Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
विचार
  • Home
  • विचार
  • समाचारको ‘डेडलाइन’ अन्त्य गर्ने राससको २४ घण्टा सेवा
समाचारको ‘डेडलाइन’ अन्त्य गर्ने राससको २४ घण्टा सेवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १७, २०८१

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७९ मा १० दिनसम्म २४ घण्टा सेवा सञ्चालन गरेको थियो । निर्वाचनका परिणाम अपडेट गरी सेवाग्राहीलाई तत्काल जानकारी दिन छोटो समयका सुरु गरेका थियौँ । यतिबेला सेवाग्राहीबाट राम्रो ‘रेस्पोन्स’ पायौँ । विसं २०८० कात्तिकमा जाजरकोट–रुकुम भुकम्प गयो । यो भूकम्पले धेरै धनजनको क्षति गरेको छ । यो भूकम्पबाट ठूलो क्षति भएको विषयमा मध्यरातमा नै जानकारी आयो । तर राससको समाचार सेवा बन्द भइसकेकाले समाचार दिन सकेनौँ । यदि त्यसबेला राससको सेवा २४ घण्टा भएको भए राति समाचार गइसक्थ्यो । बिहान ६ बजे कुर्न पर्दैनथ्यो । त्यो बेला, राससले ४ बजेपछि सम्पादकहरुलाई झिकाएर समाचार ‘अपडेट’ गर्ने काम गरिएको थियो । रिपोर्टरहरुलाई झिसमिसेमै क्यामरा बोकाएर स्थलगत रिपोर्टिङका लागि खटायौँ तर ढिलो समाचार अपडेट भएको यो घटनाले रासस व्यवस्थापनलाई नमीठो बनायो । 

हरेक वर्ष बाढीपहिरो र सवारी दुघर्टना जस्ता प्राकृतिक विपत्तिका घटनामा रासस पछि परिरहेको अवस्था हो । यस्ता घटनामा विश्वभरिबाट नेपाली मिडियामा चासो बढिरहेको हुन्छ । तर सेवा बन्द भएकाले समयमै समाचार सम्प्रेषण गर्न नसकिएको तीतो यथार्थ र अनुभूति रासस व्यवस्थापन र समाचार सेवामा रहेको छ । त्यस्तै ढिला गरी हुने राजनीतिक सहमति र विशिष्ट व्यक्तिहरुको विदेश भ्रमण र कार्यक्रमका समाचार समेत २४ घण्टा सेवा नभएकै कारणले दिन सकेका थिएनौँ ।

कुनै घटना र सन्दर्भ विशेषमा मध्यरातमा समाचार छपाउने व्यवस्था गरिदिनु पर्‍यो भन्ने अनुरोधलाई पूरा गर्न नपाएको दर्जनौँ सम्झना रासस व्यवस्थापनसँग रहेको छ । विसं २०८० मा नै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन, राप्ती नदीको पुलमा बस दुघर्टनालगायत केही घटनाहरुको ‘कभरेज’ गर्ने प्रयास गरे पनि त्यो तत्कालै हुन सकेको थिएन । यही कारण राससको व्यवस्थापनलाई २४ घण्टा सेवा सञ्चालन गर्नुपर्छ भनेर निरन्तर प्रयास गरेका हौंँ । 

रासससँग तत्काल सेवा सुरु गर्न हामीसँग कुनै स्रोत साधन थिएन र सक्ने अवस्था पनि थिएन र सञ्चालन गर्न सकेनौँ तर रासस व्यवस्थापनले हार मानेन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग हुने प्रत्येक बैठकमा २४ घण्टा सेवाका विषयमा कुरा राख्दै गर्‍यौंँ । मन्त्रालयका सबै तहतप्काका राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्वसँग धेरै पटक औपचारिक र अनौपचारिक छलफल भए । छलफल सकारात्मक बन्दै गयो र अन्ततः हाम्रो प्रयास सफल भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आव २०८१÷८२ को बजेटमा २४ घण्टा सेवा सञ्चालनका लागि रु २५ लाख बजेट विनियोजन गरिदियो । यही बजेटबाट सेवा प्रारम्भ भएको छ । भदौ ११ गतेदेखि नै परीक्षणका रुपमा सेवा सुरुआत भएको सेवा आज भदौं १७ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा भएको छ । 

Hardik health

रासस स्थापना भएको ६३ वर्ष पुगेको छ । सगरमाथा संवाद समिति र नेपाल संवाद समितिलाई गाभेर २०१८ सालमा स्थापना भएको राष्ट्रिय संवाद समिति नै आजको राष्ट्रिय समाचार समिति (रासस) हो । काठमाडौँको नयाँसडकको एउटा कोठाबाट सुरु भएको रासस अहिले सुविधासम्पन्न बन्दै गएको छ । यस अवधिमा राससले अनेकौँ कालखण्डलाई भोग्दै र त्यसैमा अनुकूलित हुँदै आएको यथार्थलाई भुल्न सकिँदैन ।

राज्यको आधिकारिक समाचार एजेन्सी भएकाले हरेक दिन सत्यतथ्य र विश्वासिलो समाचार सम्प्रेषण गर्नु राससको  प्रमुख दायित्व हो । यो दायित्वलाई सीमित जनशक्तिको सहयोगमा बलबुताले भ्याएसम्म पूरा गरिरहेको छौंँ भन्ने हाम्रो विश्वास रहेको छ । विसं २०४९ मा नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय समाचार सेवा, तत्कालीन अवस्थामा १४ वटा अञ्चल कार्यालय र सामान्य प्रशासनको लागि कार्यालय सहयोगी र सवारी चालकसहित स्वीकृत भएको एक सय ६५ वटा कर्मचारी दरबन्दीबाट सेवा सञ्चालन गर्न आफैँमा कठिन रहेको छ तर पनि हामी सेवा क्षेत्र विस्तार गर्न निरन्तर क्रियाशील छौँ । 

थोरै जनशक्ति रहे पनि राससले २०५६ सालदेखि आलेख सेवा २०६४ सालदेखि तस्बिर सेवा, २०६८ सालदेखि रेडियोहरुका लागि अडियो सेवा र २०७९ सालदेखि भिडियो सेवा सुरुआत गरेको छ । भिडियो सेवा सञ्चालनका लागिबाहेक सम्पूर्ण सेवामा राससमा रहेको पुरानो दरबन्दीमा रहेका कर्मचारीहरुलाई तालिम र क्षमता विकास गराएर सेवा सञ्चालन गर्दै आएको यथार्थ रहेको छ । विसंं २०८० माघदेखि सञ्चालन गरेको मातृभाषा समाचार सेवा र आज भदौ १७ गतेदेखि औपचारिक रुपमा सुरुआत गरेको २४ घण्टा समाचार सेवाका लागि भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहयोग गरेको छ । 

मन्त्रालयको यही सहयोगका कारण आज राससलाई चौबिसै घण्टा समाचार सेवा दिने संस्थाका रुपमा स्थापित गर्न सफल भएका छौँ । राससले आफ्ना सेवाग्राहीको मागलाई सम्बोधन गर्न, आफ्ना सेवाको थप विस्तार र विविधीकरण गर्न नेपाली समाचार सेवालाई चौबिसै घण्टा सञ्चालन गरेको हो । मौजुदा जनशक्तिलाई उत्पे्ररित र परिचालन गरेर यो सेवा थलानी भएको छ । भविष्यमा राससको मौजुदा दरबन्दी वृद्धि गरी जनशक्ति व्यवस्थापन गर्न मन्त्रालयको आवश्यक सहयोगको अपेक्षा छ । हाल दैनिक १७ घण्टा सेवा सञ्चालन गर्दै आएको राससको २४ घण्टा समाचार सेवाले अन्तर्राष्ट्रिय समाचार एजेन्सीको हाराहारीमा रासस उभ्याउन प्रयास भएको छ । यो दिन राससको इतिहासमा एक कालजयी दिनका रुपमा रहने छ । राससमा एउटा गर्विलो इतिहास निर्माण भएको दिनका रुपमा युगौँयुगसम्म स्मरण रहने छ ।  

अब नेपाली समाचार सेवा र आमसञ्चारमाध्यममा समाचारको ‘डेडलाइन’ समाप्त भएको हामीलाई लागेको छ । चौबिसै घण्टा समाचार सेवाले अब नेपाली समाचार संस्थाहरुको पनि पहिलेजस्तो समाचार सम्प्रेषणमा ‘डेडलाइन’ तोकेर काम गर्नुपर्ने अवस्था अन्त्य हुनेछ भन्ने विश्वास हो । साँच्चै भन्ने हो भने चौबिसै घण्टा समाचार सेवाले समाचारको डेडलाइन अब हुँदैन भन्ने मान्यतालाई स्थापित गर्नेछ । त्यसैले यो दिन नेपाली पत्रकारिताको इतिहासमा पनि युगान्तकारी परिवर्तनको दिन हुनेछ । नेपाली पत्रकारिताको इतिहासमा राससको २४ घण्टा समाचार सेवा कोसेढुङ्गा साबित हुनेछ । लोकतन्त्रको सुदृढीकरणका लागि सत्यतथ्य र सही सूचनाको निरन्तर सम्प्रेषण गर्दै आएको राससले राष्ट्र र नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गरिरहेको छ । हामीले अहिले गरिरहेको काम र प्रयत्नले ती कुरालाई समेट्ने प्रयास गरेका छौँ । 

आज राससले सुरुआत गरेको चौबिसै घण्टा समाचार सेवाले विश्वभर फैलिएका समाचारका पाठक÷दर्शक मात्र होइन, नेपाली भाषाका सञ्चारमाध्यमलाई सहयोग पुगेको छ भन्ने विश्वास लिएका छाँैं । सूचना प्रविधिको विकासले विश्व धेरै सञ्चार संस्थाको सेवा धेरै पहिलेदेखि २४ घण्टामा गइसकेको छ । नागरिकको व्यस्त जीवनशैलीको कारण समाचारका लागि निश्चित समय कुर्नपर्ने अवस्था हट्दै गएको छ । राससको यो सेवाले आमसेवाग्राही सञ्चारमाध्यमसँगै आमनागरिकको सूचना र समाचारको पहुँच वृद्धि हुनेछ । सूचना र समाचार प्राप्त गर्ने अधिकारको रक्षा गर्नेछ भन्ने हामी लागेको छ ।

यो सेवालाई प्रभावकारी बनाउन सञ्चारमाध्यम र आमपाठकबाट सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेका छौंँ । प्राप्त सुझावका आधारमा सेवालाई थप परिष्कृत गर्दै अझ चुस्त र प्रभावकारी बनाउन हाम्रो प्रतिबद्धता रहेको छ । आगमी दिनमा राससको अङ्ग्रेजी, अन्तर्राष्ट्रिय, तस्बिर, श्रव्यदृश्य समाचार सेवालाई पनि २४ घण्टा सञ्चालन गर्ने तयारी रहेको छ । यसका लागि आवश्यक आर्थिक र जनशक्ति व्यवस्थापनको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोग आवश्यक रहेको छ । 

रासस राज्यले दिने सेवा र सरकारको कामको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना सम्प्रेषण र प्रचारप्रचार गरी सरकारको मुख्य प्रचार साझेदार हो । हिजो थोरै मिडियाका लागि मात्र अति आवश्यक रासस आज आएर सबै मिडियाका लागि अपरिहार्य जस्तै बनेको छ । जब मुलुकमा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन र सङ्कट आउँछ, त्यतिबेला राससको महत्व उचाइमा पुग्ने गरेको छ । यतिबेला नेपालका मिडियामा आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । त्यसैले रासस मुख्य सहयोगीका रुपमा उभिएको छ र सधैँ उभिइरहने छ ।

(लेखक राससका महाप्रबन्धक हुन् )


प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्
थप विचार
देश विकासमा अपरिहार्य युवा नेतृत्व
देश विकासमा अपरिहार्य युवा नेतृत्व शुक्रबार, कात्तिक २१, २०८२
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत बिहीबार, कात्तिक २०, २०८२
स्वच्छ ऊर्जा क्षेत्रको उपलब्धि र अबको बाटो
स्वच्छ ऊर्जा क्षेत्रको उपलब्धि र अबको बाटो बुधबार, कात्तिक १९, २०८२
सामाजिक अभियानमा गणेश–उज्जन स्मृति प्रतिष्ठान
सामाजिक अभियानमा गणेश–उज्जन स्मृति प्रतिष्ठान बुधबार, कात्तिक १९, २०८२
महिनावारीसँग जोडिएको स्वास्थ्य
महिनावारीसँग जोडिएको स्वास्थ्य मंगलबार, कात्तिक १८, २०८२
मैमत्त महारानी !
मैमत्त महारानी ! मंगलबार, कात्तिक १८, २०८२
रेमिट्यान्स राहत हो, समाधान होइन
रेमिट्यान्स राहत हो, समाधान होइन सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP