Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जापानमा हुने रोजगार सम्मेलनमा सीमित व्यवसायीलाई मात्र अवसर
जापानमा हुने रोजगार सम्मेलनमा सीमित व्यवसायीलाई मात्र अवसर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ३०, २०८१

काठमाडौं– जापानमा आगामी असोज ३ गते हुने रोजगार सम्मेलनमा वैदेशिक रोजगार व्यवसायीको सहभागिता न्यून हुने भएको छ । जापानस्थित नेपाली दूतावास र जापान एसोसिएसन फर द इम्प्लोइमेन्ट अफ फरेन नेसनल (जेएएफइएन)को संयुक्त आयोजनामा टोकियोमा हुने ‘जापान–नेपाल रोजगारी सम्मेलन’मा सीमित व्यवसायीमात्र सहभागी हुने भएका हुन् ।

उक्त सम्मेलनमा नेपाली व्यवसायीहरुको न्यून उपस्थिति गराउन खोजिएको व्यवसायीहरुले गुनासो गरेका छन् । जापानको रोजगारसम्बन्धी काम गरिरहेका निश्चित व्यवसायीलाई मात्रै सहभागी गराउने उद्देश्यले रोजगार सम्मेलन गर्न लागिएको एक व्यवसायीले बताए । उनले ‘सिन्डिकेट’ लाद्ने मनसायबाट निश्चित व्यक्तिलाई फाइदा पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको आरोप लगाए । 

‘जापानमा रोजगार सम्मेलन हुँदै छ भनियो तर सहभागी हुन चाहने व्यवसायीलाई पूर्वतयारीको समय नै दिइएन,’ ती व्यवसायीले भने, ‘आयोजकले ढिलो गरी जानकारी दिएर व्यवसायीलाई उपेक्षा गरेको महसुस भएको ंछ ।’ सम्मेलनमा सहभागी हुन चाहने व्यवसायीलाई आवश्यक कागजात तयार गर्न र भिसा प्रकिया पूरा गर्न नै समय लाग्ने उनले बताए । ‘जबकि सबै प्रक्रिया पूरा गरी आवेदन दिएको कम्तीमा १० दिनमामात्रै जापानको भिसा आउँछ,’ उनले भने । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले छोटो समय दिएर सम्मेलनमा सहभागी हुन चाहने व्यवसायीहरुलाई तयारी गर्न परिपत्र जारी गरेको थियो । पाँच दिनभित्र आवश्यक पर्ने कागजात कार्यालय सचिवलाई उपलब्ध गराउन संघले भनेको थियो । यद्यपि, पाँच दिनको अवधि राखेर संघले भदौ २१ गते व्यवसायीहरुलाई पठाएको परिपत्रको समय पनि सकिएको छ । यस अवधिमा केही व्यवसायीले मात्रै भिसा प्रक्रियाका लागि आवश्यक कागजात उपलब्ध गराएको संघले जनाएको छ ।

Hardik health

तोकिएको अवधिमा भिसा प्रक्रिया नै पूरा नहुने भएका कारण सम्मेलनमा भाग लिन इच्छुक भए पनि कुनै प्रक्रिया अघि नबढाएको अर्का एक व्यवसायीले बताए । ‘निश्चित व्यवसायीलाई मात्रै पठाउने गरी सूचना जारी भयो, जसका कारण रोजगार सम्मेलनमा सहभागी हुन इच्छुक धेरै व्यवसायीहरु रिङआउट भए,’ उनले भने । यसअघिदेखि नै जापानको भिसा भएका म्यानपावरं व्यवसायीलाई मात्रै सहभागी गराउने उद्देश्यले छोटो समय दिएर सूचना जारी गरिएको उनको आरोप छ । 

छोटो समय दिएर सूचना जारी गरेको भन्दै संघको पनि विरोध भएको छ । तर, रोजगार सम्मेलनको आयोजक नेपाली दूतावासले नै ढिलागरी सहभागिताका लागि परिपत्र गरेका कारण सोहीअनुसार व्यवसायीलाई सूचित गरिएको संघले जनाएको छ । ‘आयोजकले नै ढिलागरी परिपत्र गर्‍यो, त्यसैको आधारमा हामीले व्यवसायीहरुलाई सूचना रिले गरेका हौं,’ संघका महासचिव मेघनाथ भुर्तेलले भने ।

उक्त सम्मेलनमा भिसा भएका वा पाएका व्यवसायी सहभागी हुनसक्ने भन्दै संघको आधिकारिक उपस्थिति नहुने उनले जानकारी दिए । ‘हामी संघको आन्तरिक कार्यमा पनि व्यस्त छौं,’ महासचिव भुर्तेलले भने, ‘त्यसमाथि हामी संघको आफ्नै भवन बनाउने प्रक्रियामा छौं, त्यसैले यसमा हाम्रो आधिकारिक सहभागिता हुँदैन ।’ 

आयोजकले व्यवसायीहरु मात्र नभएर विदेशमा रोजगार प्रवद्र्धन गर्ने जिम्मेवारी पाएको सरकारी निकाय वैदेशिक रोजगार बोर्डलाईसमेत उपेक्षा गरेको छ । उक्त सम्मेलनबारे ढिलोगरी जानकारी पाएको बोर्डले जनाएको छ । यद्यपि एकजना प्रतिनिधि पठाइदिने भन्दै पत्राचार गरेपछि आयोजककै खर्चमा एकजनालाई पठाउन लागिएको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए । ‘मलाई सम्मेलनबारे धेरै कुरा थाहा छैन,’ उनले भने, ‘दूतावासको पत्राचारअनुसार बोर्डबाट एकजना प्रतिनिधि जानुहुन्छ, त्यो पनि आयोजकले नै खर्च व्यहोर्ने भन्नुभएको छ ।’

उक्त सम्मेलनमा भाग लिन श्रम, रोजगार तथा श्रममन्त्री शरतसिंह भण्डारी जाने पक्का भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान मन्त्री भण्डारीलाई मन्त्रिपरिषद्को गत हप्ता बसेको बैठकले स्वीकृति दिइसकेको छ । सम्मेलनमा प्रमुख अतिथिसमेत रहने मन्त्री भण्डारीले नेपालका वैदेशिक रोजगारीको अवस्था र अन्तर्राष्ट्रियरुपमा उपलब्ध गराउनसक्ने जनशक्तिबारे मन्तव्य दिने कार्यक्रम रहेको बताइन्छ ।

जापानले आफ्नो श्रमबजारमा स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यु) अन्तर्गत नेपाली श्रमिक लैजाने गरी सन् २०१९ मा जिटुजी सम्झौता गरेको थियो । यद्यपि, सम्झौताको पाँच वर्ष बितिसक्दा पनि नेपाल सरकारले प्रक्रियागतरुपमा नेपाली श्रमिक पठाउन सकेको छैन ।
 


प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री बुधबार, माघ २१, २०८२
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी  गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी गर्ने दुई पक्राउ मंगलबार, माघ २०, २०८२
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया मंगलबार, माघ २०, २०८२
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ सोमबार, माघ १९, २०८२
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार सोमबार, माघ १९, २०८२
इपिएस प्रणाली परिवर्तन नहुने कोरियाको प्रस्टोक्ति, कर्मचारीको सुरक्षाप्रति चासो
इपिएस प्रणाली परिवर्तन नहुने कोरियाको प्रस्टोक्ति, कर्मचारीको सुरक्षाप्रति चासो सोमबार, माघ १९, २०८२
युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी
युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP