Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • मुलुकका सम्भावनाप्रति सकारात्मक सोच र स्वावलम्बी भावना अपरिहार्य : राष्ट्रपति पौडेल
मुलुकका सम्भावनाप्रति सकारात्मक सोच र स्वावलम्बी भावना अपरिहार्य : राष्ट्रपति पौडेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २८, २०८१

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका स्रोत र सम्भावनाअनुरुपको सीप तथा लगनशीलताको निर्माण एवम् राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी तथा स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय  युवा परिषद् र संयुक्त राष्ट्रसंघको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘नेपाल युवा सम्मेलन, २०२४’ लाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले मुलुकको सम्भावना पहिचान गरी त्यसको समुचित प्रयोगका लागि राष्ट्रिय भावना जागृत हुन आवश्यक रहेको बताएका हुन् । 

“दिनानुदिन विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको छ । हामीसँग भएका प्राकृतिक सम्भावनालाई समुचित ढङ्गले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन पर्ने छैन”, राष्ट्रपति  पौडेलले भने । उनले सूचना प्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पारे । राज्यको सर्वाङ्गिण विकासमा युवाको  विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले भने, “राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्णउपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ ।” उनले औपचारिक रुपमा युवाको सरोकार सम्बोधन गर्न २०५२ सालदेखि सरकारले युवा, खेलकुद तथा संस्कृति मन्त्रालयको स्थापना गरी संस्थागत प्रयास थालेको स्मरण गरे  । 

Hardik health

नवौँ पञ्चवर्षीय योजनादेखि पहिलो पटक युवासम्बन्धी विषयलाई योजनावद्ध विकास प्रयासमा समेट्ने प्रयास भएको राष्ट्रपति पौडेलले उल्लेख गरे । विसं २०६६ मा नेपाल सरकारले १६ देखि ४० वर्ष उमेर समूहलाई युवाको रूपमा परिभाषित गरेपछि पहिलोपटक युवा नीति, २०६६ जारी गरिएको थियो । पछि राष्ट्रिय युवा नीति, २०७२  जारी भएको थियो ।

राष्ट्रपति पौडेलले परिवर्तित विश्व परिवेश, विज्ञान प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवासम्बद्ध समस्या तथा चुनौतीलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो । उनले भने, “यी चुनौतीलाई सम्बोधन गर्न युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवअधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य मान्यता, विश्वशान्ति, सह–अस्तित्वको भावना जगेर्ना, वातावरणीय सम्पदाको संरक्षण र संवर्धन तथा विभिन्न जातजाति, भाषा,  धर्म,  संस्कृतिबीच सहिष्णुता कायम गर्दै  युवाको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका आवश्यकताको परिपूर्ति समानता एवं समतामूलक वितरणको सिद्धान्तको आधारमा गर्न आवश्यक छ ।”

युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत तथा परिवर्तनका संवाहक र राष्ट्रको अमूल्य सम्पत्ति रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । सोही कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आजको विश्व परिवेशमा सूचना प्रविधिको विकास र दिगो विकासको अवधारणालाई युवासँग जोडेर अगाडि बढाउन सक्नुपर्ने बताए । यसवर्षको अन्तर्राष्ट्रिय युवा दिवसले पनि यीनै दुई कुरालाई जोड दिएको उनको भनाइ थियो । 

“आजको विश्व परिवेशमा डिजिटल पुर्वाधारसँगै हाम्रो समाज र दैनिक जीवन द्रुतगतिमा परिवर्तन भइरहेको छ । दिगो विकासका लक्ष्य प्राप्तिका लागि भएका प्रयासमा डिजिटल रुपान्तरणको महत्वलाई स्वीकार्दै प्राविधिक जनशक्ति निर्माण र जलवायु परिवर्तनको अवस्थासमेतलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्नेछ”, मन्त्री चौधरीले भने । युवालाई शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत आवश्यकता उपलब्ध गराई मुलुकको विकास र समृद्धितर्फ उन्मुख हुने कुरामा प्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासिय संयोजक हाना सिङ्गर हम्दीले विश्वभरका युवालाई जोड्ने उद्देश्यले आगामी सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा आयोजना हुने ‘समिट अफ दि फ्युचर’का लागि यो सम्मेलनमा उठान हुने विषय र जारी हुने घोषणापत्र महत्वपूर्ण रहेको बताए । जलवायु परिवर्तनका मुद्दा र दिगो विकासका लागि युवाले अग्रपङ्क्तिमा रहेर वकालत गर्नुपर्नेमा उनले जोड दिए । सीप र प्रविधि विकासमा लगानीसँगै लैंगिक समानता र जलवायु परिवर्तनका मुद्दामा गम्भीर हुन उनले आग्रह गरे  ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले युवालाई प्रवर्दन गर्ने सरकारको नीति तथा कार्यक्रम हुने गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन र मुख्यगरी आन्तरिक रोजगारी सिर्जनामा समस्या भएको बताए  । 

“युवाहरुभित्र सम्भावना, जोश जाँगर र सिर्जनशीलता छ तर, नेपालको मुख्य चुनौती रोजगारी सिर्जना हो । रोजगारीबाटै समृद्धि हासिल हुन्छ”, उनले भने, “युवाले आजका लगि मात्र नभई भविष्यका लागि पनि सोच्नुपर्ने बेला छ । इतिहासबाट सिकेका कुराबाट वर्तमानमा कर्म गर्ने र त्यसबाट न्यायपूर्ण समाज निर्माण गरी दिगो भविष्य निर्धारण गर्नेतर्फ हामी लक्षित हुनुपर्छ ।”  युवालाई मुलुकको सम्पत्तिका रुपमा लिइनुपर्ने उल्लेख गर्दै उपप्रमुख डङ्गोलले पछिल्लो समय युवाको राजनीतिमा सकृयताले आशाको बिम्ब देखाएको बताए ।


प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP