Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • अहोरात्र समाचार सेवा सञ्चालन गरेर राससले फड्को मार्‍योः मन्त्री गुरुङ
अहोरात्र समाचार सेवा सञ्चालन गरेर राससले फड्को मार्‍योः मन्त्री गुरुङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १७, २०८१

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)ले नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ गरेर महत्वपूर्ण फड्को मारेको बताएका छन् । रासस केन्द्रीय कार्यालयमा आज ‘नेपाली भाषामा २४ घण्टा समाचार सेवा’ शुभारम्भ गर्दै उनले भने, “काम सानो भए पनि यसले ठूलो अभियानको सुरुआत गरेको छ । चौबिसै घण्टा गतिशील हुनुले ठूलो अर्थ राख्छ, हामीले फड्को हानेका छौँ ।”

राससले दूरदराजका नागरिकका आवाज समेट्नुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले सामाजिक न्यायका विषयलाई उच्च प्राथमिकता दिन आग्रह गरे । संरचनागत पुनःसंरचनामा लाग्न निर्देशन दिँदै उनले‍ कर्मचारीको क्षमता अभिवृद्धिमा ध्यान दिन आग्रह गरे  । मन्त्रालयले ऐन, कानुन निर्माण र संशोधनलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले केही ऐन सरकारका एक सय दिनभित्र सम्पादन गर्नेगरी काम भइरहेको स्पष्ट पारे  ।

“सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्नेसम्बन्धी विधेयक र सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक भदौ मसान्त तथा दूरसञ्चारसम्बन्धी विधेयक, राष्ट्रिय आमसञ्चार विधेयक, चलचित्रसम्बन्धी विधेयक, डाटा सेन्टर सञ्चालन मापदण्ड र सरकारी इमेल सञ्चालनसम्बन्धी कार्यविधि असोज मसान्तसम्म तयार गरेर मन्त्रिपरिषद्मा पेस गर्नेगरी काम थालनी गरिएको छ”, मन्त्री गुरुङले भने । 

सुरक्षित मुद्रणसम्बन्धी नियमावली स्वीकृतिका लागि यही भदौ मसान्तभित्र मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी गरिएको जानकारी दिँदै मन्त्री गुरुङले हुम्लामा द्रूत गतिको इन्टरनेट सेवा पुर्‍याइने बताए  । पुराना नीति नियममा टेकेर नयाँ काम गर्न नसकिने स्पष्ट पार्दै उनले‍ ऐनकानुनलाई समयानुकूल बनाइनुपर्ने आवश्यकता औँल्याए । “पुराना हतियार बोकेर समयसापेक्ष सेवा देऊ भन्न मिल्दैन”, उनले भने। 

Hardik health

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरेर पत्रकारको क्षमता अभिवृद्धिका साथै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री गुरुङले नीति बनाएरै यसलाई सम्बोधन गरिने बताए । सार्वजनिक प्रसारण सेवा विधेयक समितिबाट पारित भएको जनाउँदै उनले मिडिया काउन्सिल विधेयकले पनि छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरे  ।

फरक प्रसङ्गमा मन्त्री गुरुङले पोखराको एक पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा आफूले नेपाल प्रहरीको प्रमुखका सम्बन्धमा विगतका सन्दर्भमा मात्रै उल्लेख गरेको स्पष्ट पारे । सङ्घीयताको कार्यान्वयनमा राज्यका सबै निकायले सहयोग गर्नुपर्ने धारणा राखेकोसमेत उनले बताए । 

सञ्चार सचिव राधिका अर्यालले सेवाको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गरी दूरदराजका नागरिकसम्म पहुँच पुर्‍याउन निर्देशन दिँदै आधिकारिता र विश्वसनीयता कायम गर्दै सेवा क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए । उनले‍ सीमित स्रोतसाधन र जनशक्तिबीच पनि सेवा विविधीकरण र २४ घण्टा समाचार प्रवाह गर्नु प्रंशसनीय रहेको बताए । “सत्यतथ्य सूचना जस्ताका तस्तै नागरिकसमक्ष पुर्‍याउनुहोस्”, सचिव अर्यालले भने, “नागरिकप्रति जिम्मेवार भएर पत्रकारिता गर्नुहोस् ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पछिल्ला समय आफूलाई समयानुकूल बनाउँदै लगेको राससले सञ्चारमाध्यमलाई सहजै समाचार उपलब्ध गराउन आफ्नो भूमिकालाई थप प्रखर बनाउनुपर्नेमा जोड दिए । सञ्चारमाध्यमको दिगोपना र विज्ञापन बजार विस्तारमा सरकारको ध्यानाकर्षण गराउँदै उनले‍ आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना र श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाव दिए । 

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले सामाजिक मामिलाका साथै सुशासनका पक्षमा राससले प्रखर रुपमा कलम चलाउनुपर्ने धारणा राख्नुभयो । “सरकारी सञ्चारमाध्यम भएकाले केही सीमा होलान्, तर यसले विभेद, हिंसा, न्यायमा पहुँच, शक्तिको दुरुपयोग, अनियमिता र बेथितिका मामलामा खबरदारी गर्न सक्छ”, उनले‍ भने, “राज्यको तल्लो इकाइसम्म पुगेर सामाजिक विषयमा समाचार खोजीलाई प्राथमिकता दिनुपर्छ ।”

वरिष्ठ पत्रकार प्रतीक प्रधानले सरकारी स्वामित्वमा रहेको राससले आफ्ना भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । सञ्चारमाध्यममा अब ‘डेडलाइन’ नहुने मान्यतामा आफू पनि सहमत रहेको जनाउँदै उनले‍ समाचार तत्क्षणमा दिनेतर्फ राससले ध्यान दिनुपर्ने बताए । 

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सीमित स्रोतसाधन र जनशक्तिका बीचबाट राससले आफ्नो समाचार सेवा विविधीकरण गर्दै अन्तर्राष्ट्रियस्तरका समाचार समितिले जस्तै गरी सेवा प्रवाह गरिरहेको बताए । समाचार समिति ‘कहिल्यै पनि सुत्दैन’ भन्ने मान्यताका आधारमा पहिलो चरणमा नेपाली भाषामा २४ घण्टा समाचार सेवा प्रारम्भ गरिएको स्पष्ट पार्दै उनले‍ राससले आफ्नो रुपान्तरणको अभियानलाई तीव्र पारेको बताए। 

 “रुपान्तरणका प्रयास पर्याप्त छैनन्, नेपाली जनताको सूचनाको आवश्यकता सम्बोधन गर्न रासस क्रियशील छ, यही आवश्यकता सम्बोधन गर्ने प्रयास नै अहोरात्र समाचार प्रवाह हो”, अध्यक्ष झाले भने । राससका महाप्रबन्धक सिद्धराज राईले २४ घण्टा समाचार सेवा सञ्चालन गरेर राससले आफूलाई अन्तर्राष्ट्रिय समाचार समितिको हाराहारीमा उभ्याएको बताए। पछिल्ला समय सेवाको विविधीकरण गर्दै लगिएको जानकारी दिँदै उनले‍ अब छिट्टै नेपाल र मैथिली भाषामा पनि समाचार सेवा दिने तयारी गरिरहेको बताए । 

राससले आजदेखि औपचारिक रूपमा चौबिसै घण्टा समाचार सेवा प्रदान गर्न लागेको हो । राससले यही भदौ ११ गतेदेखि परीक्षणका रूपमा २४ घण्टा समाचार सेवा प्रदान गर्दै आएको छ । आधिकारिक समाचार र सूचनाको मुहानका रूपमा रहेको राससले अन्तर्राष्ट्रिय समाचार समितिहरूले प्रदान गर्दै आएको सेवा र अभ्यास तथा स्वदेश तथा विदेशका आफ्ना सेवाग्राहीको मागलाई समेत दृष्टिगत गरी चौबिसै घण्टा सेवा प्रदान गर्न लागेको हो । 

स्थापनाकालमा दिनका एकपटक साँझ मात्र बुलेटिन प्रकाशन गर्ने राससले सेवाग्राहीको मागलाई मध्यनजर गरी केही समय बिहान, दिउँसो र राति गरी दिनको तीनपटक बुलेटिन प्रकाशन गर्ने गर्दथ्यो । त्यसपछि लामो समयसम्म बिहान, मध्याह्न, अपरान्ह, साँझ र राति गरी दिनको पाँचपटक बुलेटिन प्रकाशन गर्दै आएकामा समयको माग र प्रविधिको विकाससँगै २०६३ सालदेखि एक–एक घण्टाका दरले दिनमा १७ पटक समाचार प्रदान गर्दथ्यो । 

सुरुआतमा नेपाली भाषामा समाचार सेवा सञ्चालन गरेको राससले समयसापेक्ष रुपमा सेवाग्राही र आमजनताको मागबमोजिम २०२० फागुनदेखि अङ्ग्रेजी र अन्तर्राष्ट्रिय, २०५५ वैशाखदेखि आलेख, २०६४ सालदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोटो, २०६६ फागुन ७ देखि अडियो, २०७९ साउनदेखि आलेख÷विचार र अन्तर्वार्ता हुँदै हाल श्रव्यदृश्य समाचार सेवा प्रवाह गर्दै आएको छ ।


प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP