Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने
ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ३२, २०८१

भक्तपुर- गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन्  । 

गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घट्नास्थलको सीसीटिभी फुटेज बाहिरिएको छ । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै  ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका‐४ छहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको ‘फुटेज’ बाहिरिएको हो ।

उक्त ‘फुटेज’ हेर्दा ट्रक चालक मुख्य दोषी रहेको पाइएको छ ।  घटनास्थलबाट फरार भएका ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका‐२ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई बिहीबार साँझ काठमाडौँको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी प्रहरी वृत्त ठिमीको जिम्मा लगाएको छ ।

सीसीटिभी फुटेजमा यस्तो देखियो 
सार्वजनिक भएको सीसीटिभी फुटेजमा कौशल्टारबाट गठ्ठाघरतर्फ आउने सडकमा सवारी चेकिङ्गका लागि उभिएका ट्राफिक प्रहरी देखिन्छन् । त्यही क्रममा केही सवारी साधन आइरहेका छन् । दुर्घटनामा परेको स्कुटर पनि आइरहेको देखिन्छ । स्कुटरले गति कम गरेसँगै तीव्रगतिमा आएको ट्रकले ट्राफिक चेकिङ अगाडिनै दायाँतर्फबाट ठक्कर दिन्छ र घिसार्दै पर लैजाँदा दुर्घटनाग्रस्त स्कुटर ट्रकको बायाँतर्फ आइपुग्छ । ट्रकको चक्कामुनी स्कुटर पर्छ । 

Hardik health

उद्धारका लागि सडकमा रहेका ट्राफिक प्रहरी पुग्छन् । यो दृश्यले ट्रक चालकको ठूलो लापार्बाहीका कारण घट्ना भएको देखिन्छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार घट्ना भएको समयमा अन्य दिनमा जस्तै नियमित रुपमा ट्राफिक चेकिङ भएपनि दुर्घटनाग्रस्त स्कुटर र ट्रकलाई रोकको देखिँदैन । यसमा ट्राफिक प्रहरीको गल्ती नभएको उनको भनाइ छ । 

प्रहरीले सञ्चारमाध्यमलाई सूचना नदिँदा समस्या 
दुर्घटना भएलगत्तै शवको दर्दनाक अवस्था देखेर आक्रोशित भीडले ट्राफिक प्रहरीको चेकिङले दुर्घटना भएको भन्दै जाईलाग्यो । ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई केही व्यक्तिले कुटपिट गरेको, पोशाक च्यातेर आक्रमण गरेका थिए । केही व्यक्तिले घरभित्र र होटलभित्र पसेका ट्राफिक प्रहरीसमेतलाई बाहिर निकालेर हातपात गरेका थिए । 

ट्रकमा तोडफोड गरिएको थियो । आगजनी गर्ने तयारीसमेत भएको अवस्थामा प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा दोहोरो झडप भइ स्थिति तनावग्रस्त बने पनि सञ्चारमाध्यमलाई भक्तपुर प्रहरीले कुनै जानकारी नदिँदा भ्रमपूर्ण सूचना फैलियो । 

घट्नाबारे विभिन्न सञ्चारमाध्यमले जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक बेद विष्टलाई पटकपटक फोन गरेर जानकारी लिन खोजे । विष्टले फोन नउठाएपछि सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजन कार्की र ठिमी वृत्तका डिएसपीसँग पटकपटक फोन गर्दा मोबाइल नउठाएपछि कतिपय सञ्चारमाध्यमले स्थानीयको भनाइलाई आधार मान्दै समाचार सम्प्रेषण गर्न बाध्य भए । जसका कारण गलत सूचना सम्प्रेषण भयो । भक्तपुरमा जस्तोसुकै घट्ना हुँदा पनि केही महिनायता सञ्चारकर्मीको फोन प्रहरीले घट्ना भएको घण्टौँसम्म नउठाउँदा सूचना गलत प्रवाह हुने गरेको सञ्चारकर्मी बताउँछन् ।  

सनाखतमा यसकारण चुक्यो प्रहरी 
घटनामा सुरुमा प्रहरीले मृतकको गलत सनाखत गरेको थियो । ट्रकको ठक्करबाट एक युवतीको नाम दिँदै निधन भएको विवरण सञ्चारमाध्यमलाई प्रहरीले दियो । घटनास्थलमा दोलखा घर भएका शम्भु नेपालीले मृतक आफ्नो बहिनी भएको बताएपछि प्रहरीले त्यसैलाई आधार मानेर सनाखत गरेको थियो । 

सञ्चारमाध्यममा आफ्नो नाम आएपछि ती युवती आफै प्रहरीमा उपस्थित भएपछि प्रहरी थप अन्योलमा परेको थियो । प्रहरीले आफ्नो बहिनी भनेर गलत सनाखत गर्ने नेपालीलाई पक्राउ गरेर कारबाहीको तयारी गरेको छ । 

सुरुमा महिलाको शव भनेको प्रहरीले घट्नाको पाँच घण्टापछि स्कुटरमा रहेको कागजपत्रको आधारमा मृतक पुरुष भएको पहिचान गरेको थियो । सोही कागजपत्रको आधारमा मृतकका आफन्तले बिहीबार राती नै सनाखत गरेका थिए । 

प्रहरी नायब उपरीक्षक कार्कीले शव क्षतविक्षत अवस्थामा रहेकाले तत्कालै महिला वा पुरुष को हो भनेर पहिचान गर्न नसकेको बताए । घट्नास्थलमा भएको तनावग्रस्त अवस्थामा ट्रक मुनिबाट शव झिक्न नसक्दा पनि पहिचानमा ढिलाइ भएको उनको भनाइ छ । 

मृतकको एउटा खुट्टा बाहेक शरीरको कुनै पनि भाग सग्लो नहुँदा सनाखतमा समस्या भएको र सीसीटीभी फुटेज हरेपछि मात्रै प्रष्टरुपमा मृतक पुरुष भएको पुष्टी भएको उनको भनाइ छ । प्रर्दशनकारीले प्रहरी माथि आक्रमण गरेर दोहोरो झडप भएपछि शव झिक्न नसकेपछि क्रेन ल्याएर ट्रक तानेर शव झिक्न खोजेको थियो । प्रदर्शनकारीले क्रेनसमेत ल्याउन नदिएपछि शव पहिचान गर्न ढिलाइ भएको उनको भनाइ छ ।

‘ट्राफिक प्रहरी माथि आक्रमण गर्नेलाई कारबाही’
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले घट्ना दुःखद् भएको बताउँदै गृहमन्त्रीको निर्देशनअनुसार छानबिन समिति गठन गरी  घट्नाको सत्यतत्थ छानबिन गर्ने जानकारी दिए ।

उनले आज ट्रकका मालिकलाई काठमाडौँ बोलाएको र मृतकका परिवारलाई पनि सम्पर्कमा ल्याएर छलफल गर्ने बताए। शव परीक्षणका काम अगाडि बढाउन आवश्यक पहल भइरहेको प्रजिअ श्रेष्ठले बताए । उनले हिजो सञ्चारमाध्यममा आएको जस्तो ट्राफिक प्रहरीको कमजोरी नभएको बताउँदै गलत सूचना प्रवाह हुँदा समस्या भएको स्पष्ट पारे । 

उनले घट्नामा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने, ड्युटीमा खटिएका ट्राफिक प्रहरीको पोशाक च्यातेर हातपात गर्नेलाई पक्राउ गरि कारबाही गर्ने बताए । सत्यतथ्य नबुझी ट्राफिक प्रहरी माथि रिस साँध्न खोजिएको उनको भनाइ छ ।


प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १७:१०
#गठ्ठाघर‌_दुर्घटना
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP