Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • हातले बुनेका राखी ‘रेडिमेड’ले विस्थापित हुँदै
हातले बुनेका राखी ‘रेडिमेड’ले विस्थापित हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २, २०८१

वीरगञ्ज- वीरगञ्ज महानगरपालिका–२ छपकैयाका राजु श्रीवास्तवले दुई दशकअघिसम्म आफ्नै हातले बुनेका रक्षाबन्धन (धागोका डोरा–राखी) बेच्ने गर्थे । श्रीवास्तवले हातले विशेष खालको फोममा रङ्गीचङ्गी धागोको सहायताले रक्षाबन्धन तयार पारेर बेच्थे । समय बितेसँगै अहिले उहाँको परिवारले हातले बुनेर राखी तयार पार्न छाडिसकेको छ ।

बजारमा आउने थरीथरीका रङ्गीचङ्गी राखीसँग हातले बुनेको राखीले प्रतिस्पर्धा गर्न नसकेसँगै बनाउन छोडेको उनले बताए । “पहिला हातले आफैँ राखी बनाएर बेच्ने गथ्र्याैं”, उनले भने, “हाम्रो पुस्तैनी पेसा पनि राखी बनाउने पनि थियो, त्यो बेला विशेष खालको फोममा विभिन्न बुट्टेदार रङसहितको धागोले राखी तयार पार्ने गथ्र्यौं ।”

उनले बजारमा आउने कलात्मक र रङ्गीचङ्गी ‘रेडिमेड’ राखीसँग हातले बुनेर तयार पार्ने राखीले प्रतिस्पर्धा गर्न नसकेर बन्द गर्नुपरेको गुनासो गरे  । अहिले श्रीवास्तव आफैँ नेपाल–भारतको सीमावर्ती बजार रक्सौलबाट किनेर ल्याएका राखी वीरगञ्जको गहवामाई मन्दिर प्राङ्गणमा बिक्री वितरण गर्दै आइरहनुभएको छ । 

यस वर्ष रक्षाबन्धन पर्व भोलि अर्थात् भदौ ३ गते परेको छ । यो वर्ष साउन शुक्ल पूर्णिमाका दिनमा मनाउने गरिन्छ । तराई–मधेसमा दिदीबहिनीले आफ्ना दाजुभाइको दाहिने नाडीमा कलात्मक ढङ्गले बनाएको राखी लगाइदिने चलन रहेको छ । 

Hardik health

“अहिले बजारका रङ्गीचङ्गी रक्षाबन्धनले हातले मेहनत गरेर बुनेका रक्षाबन्धनलाई विस्थापित गर्‍यो, त्यसैले अहिले बजारमा नै पाइने रेडिमेड रक्षाबन्धन ल्याएर बिक्री गर्दै आइरहेका छौँ ।” उनको अनुभवमा पहिला जस्तो राखी किनमेलमा पनि सर्वसाधारणको रुचि कम हुँदै गइरहेको छ । “अहिले अधिकांश मधेसका युवा खाडी मुलुकमा कामको खोजीमा गएका छन्”, उनले भने, “दिदीबहिनीले पनि आफ्ना दाजुभाइ यहाँ नभएपछि के का लागि राखी किन्ने हो र ?” 

श्रीवास्तव जस्तै वीरगञ्जको माईस्थानमा मौसमी रुपमा बर्सेनि राखीको व्यापार गर्दै आइरहेका नन्दु साह पनि राखीको व्यापार घटेको बताए । “पहिला दिनकै रु १० हजारभन्दा धेरैको राखी बेचिन्थ्यो”, उनले विगत स्मरण गर्दै भने, “अहिले मुस्किलले रु दुई हजारको राखी बेच्न पनि मुस्किल भइसक्यो ।” 

साहका अनुसार नेपाल–भारत सीमावर्ती बजार रक्सौलमा नै अधिकांश वीरगञ्जबासी खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री किनमेल गर्न जाँदा उतैबाट राखी पनि किनेर आउँदा यहाँको बजारमा राखीको व्यापार घटेको छ । “अहिले यहाँका जो पनि रक्सौल नै किनमेलका लागि जान्छन्, उतैबाट राखीको सामान किनेर ल्याउँदा पनि समस्या भइरहेको छ”, उनले भने, “अर्काेतर्फ वीरगञ्जको गल्लीगल्लीमा सबैले राखीको मात्रै व्यापार गर्दा पनि समस्या भएको हो ।”

यस वर्ष रु ५० हजार रकम खर्चेर विभिन्न थरीका राखी ल्याएर बिक्री वितरण गर्न लागेको उनले सुनाए । उनले भने, “अहिले सबै राखी बेच्न पनि समस्या हुने हो कि भन्ने डर लागिरहेको छ ।” उहाँका अनुसार वीरगञ्जको पुरानो बजार मिनाबजार, गहवामाई मन्दिर परिसर, बिर्तालगायत ठाउँमा धेरै राखीको व्यापार हुने गर्छ । 
 
“पहिला–पहिला राखीको व्यापार गर्ने व्यापारी पनि निकै कम हुन्थे, तर अहिले जसले पनि राखीको व्यापार गर्नसक्ने भएकाले पनि बिक्री वितरण घटेको जस्तो लाग्छ”, उनले भने । वीरगञ्ज महानगरपालिका–६ गहवामाईका राज सिंह पनि राखीको पर्याप्त व्यापार नभएकामा दुखी हुन् ।

“पहिला जस्तो राखी किन्ने मान्छेको उत्साह खासै देखिएको छैन”, उनले भने, “आज दिनभर र भोलि अपराह्न २ बजेसम्मको अवधिमा राखी बिक्री हुने आशा गरेका छौँ ।” वीरगञ्ज आसपासको बजारमा अहिले रु पाँचदेखि रु दुई सय ५० मूल्य पर्ने राखी बजारमा उपलब्ध रहेका छन् ।


प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP