Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • संवैधानिक अस्पष्टताका कारण प्रदेश सरकारको कामकाज प्रभावित : मुख्यमन्त्री सिंह
संवैधानिक अस्पष्टताका कारण प्रदेश सरकारको कामकाज प्रभावित : मुख्यमन्त्री सिंह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ९, २०८१

जनकपुर-  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आर्थिक तथा सामाजिक रूपान्तरणका लागि नीतिगत प्रतिबद्धता र सङ्कल्पसहित अगाडि बढेको बताएका छन् । 

वर्तमान सरकारको सय दिनको अवधिमा प्राप्त उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री सिंहले भने, “प्रारम्भिक र सर्वसम्मत खाका, गति र कार्यशैली सुनिश्चित गरी नूतन सोच तथा अक्षय निष्ठाका साथ अघि बढिरहेका छौँ ।” उत्तरदायित्व र जिम्मेवारीका साथ सुशासन र विकासका पक्षमा परिणामुखी महत्वाकाङ्क्षी  दीर्घकालिक कार्ययोजनाअनुसार प्रदेश सरकार काम गर्दै आएको उनको भनाइ थियो । 

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा जटिलता आउन नदिने चुनौतीसँगै आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, विनियोजन विधेयक तयार गर्ने तथा पारित गराउने काम निर्धारित समयमा कुशलतापूर्वक सम्पन्न गरेको मुख्यमन्त्री सिंहले बताउनुभयो । संरचनागत र व्यवस्थापकीय कठिनाइ, कर्मचारी व्यवस्थापन, मानव संसाधन क्षमता एवं अनुभवको कमी, न्यून आर्थिक स्रोत आदिका कारण प्रदेश सरकारका कतिपय जिम्मेवारी प्रक्रियागत कारणले अलमलमा पर्ने गरेको स्वीकार गर्दै उहाँले सिकाइ र अनुभवका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

संवैधानिक अस्पष्टता, सङ्घीय कानुन निर्माण नहुनु तथा विद्यमान कानुन कार्यान्वयनका समस्या र अत्यावश्यक विषयमा प्रादेशिक कानुनसमेतको अभावले प्रदेश सरकारका काम प्रभावित भइरहेको मुख्यमन्त्री सिंहले गुनासो पोखे । प्रदेशको प्रशासकीय सुधार, सुशासनको प्रत्याभूति, समृद्धि, सन्तुलित एवम् आत्मनिर्भर मधेसका लागि तीव्र र परिणाममुखी काममा जोड दिइएको उनले उल्लेख गरे । 

Hardik health

प्रदेशवासीमा मौजुदा प्रदेश सरकारप्रति गहिरो विश्वास र अपूर्व भरोसा कायम भएको अनुभूतिले आफूलाई खुशी तुल्याएको र कुनैकुनै पक्ष वा कोणबाट सङ्घीयताप्रति गरिने नकारात्मक टिप्पणी वा गलत तथा भ्रामक भाष्य निर्माणको दुष्प्रयास पनि प्रदेश सरकारप्रति बढ्दो जनविश्वास, अपेक्षा र उत्साहका कारण निस्तेज भइरहेको उहाँको भनाइ थियो ।

विकाससम्बन्धी योजनाका लागि सोच, गन्तव्य, प्राथमिकता र परिष्करणलाई लिएर सतर्कता अपनाएको उल्लेख गर्दै उहाँले   खासगरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पुरा गर्न तथा प्रदेश अर्थतन्त्रलाई आत्मनिर्भर, सबल र उन्नतिशील बनाउन बहुआयामिक रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री सिंहले पारदर्शिता र समयबद्धता कायम हुने स्थिति तयार भइसकेको जानकारी दिँदै प्रदेश निजामती सेवा, प्रदेशका अन्य सरकारी सेवा, प्रदेश सङ्गठित संस्थाको सेवा र स्थानीय सेवाको पदमा उपयुक्त उम्मेदवारको छनौटमा स्वच्छता तथा निष्पक्षता कायम गरी योग्यता प्रणालीको प्रवद्र्धन, सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउन प्रदेशमा लोकसेवा आयोग प्रतिबद्ध रहे पनि आयोगका अध्यक्ष र एक सदस्य पद रिक्त रहेकाले सबै काम अवरुद्ध भएको दुःखेसो पोखे । प्रदेशको आयोगले नीति तथा योजना निर्माणमा भुइँतहको आकाङ्क्षा प्रतिबिम्बित गर्नेगरी नागरिक समाजसँगको नियमित र निरन्त संवाद थालनी जानकारी समेत उनले दिए ।  

“लामो समयदेखि थाती रहेको बढुवा नियुक्ति, कर्मचारीको रुचि, योग्यता, दक्षता अनुभव र तालिमलाई प्राथमिकतामा राखी तिनीहरूको उत्प्रेरणा र मनोबल अभिवृद्धि गर्ने किसिमले सरुवा व्यवस्थापन गरेका छौँ र गरिरहेका छौँ”, मुख्यमन्त्री सिंहले प्रस्ट पारे। 

कानुन अभावमा प्रदेश सरकारले गर्ने सेवा प्रवाह, विकास निर्माण र नियमनसम्बन्धी कार्यमा विभिन्न किसिमका बाधाअड्चन उत्पन्न हुँदै आएको दुःखेसो पोख्दै मुख्यमन्त्री सिंहले लागुऔषध दुव्र्यसनीको सङ्ख्या बढेकामा चिन्ता व्यक्त गर्दै प्रदेश सरकारले सरकारी स्तरमै सुधार केन्द्र निर्माणलगायतको काम गरिरहेको जानकारी गराए।  

कार्यक्रममा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधनप्रसाद सिंहलगायतका उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP