Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • सांकेतिक भाषाको विकासमा जोड
सांकेतिक भाषाको विकासमा जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १०, २०८१

काठमाडौं -  सांकेतिक भाषाको विकास हुन नसक्दा सुनुवाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगारी, दोभाषे सेवा, राज्यको स्रोतसाधन तथा सेवासुविधाबाट वञ्चित हुनुपरेको छ । 

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिमा समेत प्राथमिकतामा परेको नेपाली सांकेतिक भाषा अनुसन्धान तथा विकास केन्द्रको स्थापना हुन नसक्दा पनि सुनुवाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति राज्यको सेवासुविधाबाट वञ्चित हुनु परेको राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले जानकारी दिए ।   

बहिरा समुदाय सांकेतिक भाषाको माध्यमबाट सञ्चार गर्ने भाषिक अल्पसङ्ख्यक समुदाय हो । सञ्चारमा अवरोध उनीहरूको पहिलो सवाल हो । सांकेतिक भाषा बहिरा व्यक्तिको सञ्चारको पहिलो भाषा हो । “बहिरा नागरिकको अधिकार प्रदान गर्ने सन्दर्भमा विद्यमान कानुनी व्यवस्था र सामाजिक दृष्टिकोण अझै पनि विभेदपूर्ण रहेको छ, राज्यका नीतिनिर्माण तहमा बहिरा समुदायको प्रतिनिधित्व एवं राज्यले प्रदान गर्ने अधिकारमा बहिरा समुदायको पहुँच नाजुक रहेको छ”, अध्यक्ष केसीले भने । 

Hardik health

बहिराहरूको पहिलो भाषा नेपाली सांकेतिक भाषामा हालसम्ममा झन्डै सात हजार संकेत विकास गरी शब्दकोश प्रकाशन तथा मोबाइल एप्लिकेसन विकास गरिएको छ । विगतमा एकपटक मात्रै सांकेतिक भाषामा समाचार प्रसारण भए पनि महासंघको निरन्तर पहलमा सरकारी स्वामित्वको नेपाल टेलिभिजनले दैनिक रुपमा नेपाली सांकेतिक भाषामा समाचार प्रसारण आरम्भ गरेको छ । निजी क्षेत्रका टेलिभिजनले भने अहिलेसम्म सांकेतिक भाषामा समाचार प्रसारण गरेका छैनन् । 

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, शिक्षा ऐनलगायत ऐनकानुनमा सुनिश्चित गरिएका बहिरा नागरिकको अधिकारमा बहिरा समुदायको अधिकार सुनिश्चित गर्न, नभएका कानुन निर्माण गरी कार्यान्वयन गर्न र बहिरा समुदायको मूल प्रवाहीकरण गर्न सहकार्यका लागि सरकारी, गैरसरकारी, सञ्चारजगत्, निजी क्षेत्र एवं अन्तर्राष्ट्रिय समुदायसँग महासंघले अनुरोध  गर्दै आएको छ । 

बहिरा नागरिकको हकअधिकारका लागि २०३७  सालमा काठमाडौँ बहिरा संघको गठन भई बहिरा समुदायको सङ्गठनात्मक अधिकारको यात्रा प्रारम्भ हुँदै संस्थागत विकास र आवश्यकताअनुसार २०५२ सालमा राष्ट्रिय बहिरा महासंघ नेपालको स्थापना भएको थियो । हाल यस महासंघमा ५४ जिल्लामा रहेका बहिरा संघ आबद्ध रहेका छन् । साथै सात प्रदेश समितिसमेत क्रियाशील छन् । स्थापनाकालदेखि नै महासंघ विश्व बहिरा महासंघ र विश्व बहिरा महासंघ एसिया प्रशान्त क्षेत्रीय सचिवालयको सदस्य रहेको छ । 
 


प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP