Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • माओवादी केन्द्रमा असन्तुष्टि, पार्टी एकता अनिश्चित
माओवादी केन्द्रमा असन्तुष्टि, पार्टी एकता अनिश्चित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ३, २०८१
  • अध्यक्ष दाहाल र उपमहासचिव शर्माबीचको टकरावले एकता प्रक्रिया समस्यामा
  •  एकीकृत समाजवादी, नेसपा र नेकपासँगको एकता प्रक्रिया धकेलियो 

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच चुलिएको विवाद साम्य हुन अझै बाँकी छ । दुई नेताबीच सार्वजनिक कार्यक्रमहरूमा नै एक अर्काप्रति घोचपेच चलिरहेको छ । यसको असर पार्टी एकता प्रक्रियामा परेको देखिन्छ ।

पार्टी अध्यक्ष दाहालले एकता प्रक्रियामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई ल्याउन जोड गरिरहेका छन् । तर, पार्टीकै आन्तरिक किचलो व्यवस्थापन गर्न हम्मेहम्मेको स्थिति छ । 

जसकारण, दसैंअघि नै एकता गर्ने प्रक्रियामा व्यावधान आउने देखिएको माओवादी नेता दिननाथ शर्माले बताए । ‘पार्टीभित्र अध्यक्ष कमरेडमाथि प्रश्न उठेको छ । उहाँले पार्टी स्थायी कमिटी र सार्वजनिक मञ्चहरूमार्फत पनि जवाफ दिँदै हुनुहुन्छ । जसले एकता प्रक्रियामा आउन चाहेको शक्तिलाई केही असहजता पैदा भएको छ,’ शर्माले भने । 

Hardik health

एकता प्रक्रियामा अघि बढिरहेको भनिएका चारवटै दल समाजवादी मोर्चामा छन् । मोर्चामा रहेकामध्ये महिन्द्रराय यादवको दल माओवादी केन्द्रसँग एकताको अन्तिम प्रयासमा छ । माओवादीले अन्य दुई दलका नेताहरूसँग पनि पार्टीको सैद्धान्तिक र वैचारिक आधारबारे विमर्श गराइरहेको नेता शर्माले बताए । उनका अनुसार यहीबीचमा शीर्ष नेताहरूबीच तीनचार चरण छलफल भए पनि निर्णयको चरणमा भने पुग्न बाँकी छ । 

माओवादी अध्यक्ष दाहाल र एसका अध्यक्ष नेपालबीच कम्तीमा दुई– तीनपटक छलफल भइसकेको छ । भेटमा दुवै नेताले पार्टी एकता गरेर मोर्चालाई दह्रो बनाउनुपर्ने निष्कर्ष निकालेका छन् । तर, एकीकृत समाजवादीलाई पनि एकतामा ल्याउन समय लाग्ने नेताहरू बताउँछन् । एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य दिलु पन्तले त्यसै एकता गर्ने पक्षमा एकीकृत समाजवादी नरहेको बताइन् ।

‘एकता विचारको आधारमा हुनुपर्छ । कार्यदिशााको आधारमा हुनुपर्छ । भावनात्मक रुपमा हुनुपर्छ, पार्टी एकता,’ उनले भनिन्, ‘तर, विगतमा नेकपा कसरी फुट्यो ? त्यसरीचाहिँ पार्टी एकता गर्नु हुँदैन ।’उसो त माओवादीभित्र देखापरेको विवाद साम्य भएकोले अब नयाँ ढंगबाट अघि बढ्ने नेताहरू बताउँछन् ।

‘पार्टीभित्रको विवाद करिब–करिब म्यानेज त भयो तर नेताहरूबाट अलिअलि प्रकट भइरहेका छन्,’ उनले भने, ‘पदाधिकारी र स्थायी समिति बैठकको अन्तिम अन्तिममा आउँदा प्रभाकरजीले नै मैले यो पार्टी बलियो होस् भनेर गरेको हो । मेरो उद्देश्य अध्यक्ष नै बलियो बनाउने हो भनिसकेपछि अब हामीले त्यसलाई अरू ढंगले बुझ्नु हुँदैन ।’

माओवादीले प्रतिपक्षीय भूमिकामा पुगेदेखि नै पार्टी एकता प्रक्रियालाई जोडतोडले उठाउँदै आएको छ । यद्यपि, एकता हुने छाँट छैन । माओवादीले उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टीसँग पनि एकता प्रक्रियाका लागि आह्वान गरेको थियो । तर, एकता सहज देखिएको छैन ।
 


प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP