Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #डा स्वर्णिम वाग्ले
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘जलवायु संकट रोक्न एकीकृत ऐन आवश्यक’
‘जलवायु संकट रोक्न एकीकृत ऐन आवश्यक’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २७, २०८१
  • जलवायु परिवर्तनसम्बन्धी नीतिहरू छरिएर रहँदा जलवायुजन्य विपद्को न्यूनीकरण प्रभावकारी बन्न नसकेको धारणा 
  • जलवायुका सबै विषयलाई समेट्नेगरी एकीकृत ऐन ल्याउन पहल गर्ने सांसदहरुको प्रतिबद्धता 

काठमाडौं -  संघीय सांसदहरूले नेपालमा जलवायु परिवर्तनका समस्या बढ्दै गएका बेला त्यसलाई सम्बोधन गर्न एकीकृत कानुनको आवश्यकता रहेकामा जोड दिएका छन् । पब्लिक पोलिसी पाठशालाद्वारा बुधबार यहाँ आयोजित ‘जलवायु संकट: नेपालको वास्तविकता र नीतिगत प्राथमिकता’ विषयक नीति संवादमा उनीहरुले जलवायुका सबै विषयलाई समेट्ने गरी एकीकृत ऐन ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै, उनीहरुले जलवायु परिवर्तनसम्बन्धी नीतिहरू छरिएर रहँदा जलवायुजन्य विपद्को न्यूनीकरण, अनुकूलन तथा हानी नोक्सानीका विषयलाई प्रभावकारी र उत्तरदायी हिसाबले सम्बोधन गर्न नसकिएको धारणा व्यक्त गरे ।कार्यक्रममा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्न एउटा महाशाखाले मात्र काम गरेर नसक्ने बताउँदै यसमा सबै मन्त्रालय तथा निकायको समन्वय र सहकार्य हुनुपर्ने बताइन् । उनले जलवायु परिवर्तन विषयमा गरिने छलफल र संवादलाई निरन्तता दिनुपर्ने सुझाव दिइन् ।

प्रतिनिधिसभा सदस्य दीपा शर्माले परिवर्तित अवस्थामा नेपालमा एकीकृत जलवायु कानुनको आवश्यकता रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण पानीका मुहान सुकेकाले यसको समाधानमा सबै गम्भीर हुनुपर्ने बताइन् । जथाभावी डोजरे विकास गर्दा पहिरो र बाढीको समस्या बढेका बताउँदै उनले यसमा हामी आफैंले पहल गर्नुपर्ने तर्क गरिन् ।

Hardik health

प्रतिनिधिसभाका अर्का सांसद माधव सापकोटाले जलवायु परिवर्तनले निम्त्याएको हानि नोक्सानीको क्षतिपूर्ति गर्न विदेशबाट पैसा ल्याए पनि त्यसलाई उपयोग तथा परिचालन गर्ने प्रस्ट कार्य ढाँचा आवश्यक रहेकामा जोड दिए । उनले जलवायु संकटको समाधानमा स्थानीय, प्रदेश र संघीय गरी तीनै तहका सरकार आपसमा मिलेर अगाडि बढ्नुपर्ने बताए ।प्रतिनिधिसभाका अर्का सांसद रुपा सोशी चौधरीले हिजोआज पक्की घर तथा भवन निर्माण गर्ने होडले गर्मी बढाएको चर्चा गर्दै परम्परागतरुपमा बनाइएका घर र माटोले बनेका घरहरू जलवायुमैत्री र चिसो हुने गरेको तर्क गर्दै हाम्रा परम्परागत ज्ञान र सीपले  जलवायु संकटका समाधान गर्न सहयोगी हुने सुझाव दिइन् ।

राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले जलवायु परिवर्तनलाई सम्बोधन गर्न स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए । उनले विकसित राष्ट्रले उच्चस्तरमा कार्बन उत्र्सजन गरिरहने र त्यसबापत नेपालजस्ता देशलाई नगन्य सहयोग दिने विषय न्यायिक नभएको जिकिर गरे ।प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले जलवायु परिवर्तनको प्रभाव स्थानीयस्तरमा अत्यधिक हुने भएकाले स्थानीय सरकारलाई अझ बढी जिम्मेवार, सक्षम र सशक्त बनाउनुपर्ने बताइन् । साथै, उनले जलवायु परिवर्तनलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्नुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा नेपालस्थित वेलायती राजदूतावासका जलवायु सल्लाहकार उगान मानन्धरले जलवायु वित्त आकर्षित गर्न हाल रहेका विद्यमान जटिलतालाई सहज पार्नुपर्ने बताए । वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. बुद्धिसागर पौडेलले स्वीडेन र दक्षिण कोरियासँग कार्बन व्यापारको प्रक्रिया अगाडि बढिरहेको जानकारी गराउँदै यसमा रहेको प्रक्रियागत झण्भटलाई सरल पार्ने काम भइरहेको बताए ।

जलवायु परिवर्तनका विषयमा विश्व मञ्चमा नेपालले आफ्ना आवाजहरू सशक्तरुपमा उठाउँदै आएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय जलवायु वार्ताका लागि राष्ट्रिय क्षमता बढाउन आवश्यक रहेको तर्क गरे । उक्त संवादमा संघीय संसद्का सदस्यहरू, सम्बन्धित क्षेत्रका विषयविज्ञ तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो ।
 


प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समाजसेवी मानन्धरको निधन
समाजसेवी मानन्धरको निधन सोमबार, फागुन २५, २०८२
स्पेस टेक्नोलोजीमा चीनको लङ मार्च-८ए वाई८ रकेट प्रक्षेपण तयारीमा
स्पेस टेक्नोलोजीमा चीनको लङ मार्च-८ए वाई८ रकेट प्रक्षेपण तयारीमा सोमबार, फागुन २५, २०८२
हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी
हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी सोमबार, फागुन २५, २०८२
एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ
एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ सोमबार, फागुन २५, २०८२
निर्वाचन आयोगलाई नेकपाको आग्रह
निर्वाचन आयोगलाई नेकपाको आग्रह सोमबार, फागुन २५, २०८२
सुशासन, रोजगारी र उद्यमशील नेपाल रास्वपाको प्राथमिकता होः पूर्वमन्त्री खनाल
सुशासन, रोजगारी र उद्यमशील नेपाल रास्वपाको प्राथमिकता होः पूर्वमन्त्री खनाल सोमबार, फागुन २५, २०८२
तनहुँमा एमालेसहित २२ जनाको जमानत जफत
तनहुँमा एमालेसहित २२ जनाको जमानत जफत सोमबार, फागुन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP