Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • संविधान दिवस :  बेनीबजार सरसफाइ, दमौलीमा रक्तदान
संविधान दिवस :  बेनीबजार सरसफाइ, दमौलीमा रक्तदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २, २०८१

म्याग्दी-  संविधान दिवस–२०८१ को अवसरमा बुधबार म्याग्दीको सदरमुकाम बेनी बजारको सार्वजनिक स्थानमा सरसफाइ गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा बेनीको कालीपुल बसपार्कदेखि म्याग्दी र कालीगण्डकीको दोभान हुँदै दरवाङ बसपार्कसम्म सरसफाइ गरिएको हो । 

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बसपार्क र कालीगण्डकी तथा म्याग्दी नदी किनार आसपासका ठाउँमा फालिएका फोहर सङ्कलन र व्यवस्थापन गरिएको जानकारी दिए । “डेङ्गुको जोखिम पनि रहेकाले सचेतनाका लागि फोहर व्यवस्थापनसँगै झाडी पनि हटाइएको छ,” उनले भने “सरसफाइप्रति समुदायलाई सचेत बनाउन साङ्केतिक रुपमा कार्यक्रम गरिएको हो ।” 

नदी किनार र सडक छेउमा धेरै फोहर भेटिएको ठाउँ नजिकैका घरधनीलाई सम्बन्धित वडा कार्यालयमार्फत व्यवस्थापनका लागि ताकेता गर्न निर्देशन दिएको जिसस प्रमुख थापाले बताए । 

जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, उद्योगी, व्यवसायी, सङघ संस्थाका प्रतिनिधिको सहभागितामा सरसफाइ गरिएको थियो । म्याग्दीमा बुधबार, बिहीबार र शुक्रबार तीन दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउने कार्यक्रम तय भएको छ । सार्वजनिकस्थान तथा सरकारी कार्यालय सरसफाइ र साँझ कार्यालयमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

Hardik health

बिहीबार बिहान बेनी बजारमा र्‍यालीको आयोजना गरिएको छ ।विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा हर्षोल्लासका साथ दिवस मनाउन लागिएको हो । 

संविधान दिवसमा रक्तदान र सरसफाइ

संविधान दिवसको अवसरमा तनहुँको दमौलीमा आज रक्तदान र सरसफाइ कार्यक्रम गरिएको छ । संविधान दिवस मूल समारोह समितिको आयोजनामा विविध कार्यक्रम गर्ने निर्णय बमोजिम रक्तदान र सरसफाइ गरिएको हो । 

दमौली अस्पताल र नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनमा दमौली अस्पताल परिसरमा रक्तदान कार्यक्रम गरिएको छ । संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले दमौली अस्पतालमा रगतको मागलाई पूर्ति गर्ने उद्देश्यले रक्तदान आयोजना गरिएको बताए । 

अहिलेको समयमा संविधान संशोधनको आवाज उठिरहेकाले यस विषयमा छलफल गर्न आवश्यक रहेको वाग्लेले बताए ।  संविधानले हरेक वर्गलाई अधिकार दिएको बताउँदै वाग्लेले संविधान समयानुकूल परिमार्जन गर्न सकिने बताए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रक्तदान जीवनदान भएकाले रक्तदाताले समय–समयमा रक्तदान गर्नुपर्ने बताए। 

नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्राडा कृष्णप्रसाद गौतमले हरेक तीन महिनामा व्यक्तिले रक्तदान गर्नसक्ने भएकाले खेर जाने रगतलाई अर्काको जीवनदानमा सहयोग गर्न आग्रह गरे  । यसअघि व्यास नगरपालिकाको व्यवस्थापनमा दमौली बजार क्षेत्र सरसफाइ गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि एवं सर्वसाधारणको उपस्थितिमा मालपोत लाइन, प्रशासन चोक, दमौली अस्पताल परिसर, खुल्ला चौरमा सरसफाइ गरिएको थियो । संविधान दिवसको अवसरमा आजदेखि शुक्रबारसम्म जिल्लामा विविध कार्यक्रम हुँदैछ ।


प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP