Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • दुई साताभित्रै दोस्रो हवाई दुर्घटना
दुई साताभित्रै दोस्रो हवाई दुर्घटना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २४, २०८१
  • भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना
  • पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु 
  • मृतकहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइयो
  • दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय जाँजबुझ आयोग गठन

काठमाडौं– एयर डाइनेस्टीको हेलिकप्टर बुधबार नुवाकोटमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । भक्तपुरको नलिनचोकबाट चारजना चिनियाँ पर्यटक लिएर रसुवाको स्याफ्रुबेसीका लागि उडेको उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सूर्यचौर जंगलमा दुर्घटना भएको हो ।

दुर्घटनामा पाइलट अरुण मल्लसहित चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पाँचै जनाको शव संकलन गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ । ती शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले दिएको जानकारीअनुसार बुधबार दिउँसो १ः५४ मिनेटमा भक्तपुरबाट उक्त हेलिकप्टर उडेको थियो । उडेको तीन मिनेटमै उक्त हेलिकप्टर सम्पर्कविहीन भएको थियो । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो । दुर्घटनाको कारण खुलिसकेको छैन । नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हुनसक्छ ।
दुर्घटनास्थलमा पर्यटनमन्त्री बद्री पाण्डे पुगेका थिए । नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि परिचालन गरिएको थियो । तर, उद्धार भने हेलिकप्टर सम्पर्कविहीन भएको ४५ मिनेटपछि मात्रै भएको थियो ।   घटनालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । उनले १४ दिनपछि अर्कोे हवाइ दुर्घटना हुनु दुःखद् भएको बताएको उनको सचिवालयले जनाएको छ । उक्त दुर्घटनाका सम्बन्धमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसी बुधबार नै जाँचबुझ आयोग गठन गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार सरकारले उक्त दुर्घटनाको जाँच गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको तीन सदस्यीय जाँचबुझ आयोग गठन गरी जिम्मेवारी दिएको छ । छानबिन गरी सत्यतथ्य बुझाउन आयोगलाई ३० दिनको समय दिइएको उनले बताए । दुई साताअघि मात्रै काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान उडेको केही सेकेन्डभित्रै दुर्घटनामा पर्दा एक बालकसहित १८ जनाको मृत्यु भएको थियो । दुई साताभित्रै दोस्रो हवाई दुर्घटना हुनुले हवाई सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ । 

Hardik health

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा नेपालमा बर्सेनि हेलिकप्टर दुर्घटना हुँदै आएको छ । एयर डाइनेस्टीको यो दुर्घटना नेपालमा हालसम्म भएका ४१औं हेलिकप्टर दुर्घटना हो । यसमा एयर डाइनेस्टीसँगै विभिन्न कम्पनीका हेलिकप्टर पर्छन् ।  

गत वर्षको मे महिनामा संखुवासभाको सिप्रुङमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । त्यसबेला एक यात्रुको उद्धारको क्रममा मृत्यु भएको थियो । सोही वर्षको जुलाईमा सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पर्दा मेक्सिकोबाट सगरमाथा हेर्न आएका एकै परिवारका पाँचजनासहित छ जनाको मृत्यु भएको थियो । २०७५ सालमा ताप्लेजुङमा एयर डाइनेस्टीकै हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको थियो ।


 


प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP