिद गर्नका लागि गाउँ चहार्दै हिँड्नुपरेको छ ।” बर्सातका कारण काम समयमै गर्न नपाउँदा छोटो अवधिमा सबै वस्तुको जोहो मिलाउनु परेकाले निकै व्यस्तता बढ्नु स्वाभाविक भएको उनले उल्लेख गरे ।

दसैँका अवसरमा देखाइने सखिया नृत्यका लागि परम्परागत लेहेङ्गा, चोली बनाउने कार्यमा स्थानीय पुष्पा चौधरी लागेकी छन्  । पुरानो चोली, लेहेङ्गालगायत फाटिसकेकाले नयाँ हातैले सिएर बनाउन लागेको उनले बताइन्  । छुट्टै किसिमको पहिरनले पहिचान झल्काउने भएकाले बूढापाकाहरुबाट सिकेको सीपको सदुपयोग गर्दै लेहेङ्गा, चोली बनाउने कार्य गर्दै आएको उनले बताइन् । थारू समुदाय दसैँका अवसरमा मीठोमसिनो खाने, नयाँ लुगा लगाउने, परम्परागत नृत्यमा रमाउने गर्दछन् । गाउँका मान्यजन र परिवारका ज्येष्ठ सदस्यबाट चामलको सेतो टीका थापेर थारू समुदायले दसैँमा आशीर्वाद लिने गरेका छन् ।


प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १४:५२
#थारू
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP