Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • अझै अत्तोपत्ता छैन निर्मलाको
अझै अत्तोपत्ता छैन निर्मलाको
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ३२, २०८१

काठमाडाैं -  निर्मला कुर्मी  हालै लुम्बिनीमा  मन्त्री भएका बादशाहका छिमेकी  थिइन् । उनी हालसम्म बेपत्ता छिन् ।  निर्मलाका पति महालु कुर्मी बितेको २०६२ सालमै हो । यसपछि निर्मला  दुई छोरासहित परस्पुरमै बसिन् । चार  वर्षपछि २०६६ सालमा रहस्यमय  ढंगले १० दिनको अन्तरमा उनका  १४ र १८ वर्षका दुई छोराको मृत्यु भयो । पहिले कुनै समस्या नभएका  उनीहरू एकाएक बिरामी परेर बिते ।  निर्मला एकल महिला भइन् । यसपछि  बादशाह भने उनको सम्पत्ति हडप्न  षड्यन्त्र लागे । जुन कुरा छरछिमेकीले समेत आशंका गरेका थिए ।  

निर्मलाका पति र छोराहरूको नाममा साढे चार बिघा जग्गा थियो ।  सोही जग्गा हडप्ने प्रयासमा रहेका  बादशाह भने पहिलो संविधानसभामा  सदस्य थिए । उनै बादशाहले २०६६  सालमै पुत्रवियोगमा रहेकी निर्मलाको जग्गाको लालपुर्जा जबर्जस्ती खोसेर आफूसँग राखे । निर्मलाको जग्गा  खेतजोत गर्ने रामरखेन धोबीसँग उनले लालपुर्जा खोसेका थिए ।

त्यस क्रममा  उनले निर्मलालाई २० माघ २०६६ मा  सार्वजनिक रूपमा लछारपछार पनि गरे । सोही घटनाले निर्मलाको सम्पत्ति  नामसारी गराउन र उनलाई बेपत्ता  पार्न पूर्वसांसद कुर्मीको योजनाबद्ध  षड्यन्त्र रहेको आरोप लाग्यो । यसपछि रुबी खानलगायत  अधिकारकर्मीले सो घटनाको विरोध  गर्दै प्रदर्शन गर्न थाले । खान पनि  परस्पुरकै हुन् । 

Hardik health

छरछिमेकी स्थानीय महिलाले निर्मलाको पक्षमा आन्दोलन चर्काउन थालेपछि स्थानीय प्रशासनले काठमाडौंमा रहेका तत्कालीन संविधानसभा सदस्य  कुर्मीलाई बाँकेमा बोलायो र लालपुर्जा फिर्ता गर्न लगायो । निर्मला कुर्मी जीवित छँदै बादशाहले कुटपिट गरेको र सम्पत्ति हडप्न खोजेको उजुरीसमेत  विभिन्न निकायमा दिएकी थिइन् ।

निमलालाई लछारपछार गरेकोे तीन वर्षपछि २०६९ सालमा उनका जग्गा नामसारी भएको देखिएको छ । निर्मलाका जग्गा अहिले बदिर्या धधवार बस्ने पार्वती विष्टको नाममा पगुको छ । स्थानीय निजामुद्दिन इद्रिसीसँग ३ लाख लेनदेन मुद्दा अदालतमा घरजग्गा लिलामी भइ २०७१ सालमा इद्रिसीकी पत्नी जविदाका नाममा पुगेको छ । अहिल सो जग्गा स्थानीय सन्तोष बर्माको  कम्पनीमा  काम गर्नपर्नेमा पूजा लामाको नाममा रहेको  छ ।


प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP