Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • औषधि उत्पादनमा एभरेस्ट प्यारेन्टेरल्सको बदमासी
औषधि उत्पादनमा एभरेस्ट प्यारेन्टेरल्सको बदमासी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २४, २०८१
  •  एभरेस्ट प्यारेन्टेरल्स प्रालिले उत्पादन गर्ने गरेका प्रायः सबै औषधिमा कैफियत
  • गुणस्तरहीन औषधि उत्पादन गर्ने एभरेस्ट प्यारेन्टेरल्समाथि कारबाही गर्न सरोकारवाला निकायबाट बेवास्ता  

काठमाडौं– एभरेस्ट प्यारेन्टेरल्स प्रालिले उत्पादन गरेको प्यारासिटामोल इन्फ्युजन र सिप्रोफ्लोक्सासिन ड्रपमा मानव स्वास्थ्यका लागि प्रतिकूल ब्याक्टेरियासहितको फंगल भेटिएको छ । वीरगञ्ज पथलैयास्थित औद्योगिक करिडोरमा रहेको यो कम्पनी विश्वव्यापीरुपमा कोभिड माहामारीका समयमा मुलुकमा कोभिड–१९ को भाइरस परीक्षणका लागि भिटिएम किट उत्पादन सुरु गरेर चर्चामा आएको थियो । यही कम्पनीको उत्पादन प्यारासिटामोल इन्फ्युजन र सिप्रोफ्लोक्सासिन ड्रपमा ब्याक्टेरियासहितको फंगल भेटिएको हो ।  

सन् २०२३ मा उत्पादन भएको र २०२५ अक्टोबरमा म्याद गुज्रिने ब्याच नम्बर सिटिएल ०२१ को प्यारासिटामोल इन्फ्युजन र यही वर्ष २०२४ मा उत्पादन भई जनवरी २०२६ मा म्याद सकिने इसिई२२१ ब्याच नम्बर रहेको सिप्रोफ्लोक्सासिन ड्रपमा ब्याक्टेरिया सहितको फंगल भेटिएसँगै अन्य औषधि बिक्रेताको साथै चिकित्सकहरु समेत तरंगित भएका छन् ।  
नेपाली औषधि बजारमा दुई अर्बभन्दा बढी लगानीमा अत्याधुनिक प्रयोगशाला, उच्च प्रविधिको अनुसन्धानसहित दर्जनौं गुणस्तरीय उत्पादनहरू बजारमा बिक्रीवितरण गर्दै आएको दाबी गर्ने एभरेस्ट प्यारेन्टेरल्सले उत्पादन गरेको औषधिमा ब्याक्टेरिया भेटिएसँगै यस कम्पनीले उत्पादन तथा बिक्री गरिरहेका अन्य औषधिको विषयमासमेत प्रश्न उठेको छ ।
मानव अंग आँखामा प्रयोग हुने सिप्रोफ्लोक्सासिन ड्रप र सामान्य जरो रुघा खोकी टाउको दुखेको समयमा प्रयो गरिने प्यारासिटामोल इन्फ्युजनमा नै यस्तो लापरबाही भेटिएपछि यस कम्पनीले उत्पादन गरेका अन्य औषधिसमेत बजारबाट फिर्ता ल्याएर पुनःपरीक्षण गर्न दबाब बढेको छ । स्रोतका अनुसार एभरेस्ट प्यारेन्टेरल्सको उक्त उत्पादन लुम्बिनी प्रादेशिक अस्पताल, सुदूरपश्चिम प्रादेशिक अस्पतालका बिरामीलाई प्रयोग गर्ने क्रममा भेटिएको हो । काठमाडौंका औषधि बजार र अस्पतालको फार्मेसीमा यो एभरेस्ट प्यारेन्टेरल्सले बिक्री गरेको उक्त ब्याचका औषधिहरु ब्याक्टेरियासहितको फंगल्स भएका औषधि फेला परेसँगै सो कम्पनीको बदमासी खुलेको हो । 

महेश राणासरिया सञ्चालक र उमंग राणासरिया प्रबन्ध निर्देशक रहेको एभरेस्ट प्यारेन्टेरल्स प्रालिले उत्पादन गर्ने गरेको अर्थोपेडिक, सर्जरी, गाइनो, युरोलोजी, क्रिटिकल केयरका लाइफ सेभिङ ड्रग्स सलाइनलगायत प्रायः सबै किसिमका औषधिहरुमा   केही  न केही कैफियत हुने गरेको स्रोतले दाबी गरेको छ ।  स्रोतका अनुसार केही समयअघि यस कम्पनीको उत्पादन सलाइन प्रयोग गर्दा बिरामीको मृत्युसमेत भएको थियो   तर    यो प्रकरणलाई आर्थिक लेनदेनसहित कम्पनी व्यवस्थापनले गुपचुप राखेको दाबी गरिएको छ ।
स्रोतका अनुसार कम्पनीको उत्पादन रहेको सलाइन मानव स्वास्थ्य प्रतिकूल र गुणस्तरहीन देखिएसँगै औषधि व्यवस्था विभागले नयाँ उत्पादनमा रोक लगाएको छ । त्यस्तै पछिल्लो समय प्यारासिटामोल इन्फ्युजन र सिप्रोफ्लोक्सासिन ड्रपमा ब्याक्टेरियासहितको फंगल भेटिएपछि अस्पताल, उपभोक्ता, औषधि ब्यबस्था विभागका शाखा कार्यालय विराटनगर, वीरगञ्ज र औषधिका थोक बिक्रेताको  गुनासो र उजुरीपछि कारबाहीका लागि आवश्यक सिफारिससहित केन्द्रीय विभागमा पत्राचार भएको बताइएको छ । 

Hardik health

नेपालको सबैभन्दा ठूलो इन्जेकसन उत्पादन गर्ने औषधि उत्पादक एभरेस्ट प्यारेन्टेरल्सको उत्पादन गुणस्तरहीन भएको जिकिरसहित विभाग मातहतको शाखाबाटै पत्राचार भएपछि केन्द्रीय औषधि व्यवस्था विभागले प्यारासिटामोल इन्फ्युजन र सिप्रोफ्लोक्सासिन ड्रपमा देखिएको ब्याक्टेरियासहितको फंगलको छानबिनका लागि विभागका आठौं तहका कर्मचारी राजेश श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्दै समितिको रिपोर्ट नआएसम्मका लागि कम्पनीको थप औषधि दर्ता गर्न रोक लगाएको छ । 

विभागले एभरेस्ट प्यारेन्टेरल्सको उत्पादनमा भेटिएको कैफियत र गुणस्तरको छानबिनका लागि समिति गठन गरे पनि बजारमा रहेको मानव स्वास्थ्य प्रतिकूलका गुणस्तरहीन औषधिका विषयमा ‘रिकल’ गर्दै उपभोक्तालाई सजग गराउनुपर्ने आफ्नो दायित्वबाट विभाग विमुख हुनुले विभागको काम कारबाही आफैंमा संशयको घेरामा परेको छ ।

यस विषयमा विभागले गठन गरेको समितिका संयोजक श्रेष्ठसँग टेलिफोन सम्पर्क गर्दा उनले एभरेस्ट प्यारेन्टेरल्सका उत्पादनको विषयमा विभागीय मेलमा प्राप्त उजुरीअनुसार वास्तविकता बुझ्न बजारबाट कैफियतपूर्ण भनिएका औषधिका स्याम्पल उठाएर करिब दुई साताअघि ल्याव परीक्षणका लागि पठाइएको बताए । परीक्षणको रिपोर्ट भने आइनसकेको उनले बताए । 

लुम्बिनी प्रादेशिक अस्पताल स्रोतका अनुसार एभरेस्टले उत्पादन गरेको एट्रोपिन इन्जेक्सन (विष सेवन गरेको बिरामीमा विषको प्रभावलाई निष्क्रिय पार्ने औषधि) १०० एम्पुल प्रयोग गर्दा पनि औषधिले काम नगरेर बिरामीको स्वास्थ्यमा सुधार नआएपछि अर्को उत्पादकको सोही औषधि प्रयोग गर्नुपरेको थियो । अर्को कम्पनीको औषधि प्रयोगपश्चात् बिरामीको स्वास्थ्यमा सुधार आएपछि एभरेस्ट कम्पनीका बजार प्रतिनिधिलाई यसबारेमा जानकारी गराइएको थियो ।

त्यस्तै विभागीय महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तर परीक्षणका लागि स्याम्पल राष्ट्रिय चिकित्सा प्रयोगशालामा पठाएको लामो समय भइसक्दा पनि कुनै रिपोर्ट नआएका कारण यथार्थ बुझ्न गाह्रो हुनुका साथै कारबाहीको प्रक्रियासमेत अघि बढाउन नसकेको बताए ।
 


प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP