Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #लोतीखोला_बेलीब्रिज
  • #हुम्ला–मुगु _पुल
  • #विद्यादेवी भण्डारी
  • #रकम ठगी
Search Here
समाचार
  • Home
  • समाचार
  • महादेव पोखरीमा दर्शनार्थीको घुइँचो
महादेव पोखरीमा दर्शनार्थीको घुइँचो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ३, २०८१

भक्तपुर- चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित महादेव पोखरी कुण्ड अर्थात् रत्नचुडेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसक्ने भक्तजनले महादेव पोखरीको नामले चिनिने रत्नचुडेश्वर महादेव मन्दिर र कुण्डमा मेला भर्न रातिदेखि नै भक्तजनको घुइँचो  लागेको हो ।

मन्दिरमा मध्यरातिदेखि नै दर्शनार्थीको आगमन भएको र बिहानसम्ममा दर्शनार्थीको घुइँचो लागेको चाँगुनारायण–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए । हरेक वर्ष जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, देउपुर, बनेपा, पनौतीदेखिका दर्शनार्थी एवं भक्तजन आउने जानकारी दिँदै उहाँले मेलाका लागि आवश्यक तयारी र व्यवस्थापन आइतबार नै सम्पन्न गरी दर्शनार्थीलाई सहज रूपमा स्नान एवं दर्शन गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

गोसाइँकुण्डको पानी महादेव पोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजानेहरू यहाँ आउने पुरानो कथन रहेको बताउँदै उनले भक्तजनले महादेव कुण्डमा स्नान गरी विभिन्न जातजातिका मानिसले आ–आफ्नो परम्पराअनुसार पूजाअर्चना गर्ने, झाँकीलगायत विभिन्न नाच प्रस्तुत गरेर मेला भर्ने गरेका छन् ।

विभिन्न ठाउँबाट आएका भक्तजन पूर्णिमाको अघिल्लो रात जाग्राम बस्ने परम्परा रहेको छ । जाग्राम बसेर बत्ती बाल्ने भक्तजन हिजो साँझदेखि मन्दिरमा आएर रातभर जाग्राम बसेर बिहानै कुण्डमा स्नान गरी महादेवको पूजा एवं दर्शन गरेपछि रक्षाबन्धन बाँध्ने र जनै फर्ने कार्य गरेका छन् । 

वडाध्यक्ष लामाले यस वर्ष ५० हजारभन्दा बढी भक्तजनले महादेव पोखरीमा दर्शन गर्ने अनुमान गर्दै सोहीअनुसारको व्यवस्थापन गरिएको बताए । महादेव पोखरी संरक्षण समाज एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले मेलाका लागि आउने दर्शनार्थीको सवारीसाधन व्यवस्थापनका लागि ट्राफिक प्रहरी, सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, नगरप्रहरी तथा अन्य व्यवस्थापनका लागि स्थानीय सङ्घसंस्थाले सहयोग गर्ने गरेको बताए । 

रत्नचुडेश्वर मन्दिर प्राङ्गणमा गत साउन ६ गतेदेखि श्रावणी महिनाको अवसर पारेर अति रुद्रीसहित शिव सहस्र नाम पूजन महोत्सव आयोजना भइरहेको र भदौ ४ गतेसम्म उक्त पूजन हुने महायज्ञका गुरु दीपक सापकोटाले जानकारी दिए।


प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘गुरही पर्व’ पर्वको तयारी पूरा
‘गुरही पर्व’ पर्वको तयारी पूरा सोमबार, साउन १२, २०८२
काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणका कार्य सम्पन्न
काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणका कार्य सम्पन्न सोमबार, साउन १२, २०८२
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त सोमबार, साउन १२, २०८२
मिथिलामा ‘झुला’ पर्व सुरु
मिथिलामा ‘झुला’ पर्व सुरु सोमबार, साउन १२, २०८२
एमसिसीको निरन्तरता
एमसिसीको निरन्तरता सोमबार, साउन १२, २०८२
वैदेशिक रोजगारीको ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीको ठगी गर्ने तीन जना पक्राउ सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP