Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ब्रुनाइ_लण्ड्री_कम्पनी
  • #योर लण्ड्री सर्भिसेज
  • #रेडियन्ट ओभरसिज
  • #इपिएस
  • #मुक्तिनाथ_पदमार्ग
  • #तामाखानी
  • #डल्फिन
  • #सप्तकोशी
  • #प्रतिनिधिसभा_बैठक
Search Here
समाचार
  • Home
  • समाचार
  • अरू देशको तुलनामा नेपालको प्रेस स्वतन्त्रता बलियो छ : मन्त्री गुरुङ
अरू देशको तुलनामा नेपालको प्रेस स्वतन्त्रता बलियो छ : मन्त्री गुरुङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १३, २०८१

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताएका छन्  । 

राष्ट्रिय समाचार समिति आज गरिएको कुराकानीमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय समाचार माध्यमको अवस्था दर्शाउँदै बहुलवादी खुला समाज अङ्गीकार गरेको नेपालमा प्रेस स्वतन्त्रता बलियो रहेको धारणा राखे  । “सार्क क्षेत्रमै हेर्ने हो भने हाम्रो देशको प्रेस निकै लोकतान्त्रिक र खुला छ”, उनले भने, “प्रेसको यो गरिमा जोगाई राख्न मर्यादित र व्यवस्थित नीति ल्याउन आवश्यक छ ।” 

सिङ्गारपुर र मलेसिया जस्ता विकसित मुलुकमा समेत सीमित सञ्चारमाध्यम सञ्चालित रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित र व्यवस्थित बनाउन सरकारले गृहकार्य सुरु गरेको जानकारी दिनुभयो । यसै अनुरुप यही भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्धित ‘टिकटक प्लेटफर्म’ सञ्चालन गर्ने निर्णय गरेको उहाँको भनाइ थियो ।

सामाजिक सञ्जाल पछिल्लो समय युवाको रोजगारको केन्द्र बनेकाले प्रतिबन्ध लगाउनु उचित नरहेको मन्त्री गुरुङले बताउनुभयो । यद्यपि आवश्यक नियमन भने जरुरी रहेकाले निश्चित सर्त पूरा गरेर मात्रै ‘टिकटक’ सञ्चालन गर्न पाउने निर्णय गरिएको उनको भनाइ थियो । 

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० को दफा ३ मा उल्लेख गरिएको टिकटक प्रयोगकर्ता वा कम्पनीले दर्ता गर्नुपर्ने, दफा ६ अनुुसार प्रयोगकर्ताको प्वाइन्ट अफ कन्ट्याक (सम्पर्क केन्द्र) तोक्नुपर्नेलगायत सर्त पालना गर्नुपर्छ । मन्त्री गुरुङले टिकटक प्रतिनिधिलाई ‘पर्यटन प्रवद्र्धन’, ‘डिजिटल सेक्युरिट’, ‘डिजिटल लिट्रेसी’, ‘पब्लिक एजुकेसन’का लागि सहयोग गर्नुपर्ने प्रस्तावमा सहमति भएको बताए ।  

 “सामाजिक दूरभावना फैल्याउने अश्लील, अमर्यादित खालका विषयभित्र रहेका शब्द, वाक्यको अङ्ग्रेजी, नेपाली, नेपाल राष्ट्र भाषाहरुमा समेत ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्नुपर्छ भनेका छाँै”, उनले भने, “यसले झन्डै दुई÷तीन सय युवाले रोजगार पाउँछन् भने व्यवस्थित समाजिक सञ्जाल बन्न सघाउँछ ।” 


प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
अत्यधिक तापक्रमका कारण खाडीमा विदेशी कामदार जोखिममा
अत्यधिक तापक्रमका कारण खाडीमा विदेशी कामदार जोखिममा आइतबार, जेठ १८, २०८२
बिहे गर्ने उमेर घटाउन मन्त्री साहको सुझाव
बिहे गर्ने उमेर घटाउन मन्त्री साहको सुझाव आइतबार, जेठ १८, २०८२
निष्क्रिय बन्दै  मनसुन
निष्क्रिय बन्दै  मनसुन आइतबार, जेठ १८, २०८२
पर्यटक सवारीसाधनलाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन आग्रह
पर्यटक सवारीसाधनलाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन आग्रह आइतबार, जेठ १८, २०८२
प्रधानमन्त्री ओलीद्वारा एकैपटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रधानमन्त्री ओलीद्वारा एकैपटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास आइतबार, जेठ १८, २०८२
बालुवाटार प्रवेश गर्न खोजेपछि कमल थापासहित ५ जना नियन्त्रणमा : प्रहरी
बालुवाटार प्रवेश गर्न खोजेपछि कमल थापासहित ५ जना नियन्त्रणमा : प्रहरी आइतबार, जेठ १८, २०८२
कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो
कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो आइतबार, जेठ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
बोर्डले दिने सेवासुविधा लिनेको संख्या बढ्यो
बोर्डले दिने सेवासुविधा लिनेको संख्या बढ्यो
सोमबारको तुलनामा घट्याे सुनचाँदीको मूल्य
सोमबारको तुलनामा घट्याे सुनचाँदीको मूल्य
गणतन्त्र दिवसमा सडक कब्जा !
गणतन्त्र दिवसमा सडक कब्जा !
स्राेह सयले घट्याे सुनकाे मूल्य
स्राेह सयले घट्याे सुनकाे मूल्य
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP