Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • दुबईमा ३०औँ  अन्तरास्ट्रिय विश्व आदिवासी जनजाति दिवसमा नेवा: पुच: युएईको सहभागिता 
दुबईमा ३०औँ  अन्तरास्ट्रिय विश्व आदिवासी जनजाति दिवसमा नेवा: पुच: युएईको सहभागिता 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ५, २०८१

 दुबई -  दुबईस्थित याक एण्ड यति क्लब एभरेष्टको बिशाल हलमा ३०औँ अन्तर्राष्ट्रिय बिश्व आदिवासी जनजाति दिवस विभिन्न जातिय खानपान, भेष भूषाहरुको प्रदर्शन, शुभकामना आदन प्रदान र मौलिक संस्कृति झल्काउने खालका नाचगानसंगै भव्य रुपमा सम्पन्न गरेको छ । विगतमा जस्तै यसपालि विश्व आदिवासी दिवस ११ वटा जातिय संस्थाहरुको छाता  संस्था नेपाल आदिवासी जनजाति महासंघ ( नेफिन )ले युएईद्धारा आयोजना गरेको हो ।

विक्रम लिम्बुको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावास अबुधावीका श्रम कन्सुलर श्री दीनबन्धु सुवेदी रहेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यवसायी, बुद्धिजीवी, समाजसेवी र पत्रकारहरुको उपस्थिति थियो। कार्यक्रमको मुख्य आकर्षण जातिय साँस्कृतिक झाँकी प्रदर्शन, जातिय विभिन्न खानपानका परिकारहरुको स्टल, जातिय भाषा,भेष भूषाहरुको स्टल र पौरानिक मौलिक बस्तुहरुको प्रदर्शन रहेको थियो ।

प्रमुख अतिथिलगायत कार्यक्रमका अध्यक्ष र अन्य अतिथिहरुले विभिन्न जातिय स्टलहरुमा अवलोकंन गर्दै स्टलमा प्रदर्शन गरिएका सरसामान र खानपानका बारेमा जिज्ञासा का साथै जानकारी  लिएका थिए । साथै कार्यक्रममा सम्पूर्ण दर्शकहरुले जातिय विभिन्न परिकारका खानाहरुको स्वादको आनन्द लिएका थिए । एकातिर जातिय सांगीतिक रमझम रहेको थियो भने अर्कोतिर जातिय खानपानको विविध स्वादको प्रदर्शन चलेको थियो । कार्यक्रममा बिशेष गरि विभिन्न जातिय जीवन शैलीलाई  विशेष आयाम द्धारा चित्रण गरिएको थियो । स्थानीय कलाकारहरुको विविध सांगीतिक प्रस्तुतिहरु संगै मिष्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

प्रतियोगितामा प्रत्येक संस्थाहरुको तर्फबाट एकजना मिस्टर र एकजना मिस ले आ- आफ्नो प्रतिभा सहित  सहभागी जनाएका थिए। जसमध्ये नेवा: पुचः युएईका तर्फबाट छनोट गरि पठाएका मिस सुश्री सलिना शाहि ज्यु र मिष्टर श्री नवराज श्रेष्ठमध्ये मिस सुश्री सलिना शाहि अकस्मात्  दुर्घटनामा परी अस्वस्थता का कारणवश कार्यक्रममा उपस्थित हुन सकेनन् । 

Hardik health

 मिस इन्डिजिनियस युएई–२०२४ को ताज सहित उपाधी शेर्पा किदुक युएईका सुश्री  टासी डोल्मा शेर्पाले हात पार्न सफल भएकी थिईन् भने मिस्टर इन्डिजिनियस युएई–२०२४ को उपाधी  नेपाल मगर संघ शाखा युएईका श्री होम रजाली मगरले हात पार्न सफल भए । कार्यक्रममा आ-आफ्नो जातिय संस्थासहित विविध क्षेत्रको कार्यमा उच्च योगदान दिए बापत सम्मान गरिएको थियो।

नेवा: पुच: युएई को तर्फबाट यसपाली पुरुष तर्फ पुच:का निवर्तमान अध्यक्ष, प्रमुख सल्लाहकार एवं साँस्कृतिक संयोजक लक्ष्मण श्रेष्ठ र महिला तर्फ केन्द्रीय सदस्य एलिना श्रेष्ठ  सम्मानित भएका थिए। वहाँहरु दुबैजनालाई सबैले बधाई दिएका थिए।कार्यक्रमको मिडिया पार्टनरमा फोनिज युएई र हाम्रो कुराकानी अनलाईन टिभीले रहेको थियो । 

कार्यम्रममा नेवा: पुच: युएको स्टलमा राखिएका विभिन्न महानुभावहरुले स्वईच्छाले तयार गरि प्रायोजन गरेका थिए । प्रायोजनमा यमरी बिरेन्द्र नकर्मी, ङ्याँ कुमार बलामी, वमरी नविना शाक्य अचार एलिना श्रेष्ठ, छोयला किरण  बज्राचार्य, बजी र लाखामरी दिपेश श्रेष्ठ, मुस्या, लबा व पालु ( भटमास, लसुन र अदुवा साँदेको नवराज श्रेष्ठ, वाँउचा (साग) शुष्मा कुँवर, मना खे (उसीनेको अण्डा) बिष्णु लाल श्रेष्ठ, आलु तारेको योगिता  हाडा, भुटीँ साँदेको लक्ष्मण श्रेष्ठ, डिष्पोजएवल प्लेट, काँटा , चम्चा तथा कप ईश्वर श्रेष्ठ, पिउने पानी तथा सफ्ट ड्रीन्क्स सुनिल राज श्रेष्ठ, धौ (दही ) प्रमोद श्रेष्ठ, पानी  ५ कार्टुन सुर्यमान श्रेष्ठ र कलाकारलाई प्रोत्साहन स्वरुप  सहयोग  सुनिलमान श्रेष्ठ र शिव कुमार श्रेष्ठले प्रायोजन गरेको नेफिन युएका भुपु महासचिव एवं तत्कालिन सल्लाहकार तथा नेवा: पुच:युएईका महासचिव कुमार बलामीले जानकारी दिएका छन् । 

गायिका प्रतिमा (जोशी) बज्राचार्यले  ( सचिका चिना ) गितको बोलमा प्रस्तुती दिएकी थिईन् ।स्थानिय कलाकारहरुलाई हौसला प्रदान गर्न यसपाली देखी नेवा: पुच:युएईले मायाको चिनो उपहार दिने घोषणा गरेको छ। यसैगरि झाँकी तर्फ कलाकारहरु लक्ष्मण श्रेष्ठ धिमे, कुमार बलामी भुस्या, खिं , सुवास श्रेष्ठको लाखे नाच को साथसाथै  अन्य कलाकारसहित नेवा :पुच: युएई को तर्फबाट उपस्थित भएका थिए ।

 


प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP