Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • समृद्ध मधेस निर्माणको अभियान जारी छ : मन्त्री दाहाल
समृद्ध मधेस निर्माणको अभियान जारी छ : मन्त्री दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १०, २०८१

महोत्तरी -  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘समृद्ध मधेस’ निर्माण गर्न सङ्घीय सरकारले आवश्यक योजना बनाएर कार्यान्वयनको चरणमा गएको बताएका छन् ।

आज प्रेस चौतारी महोत्तरीले लालगढमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री दाहालले समृद्धि मधेस निर्माण गर्ने सरकारको अभियान जारी रहेको बताए । महोत्तरी र धनुषामा रहेका मन्त्रालय मातहतका आयोजनाको निरीक्षण गर्न यहाँ आएका उनले समृद्ध मधेसले मुलुकको मुहार फेर्ने भएकाले सोहीअनुसार योजनाबद्ध रुपमा मधेशलाई समृद्ध बनाउन लागिएको उल्लेख गरे ।

पूर्वपश्चिम राजमार्ग, उत्तर दक्षिणका व्यापारिक केन्द्र र सदरमुकाम जोड्ने अधिकांश सडक निर्माण भइसकेका र कतिपय निर्माणको अन्तिम चरणमा रहेका मन्त्री दाहालले बताए । मधेसमा बर्दिबास–जयनगर रेलसेवा महत्वाकाङ्क्षी आयोजना भएको उल्लेख गर्दै उनले यो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गरे ।

Hardik health

“जयनगर बर्दिबास रेल सेवाका तीनमध्ये दुई खण्डमा सेवा सञ्चालनमा भइरहेको छ”, मन्त्री दाहालले भने, “भङ्गाहा–बर्दिबास खण्डको काम पनि चाँडै सुरु गर्ने तयारी गरिरहेका छौँ ।” भङ्गाहा–बर्दिबास खण्डअन्तर्गत बर्दिबासमा रेलस्टेसन बन्ने ठाउँ नजिकको केही जग्गामा घर तथा संरचना हटाउन नसक्दा निर्माण ढिलाइ भएको उनले बताए ।

सरकारले राष्ट्रिय महत्वका चाडपर्वअघि सबै सडकका खाल्डाखुल्डी पुर्ने काम थालेको बताउँदै मन्त्री दाहालले एक साताभित्र सडक मर्मत कार्य सम्पन्न भइसक्ने जानकारी दिए । मधेसको मुख्य केन्द्र पूर्वपश्चिम राजमार्गको कमला पुलबाट पश्चिम बागमतीसम्म अत्याधुनिक चारलाइन (फोरलाइन) सडक निर्माणको ठेक्का स्वीकृत प्रक्रिया टुङ्गिएर यथाशीघ्र काम सुरु हुने उनले बताए । 

कमला पुल निर्माण गर्दा प्राविधिक पक्षसँग छलफल गरी उनीहरुको रायअनुसार अघि बढाइने मन्त्री दाहालले स्पष्ट पारे । सरकार सुदृढ इच्छाशक्तिका साथ योजनाबद्ध रुपमा विकास तथा पूर्वाधार निर्माणमा अघि बढिरहेको बताउँदै उनले यसका सकारात्मक परिणाम विस्तारै देखिने उल्लेख गरे । 

मन्त्रालयका सचिव, हुलाकी सडक कार्यालय मुजेलियाका प्रमुख, रेल विभागका महानिर्देशक, उच्च अधिकारीलगायतले मधेसमा सञ्चालित विभिन्न आयोजनाको स्थलगत निरीक्षण गरेका थिए । 


प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP