Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • स्थानीय तह उपनिर्वाचनको तयारीमा जुट्दै आयोग
स्थानीय तह उपनिर्वाचनको तयारीमा जुट्दै आयोग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २०, २०८१

काठमाडौं– देशभरका ३४ वटा स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने भएको छ । ३० वैशाख २०७९ मा भएको निर्वाचनबाट निर्वाचित ३५ जना जनप्रतिनिधिको निधन भएपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन गर्नुपर्ने अवस्था आएको हो ।  

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले आगामी असोजको पहिलो साता उपनिर्वाचनको मिति तोक्ने बताए । उनका अनुसार यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनबारे प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग भेट गरेर छलफल गरिसकेका छन् । छलफलका क्रममा मंसिरको तेस्रो साता उपनिर्वाचन गर्नेबारे प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक सकारात्मक देखिएका थिए । 

‘जनप्रतिनिधिको रिक्तता हुँदा स्थानीय तहको कार्यसम्पादनमा असहजता निम्तिएको छ । त्यसले गर्दा छिटो उपनिर्वाचन गर्नुपर्ने भएको छ । सायद मंसिरको तेस्रो साता उपयुक्त हुन्छ किनभने प्रमुख आयुक्तले प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गर्दा उहाँहरू सकारात्मक देखिनुभएको थियो,’ प्रवक्ता सापकोटाले प्रभावसँग भने । आयोगले पछिल्ला दिनमा कोही जनप्रतिनिधिको निधन भएको भए जानकारी दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिसकेको छ । अहिले रिक्त रहेका स्थानीय तहका पदको विवरण संकलन भइरहेको पनि उनले बताए ।

आयोगले यसअघि नै उपनिर्वाचनका लागि मतदाता विवरण अद्यावधिक कार्य सुरु गरेको छ । त्यसका लागि नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पद रिक्त भएका स्थानीय तहमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आग्रह गरेको सापकोटाले बताए । 

Hardik health

आयोगका अनुसार उपनिर्वाचन गर्नुपर्ने एकमात्र नगरपालिका काठमाडौंको कीर्तिपुर हो । त्यहाँका मेयर राजकुमार नकर्मीको गत ११ साउनमा निधन भएको थियो । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि त्यहाँ पनि उपनिर्वाचन गर्नुपर्ने अवस्था आएको छ । गच्छदारको निधन गत ३ असारमा भएको थियो ।


दैलेख महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । त्यहाँका अध्यक्ष लछुमन गुरुङको २७ माघ २०७९ मै निधन भएको थियो । उनले अध्यक्षको रुपमा करिब नौ महिनामात्रै कार्यभार सम्हाल्न पाए । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएपछि रिक्त पदमा पनि उपनिर्वाचन हुने भएको छ । तामाङको हृदयघातका कारण ३१ असार २०८० मा निधन भएको थियो । 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको ४ माघ २०८० मै निधन भयो । मिर्गौलामा क्यान्सर देखिएकी उनको निधनपछि स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको हो । यस्तै, यही ४ भदौमा हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परी ज्यान गयो । उनको निधनपछि रिक्त उपाध्यक्ष पदमा पनि उपनिर्वाचन हुने भएको छ । 

प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसँगै अन्य वडाध्यक्ष पदमा पनि चुनाव गर्न भनेर निर्वाचन आयोगले पनि संघीय मामिला मन्त्रालयमा भदौ अन्त्यसम्म रिक्त पदहरूको एकीकृत विवरण तयार गरेर पठाउन भनिसकेको छ । आयोगले असोजको पहिलो हप्ता उपनिर्वाचनको मिति घोषणा गर्नेगरी तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताए । 

आयोगले उपनिर्वाचनका लागि कति बजेट लाग्छ, कति ठाउँ छन् भन्नेबारे अध्ययन गरिरहेको उनले बताए । मतपत्रबाहेक उपनिर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री व्यवस्थापनको काम पनि भइरहेको छ । यसअघि नै प्रयोग भएका र बाँकी रहेका निर्वाचन सामग्री उपनिर्वाचनमा प्रयोग गरिने पनि प्रवक्ता सापकोटाले जानकारी दिए । 

उनका अनुसार यसबाहेक सात प्रदेशका २८ वटा वडामा अध्यक्ष पद रिक्त छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था अनुसार एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको जुनसुकै रिक्त पदमा प्रतिनिधि चयनका लागि निर्वाचन गराउनुपर्ने हुन्छ ।


निर्वाचन माहोल बनाउँदै दल
सत्तारुढ र विपक्षी दलहरू आसन्न उपनिर्वाचनको तयारीमा जुटेका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले रिक्त रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूको पदपूर्तिका लागि मंसिरको तेस्रो हप्तामा उपनिर्वाचन हुने अवस्था रहेको भन्दै त्यसका लागि आन्तरिक तयारी थालेको छ । उक्त पार्टीले आन्तरिक परिपत्र जारी गर्दै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सातै प्रदेशमा कमाण्डर तोकेको छ । वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन भएको छ ।

गत आइतबार बसेको उपनिर्वाचन कमिटीको पहिलो बैठकले पार्टीका उम्मेदवारलाई जिताउन सातै प्रदेशमा कमाण्डर तोकेको महासचिव घनश्याम भुसालले जारी गरेको परिपत्रमा उल्लेख छ । स्थानीय तह उपनिर्वाचनका लागि कोशी प्रदेश कमाण्डरमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेस प्रदेश कमाण्डरमा उपाध्यक्ष धर्मनाथ साह, बागमती प्रदेश कमाण्डरमा उपाध्यक्ष डा. गंगालाल तुलाधर, गण्डकी प्रदेश कमाण्डरमा सचिव श्रीनाथ बराल, लुम्बिनी प्रदेश कमाण्डरमा उपमहासचिव मेटमणि चौधरी, कर्णाली प्रदेश कमाण्डरमा उपाध्यक्ष  प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेश कमाण्डरमा उपाध्यक्ष भानुभक्त जोशीलाई तोकिएको छ ।

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने कीर्तिपुर नगरप्रमुखको उम्मेदवारका लागि तीन जनाको नाम प्रस्ताव गरेको छ । राप्रपाले ध्रुव महर्जन, वरिष्ठ अधिवक्तासमेत रहेका राप्रपा केन्द्रीय सदस्य राजु बस्नेत र अर्का केन्द्रीय सदस्य राजकुमार केसीको नाम सिफारिस गरेको हो । यस्तै वडा नं १ मा सुरेन्द्रप्र्रसाद उप्रेती, वडा नं ४ का लागि बिजेस बस्नेतको नाम सिफारिस गरिएको छ । राप्रपा अन्य रिक्त रहेको स्थानका लागि भने उम्मेदवार सिफारिस गरिसकेको छैन ।

ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले भने उपनिर्वाचनको मिति घोषणा हुन बाँकी छँदै चुनावी गठबन्धन नगर्ने घोषणा गरेर चुनावी माहोल बनाइरहेका छन् ।
 


प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP