Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • सहकारीको बचत कुम्ल्याउने नेता र परिवार
सहकारीको बचत कुम्ल्याउने नेता र परिवार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ३०, २०८१

 

  • सार्वजनिक लेखा समिति सभापतिकी श्रीमती पनि सहकारी अपचलनमा मुछिइन्
  • पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वमन्त्री धनराज गुरुङ, पूर्वश्रममन्त्री डिपी अर्याल, राप्रपा सांसद गीता बस्नेतलगायत अपचलनमा 

काठमाडौं– सहकारीको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनका पूर्वव्यावसायिक साझेदार जिबी राई हुँदै अन्ततः कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरू जोडिँदै गएका छन् । सर्वसाधारणले सहकारीमा बचत गरेको रकम अपचलन प्रकरणमा यी दलहरूमा आबद्ध नेता र तिनका परिवार संलग्न भएको तथ्यहरू लगातार बाहिरिरहेका छन् । ६८ वर्षअघि चितवनको शारदानगरमा बखान बहुउद्देश्यीय सहकारी संस्था स्थापनापछि खुल्न थालेका सहकारीहरू पछिल्ला केही दशकयता नेता र तिनका परिवारको कब्जामा पुगेका छन् । उनीहरूबाटै सहकारीको बचत अपचलन भइरहेको देखिएको छ ।

शनिबार संसद्को सार्वजनिक लेखा समितिका सभापति रहेका एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला सहकारीको बचत अपचलन प्रकरणमा जोडिएकी छन् । कोइराला यसअघि मोरङको धनपालथान गाउँपालिका–४ कर्सियाको उमागौरी कृषि सहकारी संस्थामा आबद्ध थिइन् । सहकारीको अध्यक्ष शम्भुप्रसाद रौनियार हुन् । रौनियार सहकारी बन्द गरेर फरार छन् ।

चुनाव कति महँगो छ भन्ने थाहै छ । चुनाव लड्नै नसकिने भयो तर कांग्रेस, एमालेलगायत दलका उम्मेदवारहरू सहजै चुनाव लडेर संसद् आइपुग्छन् । अहिले खुल्दै जाँदा थाहा भयो कि उनीहरूले सहकारीको बचत कब्जामा लिएका रहेछन् ।
चित्रबहादुर केसी
सांसद, राष्ट्रिय जनमोर्चा 

Hardik health


सहकारीमा १२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । सहकारीका पूर्वसञ्चालक समिति सदस्य कोइरालासँगै अध्यक्ष रौनियार तथा सहकारीका अन्य सञ्चालक र कर्मचारीहरूको खाता बैंकले कालोसूचीमा राखेको छ । कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय प्रमुख हरिबहादुर खत्रीले सभापति पोखरेलकी श्रीमती अञ्जला एक बेला सहकारी सञ्चालक समिति सदस्य हुनु र अर्कातिर बैंकले पनि उनको खाता कालोसूचीमा राखिनुले उनी सहकारी ठगी प्रकरणमा जोडिएको हुनसक्ने बताए ।

‘हामीले सहकारीको कागजात सबै मागेका छौं । अस्ति मोबाइलबाट फोटो खिचेर केही विवरण अध्यक्षले पठाएका थिए तर उनी हाल फरार छन् र बैंकले कालोसूचीमा राख्ने क्रममा पूर्वसञ्चालक अञ्जला कोइरालाको नाम पनि छ र उहाँ पनि अपचलनमा संलग्न हो कि,’ उनले प्रभावसँग भने ।कोइराला यसअघि सदस्य रहेको उक्त सहकारीले लघुुवित्त र केही बैंकबाट सस्तोमा ऋण लिने गरेको थियो । त्यसरी ऋण लिएर संस्थाका सदस्यहरूलाई लगानी गथ्र्यो । उनीहरूबाट संस्थाले साँवाब्याज लिन्थे । तर, बैंक र लघुवित्तमा भने नबुझाउने गरेको पाइएको पनि प्रमुख खत्री बताउँछन् । 

तर, अञ्जलाले भने आफूले छ–सात वर्ष पहिले नै सहकारी छाडेको र संस्थाको समग्र पक्षबारे अध्यक्ष रौनियारसँग बुुझ्नुु भन्दै आएकी छन् । उनले सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएकी छन् । ‘अध्यक्षलाई बुझ्नुुस् यसबारे । म संस्थामा छैन । छ÷सात वर्ष नै भइसक्यो । अनि म कसरी अपचलनमा जोडिन्छु,’ उनले भनिन् ।सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानुनमन्त्री गुरुङ सहकारी प्रकरणमा जोडिएको खबर सेलाउन नपाउँदै सार्वजनिक लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला जोडिएको प्रकरण बाहिर आएको हो । गुरुङ ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको अपचलन प्रकरणमा जोडिएका हुन् । उनले आफूमाथि संसदीय समिति गठन गरेर छानबिनका लागि चुनौती दिएका छन् । तर, सार्वजनिक भएका तथ्यहरूलाई आधार मान्दा उनी कतै न कतैबाट मितेरी सहकारीको अपचलनमा संलग्न भएको देखिएका छन् । 

समस्याग्रस्त सहकारीका कर्मचारी र सञ्चालकविरुद्ध उजुरी लिएर अनुसन्धान गरिरहेका छौं । यसक्रममा पैसा कहाँ अपचलन भयो ? अपचलनमा को संलग्न भए ? यसबारे अनुसन्धान गरिरहेका छौं ।
होविन्द्र बोगटी
प्रवक्ता, सिआइबी


तर, गुरुङले पूर्वश्रीमती ज्योति गुरुङमात्रै मितेरी सहकारीको बचत अपचलनमा जोडिएको र आफूलाई अनाश्यक मुछिएको दाबी गर्दै आएका छन् । जबकि, उनले आफैं गत जेठमा ज्योतिको नाममा भएको केही ऋण सहकारी पुगेर तिरेको अध्यक्ष कुम्भराज गुरुङले शुक्रबार नै छानबिन समितिलाई जानकारी दिएका छन् । त्यसलाई पुष्टि गर्ने खालका तथ्य पनि दिएका छन् ।यहीबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको प्रवक्ता होविन्द्र बोगटीले बताएका छन् । ‘सहकारीका कर्मचारी र सञ्चालकविरुद्ध उजुरी लिएर अनुसन्धान गरिरहेका छौं । यसक्रममा पैसा कहाँ अपचलन भयो ? अपचलनमा को संलग्न भए ? यसबारे अनुसन्धान गरिरहेका छौं,’ प्रवक्ता बोगटीले भने । 

शुक्रबारमात्रै सूर्यबहादुर थापा संयोजक रहेको सहकारी छानबिन समितिको टोली मितेरीको कार्यालय अनुुगमन गर्न पुुगेको थियो । त्यस क्रममा संकलन गरेको केही तथ्यको विश्लेषणपछि धनराज र ज्योतिको सम्बन्ध विच्छेदलाई ‘सहकारी डिभोर्स’ भनेका थिए । संसद् बैठकमा यसअघि सम्बोधन गर्ने क्रममा धनराजले मितेरी सहकारीमा भएको अपचलनबारे आफूूलाई केही थाहा नभएको जिकिर गरेका थिए । उनले त्यस क्रममा ठगी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरे । यद्यपि, पूर्वश्रीमती ज्योतिको नाममा रहेको कर्जा ललितपुुरस्थित उनको घर बेचेर ऋण तिर्नेजस्ता गतिविधिले भने ज्योतिसँग उनी सम्बन्धमै रहेको अड्कल धेरैको छ । कागजमा भने धनराज र ज्योतिबीच २०७६ मै सम्बन्ध विच्छेद भएको देखिएको छ । तर, उनले भन्दै आएको ज्योतिसँगको सम्बन्ध विच्छेदलाई जनताले पत्याएका छैनन् । 

गत साउनमा ज्योति संस्थाको महाप्रबन्धक रहेका बेला १२ करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारीले सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी परेको थियो । उजुरीपछि छानबिन समितिमा गएर मितेरीका अध्यक्ष कुम्भराजले बयान दिएपछि सहकारीको बचत अपचलन प्रकरणमा धनराज जोडिएका हुन् । यसअघि कांग्रेस प्रतिपक्षमा रहँदा सहकारीको बचत अपचलन सम्बन्धमा छानबिन समिति गठनका लागि गुुरुङले पनि सरकारलाई दबाब दिएका थिए । त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनले गरेको विवाद भाइरल भयो । हाल भने गुुरुङको नाम पनि सहकारी ठगी प्रकरणमा आएको हो । सहकरीको बचत अपचलन प्रकरणमा जोडिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत पनि छिन् । उनी हालसम्म फरार छिन् ।

पूर्वी नवलपरासीस्थित छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सांसद बस्नेतविरुद्ध पक्राउ पुुर्जी यसअघि नै जारी भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा गत २० जेठमै बस्नेतसहित २५ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो । अभियोगपत्रमा सहकारीको बचत ९६ करोड रिसोर्टमा लगानी गरेको उल्लेख छ । यसअघि रास्वपाका सभापति लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य पनि सहकारी प्रकरणमा मुछिएका छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा माओवादी विद्यार्थी नेता दिपेश पुन बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा यसअघि नै जोडिएका थिए । उक्त प्रकरणमा पक्रउा परेका उनी रिहा भइसकेका छन् । तर, मुद्दाको टुंगो लाग्न भने बाँकी छ ।

लामिछाने गृहमन्त्री भएकै बेला कांग्रेसको दबाबमा सहकारी छानबिन समिति गठन भयो । उक्त समितिले सहकारीको बचत अपचलन प्रकरणमा जोडिएका लामिछानेसहितका आरोपीहरूसँग बयान लिइसकेको छ । तर, मुख्य आरोपी गितेन्द्रबाबुु (जिबी) राई भने अझै फरार छन् । जसकारण समितिले उनीसँग सोधपुछ लिन पाएको छैन । समितिको दोस्रोपटक थपिएको म्याद भने सकिन लागेको छ । पूर्वसहकारीमन्त्री रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले सर्वसाधारणको बचतमा नेताहरूको राइँदाइँ भएको भन्दै चिन्ता प्रकट गरे । सहकारीकै पैसाले चुनाव लडेर कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत दलबाट संसद्मा आएको आरोप लगाए । 

‘चुनाव कति महँगो छ भन्ने थाहै छ । चुनाव लड्नै नसकिने भयो तर कांग्रेस, एमालेलगायत दलका उम्मेदवारहरू सहजै चुनाव लडेर संसद् आइपुग्छन् । अहिले खुल्दै जाँदा थाहा भयो कि उनीहरूले सहकारीको बचत कब्जामा लिएका रहेछन्,’ केसीले भने ।सहकारी विभागका अनुसार देशभर ३३ हजारभन्दा बढी सहकारी छन् । पछिल्ला समय सहकारीका सञ्चालक र व्यवस्थापकको मिलेमतोमा सहकारीहरूको बचत अपचलन हुँदै आएको छ । यसबारे छानबिन गर्न गठित संसदीय समितिले आरोपीहरूसँग सोधपुछ गरिरहेको छ । 

 


प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP