Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • राजमार्गका होटलमा कडाइ गर्दै वाणिज्य मन्त्रालय
राजमार्गका होटलमा कडाइ गर्दै वाणिज्य मन्त्रालय
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज १३, २०८१

काठमाडौं - वर्षौंदेखिको सडकमा यात्रा गर्ने यात्रुहरुको राजमार्गका होटलको अचाक्लीका विषयमा गरिँदै आएको गुनासोमा यस पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष चाँसो देखाएको छ ।

सो मन्त्रालयका मन्त्री दामोदर भण्डारीले देशैभरका मुख्य राजमार्गका होटलहरुबाट यात्रुले निकै सास्ती खेपिरहेको गुनासो विगतदेखिको नै भए पनि पछिल्लो समय झनै बढेको बताए । उनले यसअघि नै होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई सचेत गराइ सकेका छन्  । 

“मुख्य राजमार्गमा होटलहरुले यात्रुमाथि लुट मचाएका छन्, विगतमा कसैले कारबाही प्रक्रिया अगाडि नबढाए पनि म यसमा ‘एक्सन’ लिने तयारीमा छु, होटलहरुको मनपरी छ, सार्वजनिक यातायात सञ्चालकको पनि यसमा मिलेमतो प्रष्टै देखिन्छ, यो कुरा सह्य हुँदैन, एकान्तमा वा जङ्गलमा होटल खोलेर यात्रु ठग्ने कुरा पाच्य छैन, मन्त्रालय कारबाहीका लागि अगाडि बढ्नुपर्ने अवस्था आइसक्यो”, चेतावनी दिँदै मन्त्री भण्डारीले भने । 

Hardik health

शुक्रबार मन्त्रालयमा आयोजित होटल तथा रेष्टुरेन्ट व्यवसायीसँगको एक कार्यक्रममा उनले अब राजमार्गमा होटल चलाउने भए प्रष्ट रुपमा सबैले देख्ने गरेर मूल्यसूचि राख्नुपर्ने बताए । मूल्यसूचि नराखेर यात्रु ठग्ने मनसाय भए उहाँले त्यस्ता होटललाई बन्द गरिने चेतावनी दिए । 

मन्त्री भण्डारीले भने, “खाना तथा नास्ता खाने ठाउँमा राजमार्गका होटलवाला र यातायात सञ्चालकले चर्को मूल्य असुलेर नराम्रो व्यवहार गर्ने गरेको व्यापक जनगुनासो मन्त्रालयमा आएको छ, गुनासोकै आधारमा हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।”

वाणिज्य मन्त्रालय र मातहतका निकायमा राजमार्गका होटलमा यातायात सञ्चालक तथा होटलहरुको मिलेमतोमा यात्रुमाथि लुट मचाएको भन्ने व्यापक जनगुनासो बढेकाले छिट्टै सो मन्त्रालयको अगुवाइमा समस्या समाधानका लागि सरोकारवाला मन्त्रालयका प्रतिनिधि सम्मिलित बैठक राखिने मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।

उनका अनुसार वाणिज्य मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधिको उपस्थितमा छिट्टै बैठक आब्हान गरिएको छ ।


प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP