Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन
ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १४, २०८१

काठमाडौं - अविरल वर्षाका कारण ललितपुरमा भएको विद्युत् आपूर्तिलाई नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम प्रयास गरिरहेको जनाएको छ । यही असोज ११ र १२ गतेको अविरल बर्षाका कारण ललितपुरको अधिकांश स्थानमा बिजुली आपूर्ती अवरुद्ध भएको थियो ।

कैयौँ स्थानमा पोल ढलेको, वितरण लाइनमा क्षति पुगेका कारण विद्युत् आपूर्तिमा कठिनाई हुँदै आएको थियो । काठमाडौँ र भक्तपुरमा आइतबारदेखि नै नियमित रुपमा बिजुली उपलब्ध भइसकेको भएपनि ललितपुरका सहरी क्षेत्र बाहेकका स्थानमा अझै मर्मत सम्भार जारी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको लगनखेल वितरण केन्द्रका प्रमुख विजय महतोका अनुसार कतिपय स्थानमा सडक यातायात सञ्चालन हुन नसक्दा मर्मत सम्भारमा समस्या भएको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार मर्मत सम्भारका लागि आवश्यक जनशक्ति परिचालन गरिएको र आज साँझसम्म धेरै स्थानमा नियमित बिजुली उपलब्ध हुनेछ ।

Hardik health

लाकुरी भञ्जाङमा १० वटा पोलमा क्षति भएको छ भने सडकमा पहिरो आउँदा मर्मत समभारमा जनशक्ति परिचालन गर्न समस्या परेको छ । बाटो खुलेको अवस्थामा दुई दिनभित्र नियमित गर्न सहज हुनेछ । गोदावरी–३ पुल्चोकी जाने बाटोमा अवरोध छ । बाटो सञ्चालन भएपछि तीन दिनभित्र बिजुली उपलब्ध हुनेछ । 

भट्टेडाँडामा रहेको नागरिक उड्डयन प्राधिकरणको राडार नजिक भएको क्षतिको यकिन विवरण रुपमा प्राप्त हुन सकेको  छैन । तर सो स्थानमा आज अबेरसम्म बिजुली उपलब्ध गराउने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ ।ललितपुर–१४ स्थित कान्तिपुर कोलनी, कुसुन्तीको केही क्षेत्रमा आजै आशिंक रुपमा बिजुली उपलब्ध गराउने गरी लगनखेल वितरण केन्द्रले जनशक्ति परिचालन गरेको छ । यस्तै, किस्ट मेडिकल कलेज पछाडिका २० घरमा आजै बिजुली उपलब्ध हुनेछ ।

प्राधिकरणका अनुसार, लिटिल एजेन्ल्स स्कुल, जग्ग एकीकरण आयोजना, ललितपुर २३ का विभिन्न स्थानमा पनि आजै बिजुली उपलब्ध गराउने गरी काम भइरहेको छ ।गोदावरी लेलेतर्फको क्षतिको विवरण पनि यकिन हुन सकेको छैन । सडकमा पहिरो आएको र कतिपय स्थानमा बगाएका कारण अवरोध उत्पन्न भई मर्मत सम्भारमा समस्या पैदा भएको छ । सबै स्थानमा यथेष्ट जनशक्ति परिचालन गरी हरेक पोलको अवस्था हेरेर मर्मत सम्भारलाई तीव्र पारिएको छ ।

यस्तै, देशका अन्य स्थानमा भएको क्षतिको विवरणका आधारमा मर्मत सम्भारको कामलाई तीव्र पारिएको जानकारी दिँदै प्राधिकरणले बत्ती नभएको स्थानबारेमा जानकारी गराउन समेत आग्रह गरेको छ । यस्तै, प्राधिकरणले बाढीका कारण क्षति भएका ठूला प्रसारण लाइनको समेत मर्मत सम्भारको प्रक्रिया अगाडि बढाएको छ । काबेली करिडोर, खिम्ती लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइनमा समेत क्षति पुगेको छ । ती प्रसारण लाइनको टावर ढल्दा बिजुली प्रवाहमा समस्या उत्पन्न भएको छ ।


प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १३:३७
#विपदको_कहर
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP