Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • एनसेल नवीकरणको विषय संसद्‍मा
एनसेल नवीकरणको विषय संसद्‍मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १९, २०८१
  •  ‘किस्ताबन्दी’ सुविधामा नवीकरण गरिदिने सरकारको निर्णयमाथि उठाइयो पश्न
  •  प्रधानमन्त्री ओलीले संसद्मा जवाफ दिनुपर्ने माग
  •  सत्तारुढ दल कांग्रेसकै सांसदबाट सरकारको निर्णयको आलोचना
  •  प्रणाली बिगार्ने विषय भएकाले यसले मुलुकलाई दीर्घकालीन असर पुर्‍याउने भनाइ

काठमाडौं– निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई प्रभावमा पार्दै लाइसेन्स नवीकरण गरेको विषय संघीय संसद्मा उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलको लाइसेन्स नवीकरणका लागि राजस्व दस्तुरमा दिएको ‘किस्ताबन्दी’ सुविधाप्रति अनेक प्रश्न उठिरहेको सन्दर्भमा यो विषयले संसद्मा प्रवेश पाएको हो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आम जनता पार्टीका अध्यक्षसमेत रहेका सांसद प्रभु शाहले एनसेलको लाइसेन्स नवीकरणमा घूसपैठ भएको हुनसक्ने आशंका व्यक्त गरे । उनले प्रधानमन्त्री ओली र एनसेलबीचको सम्बन्धबारे आशंका व्यक्त गर्दै यस सम्बन्धमा संसद्लाई जानकारी दिनुपर्ने माग राखेका छन् । 

एनसेलको सेयर खरिदबिक्री नै अफसोर कम्पनीमार्फत भएको अवस्थामा सरकारले दिएको किस्ताबन्दी सुविधाले मुलुकले अर्बाैं राजस्व गुमाउने अर्थविद्हरुले बताइरहेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले पनि सरकारले एनसेललाई किस्ताबन्दी सुविधा दिएर राज्यको राजस्व स्रोतमाथि खेलवाड गरेको आरोप संसद्मै लगाएका छन् ।

‘सधैं एनसेल । कहिले ६५ अर्ब तिरेन । कहिले विद्युत्को पैसा तिरेन । कहिले के ? यो के नाटक हो ? यो के नाटक हुँदै छ ? यसको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुपर्छ । सरकारले यसको जवाफ दिनुपर्छ । एनसेलले पैसा तिर्नुपर्दैन ? जनतासँग पैसा लैजाने, चलाउने । जनतासँग पैसा लिएपछि सरकारले उठाउनु पर्दैन ?,’ सांसद चन्द्र भण्डारीले प्रश्न गरे । उनले सीमित व्यक्तिहरुलाई ब्रह्मलुट गर्ने वातावरण बनाइदिन सरकार लागिपरेको आरोपसमेत लगाए । सांसद भण्डारीले सरकारलाई यो विषयमा जवाफ दिन रुलिङ गर्नुपर्ने माग सभामुखसँग राखेका थिए । तर, सभामुख देवराज घिमिरेले यो रुलिङ गर्न खासै चासो देखाएनन् ।

Hardik health

महाकाली सन्धिको बेलासमेत निर्णायक मत दिँदै प्रधानमन्त्री ओलीको पक्षमा उभिएका घिमिरेले ओली नेतृत्वको सरकारविरुद्ध रुलिङ नगर्नु स्वाभाविक भएको जानकारहरु बताउँछन् । ओलीकै निगाहमा सभामुख बनेका उनले मुलुकले राजस्व गुमाउने विषयभन्दा ओलीको सत्तालाई केन्द्रमा राखेको प्रस्ट देखिएको उनीहरुको भनाइ छ ।

‘एनसेलको लाइसेन्स नवीकरण सम्बन्धमा सरकारले गरेको निर्णय सरासर गलत छ । कुन कानुन, धारा, उपधारा टेकेर किस्ताबन्दीको सुविधा दिइयो ? जनतालाई भन्नु पर्दैन ? विगतका अभ्यास भन्न सकिन्छ । तर, एनसेलको सेयर खरिदबिक्रीदेखि अफसोर कम्पनीबाट भएको शंकास्पद कारोबारका कारण पनि किस्ताबन्दीको सुविधा उपयुक्त हुन्न,’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक उच्च अधिकारीले भने । यता दूरसञ्चार प्राधिकरण स्रोतले समेत किस्ताबन्दी सुविधा कानुनविपरीत भएको बताए ।

एनसेललाई ओलीको निगाहा
एनसेलको लाइसेन्स नवीकरण अन्तिम समयमा आएर मात्रै गरियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले लाइसेन्स दस्तुर एकैपटक असुल गर्ने गरी निर्णय गरे पनि ओली नेतृत्वको सरकारले उक्त निर्णय उल्ट्याउँदै किस्ताबन्दीमा बक्यौता बुझाउने सुविधामा नवीकरण गरिदिएको हो । 

व्यापारीको पक्षमा खुलेरै उभिने ओलीले यो पटक एनसेललाई समेत हातमा लिएको आरोप एमालेभित्रै लागिरहेको छ । तर, एमालेभित्र ओलीविरुद्ध बोल्न सक्ने नेताहरु नभएका कारण यो विषय पार्टीले नै प्रतिरोध गर्ने विषय बनेको बताइन्छ । 

ओलीले सरकारको नेतृत्व लिएपछि एनसेलको लाइसेन्स नवीकरण गर्ने वाचा गरेको र यसमा ठूलो मात्रामा आर्थिक चलखेल भएको स्रोतको दाबी छ । अंकमा भन्दा पनि प्रणाली बिगार्ने विषय भएकाले यसले मुलुकलाई दीर्घकालीन असर पुर्‍याउने उनको भनाइ छ ।
 


प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP