Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • सहमतिमा रविविरुद्ध नरम प्रतिवेदन !
सहमतिमा रविविरुद्ध नरम प्रतिवेदन !
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ६, २०८१

काठमाडौं– सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन ‘मिलिभगत’मा तयार भएको देखिएको छ । तथ्य, तथ्यांक र प्रमाणका आधारमा तयार गरिएको बताइए पनि समिति सभापति सूर्यबहादुर थापा स्वयंले दलीय सहमतिका आधारमा प्रतिवेदन तयार पारेको खुलासा गरेका हुन् ।

एक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समिति सदस्य रहेका सांसद शिशिर खनालले प्रतिवेदनमा अन्तिम समयसम्म पनि हस्ताक्षर गर्न नमानेको प्रसंगमा थापाले भनेका छन्, ‘यदि उहाँ (शिशिर)ले ‘नोट अफ डिसेन्ट’ लेखेको भए वा हस्ताक्षर नगर्नुभएको भए अझ बढी तथ्य र तथ्यांकसहित रविजीले कडा प्रतिवेदनको सामना गर्नुपथ्र्यो ।  प्रतिवेदनमा कयौं कम्प्रोमाइज भएको छ, सहमतिको निम्ति ।’

पहिलो त थापाले प्रतिवेदनलाई सहमतिको दस्तावेजको रूपमा अथ्र्याए । सहमति भनेकै आपसमा लेनादेना हो । बचतकर्ताको अर्बौं बचत रकम अपचलन भएकोबारे सत्यतथ्य छानबिनको अख्तियारी प्राप्त समितिले जे तथ्यहरू फेला परे, त्यस आधारमा जस्ताको तस्तै प्रतिवेदन लेख्ने काम नगरेको यसबाट प्रस्टिन्छ । 

प्रतिवेदन सहमतिको भाषा हो । सहमतिको भाषा केही कम्प्रोमाइजिङ हुन्छ । कतिपय कुरामा मौन...।
सूर्य थापा
सभापति, संसदीय छानबिन विशेष समिति

Hardik health

अर्कोतिर, यदि रास्वपा सांसद खनालले ‘नोट अफ डिसेन्ट’ लेखेर असहमति प्रकट गरेको भए अझ बढी तथ्य र तथ्यांकसहितको कडा प्रतिवेदन आउँथ्यो भन्नुले समितिले सहकारीको बचत अपचलनमा संलग्न देखिएका नेतालाई उन्मुक्ति दिन कमजोर प्रतिवेदन तयार गरेको अर्थ लाग्छ । जबकि, समितिको कार्यादेश भनेको सत्य तथ्य छानबिन गरेर प्रतिवेदन तयार गरी सरकारलाई आवश्यक सुझाव र सिफारिस दिनुपर्ने थियो ।


त्यसविपरीत समितिले जोगाउनेगरी प्रतिवेदन तयार गरेको थापाको भनाइले पुष्टि गर्छ । उनले कतिपय तथ्यमा समिति मौन बसेको नै भनेका छन् । ‘प्रतिवेदन सहमतिको भाषा हो । सहमतिको भाषा केही कम्प्रोमाइजिङ हुन्छ । कतिपय कुरामा मौन...,’ अन्तर्वार्ताको क्रममा थापाले भनेका छन् ।उनले रास्वपा सांसद खनालले प्रतिवेदनमा हस्ताक्षर नगरेको भए त्यसै प्रतिवेदन अगाडि बढाइने योजना रहेको पनि सुनाए । उनका अनुसार सांसद खनाल प्रतिवेदनमा ‘कारबाही’ शब्दको सट्टा ‘अनुसन्धान’ भन्ने शब्द लेखाउन चाहन्थे । तर, अन्य सदस्यहरुले नमानेको र त्यसले तरंग सिर्जना गरेकोसमेत थापाले बताए ।

त्यसपछि सांसद शिशिरले सभापतिसमेत रहेका आरोपी लामिछानेसँग फोनमा कुराकानी गरेको पनि खुलासा गरे । ‘उहाँले पार्टीको नेतृत्वसँग कुरा गर्नुभयो तर फोन लागेन भनेर मेरो कार्यकक्षमा बस्नुभयो । पछि माननीय लेखनाथ दाहाल पनि कार्यकक्षमा गएर कुरा गर्नुभयो, उहाँले हस्ताक्षर नगरे अझ कडा प्रतिवेदन आउँछ भन्नुभयो क्यारा,’ थापाले भने ।
थापाका अनुसार लामिछाने गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईले ल्याएको बचत अपचलनमा जिम्मेवार देखिएका छन् ।

उनले चेक काटेको पाइएको थापाको भनाइ छ । तर, उनको नाममा ऋणपत्र, निवेदन, हस्ताक्षर, भौतिक उपस्थिति र उनको बैंक खातामा पैसा भने आएको नपाइएको बताए । व्यक्तिगतरुपमा सहकारीको रकम अपचलनमा रविको संलग्नबारे प्रमाण नभेटिएको उनले बताए । तर, गोरखा मिडिया नेटवर्कमा अवैधानिकरुपमा सहकारीबाट आएको पैसा खर्चमा लामिछाने जिम्मेवार देखिएको र सोही आधारमा कारबाही सिफारिस गरिएको उनको प्रस्टोक्ति छ ।  

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा ऋण लिएको र ठेगाना बुटवल–११ उल्लेख रहेको पाइएको जानकारी दिए । अपचलनको सन्दर्भमा कारबाही गर्ने शब्द राख्ने विषयमा रास्वपा सांसद रहेका समिति सदस्य खनालको सुरुमा असहमति रहेको थापाले खुलाएका हुन् । त्यही क्रममा कयौं प्रमाण र तथ्यलाई सहमतिको नाममा लुकाएर प्रतिवेदन तयार पारेको अर्थमा अभिव्यक्ति थापाले दिए ।समितिको प्रतिवेदन राजनीतिक सहमतिमा तयार भएको पुष्टि हुने अर्को आधार हो, प्रतिवेदनप्रति सबै दलको स्वीकार्यता हुनु ।

कुनै पनि दलले प्रतिवेदनमाथि विरोध वा असहमति जनाएका छैनन् । अझ लामिछाने नेतृत्वको रास्वपा र उक्त दलका नेताहरुले आफ्नो सभापतिले ‘क्लिन चिट’ पाएको भन्दै खुसियाली मनाइरहेका छन् । लामिछाने स्वयं पनि आफूले सफाइ पाएको दाबी गरिरहेका छन् । अर्कोतर्फ कांग्रेस नेताहरु भने लामिछानेलाई दोषी ठहर गरेको भन्दै प्रतिवेदनको प्रशंसा गरिरहेका छन् । यसरी आ–आफ्नो तरिकाले व्याख्या गर्दै प्रतिवेदन स्वीकार गर्नुले दलीय सहमतिमा बनेको प्रस्ट हुन्छ ।
 


प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP