Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • सिआइबीबाट हटाइए श्यामलाल
सिआइबीबाट हटाइए श्यामलाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २३, २०८१

 

  • एआइजी श्यामलाल ज्ञवाली हटाएर सिआइबी प्रमुखको जिम्मेवारी दीपक थापालाई
  • सुनकाण्डको अनुसन्धानमा विवादित एआइजी किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी

काठमाडौं– सरकारले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट हटाएको छ । ज्ञवालीले गत फागुनको अन्तिम साता सिआइबी निर्देशकको रुपमा जिम्मेवारी सम्हालेका थिए ।
पाँच महिना पनि पूरा नहुँदै ज्ञवालीलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सिआइबी निर्देशकबाट हटाएको हो । उनलाई प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पठाइएको छ । 

ज्ञवाली ती उच्च प्रहरी अधिकृत हुन्, जसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा हालै प्रहरी प्रशिक्षण केन्द्रमा सरुवा गरिएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) डा. मनोजकुमार केसीलाई साथ लिएर काम गरेका थिए । शरणार्थी काण्डमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका ठूला नेताहरूलाई नै संलग्नताको आरोप लाग्दै आएको छ ।

Hardik health

अघिल्लो महिना यही प्रकरणमा बेचन झा पक्राउ परे । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर देशबाहिर रहेका बेला ज्ञवाली र केसी मिलेर नै झालाई पक्राउ गरेको चर्चा थियो । एमाले उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकलाई पनि दुवै प्रहरी उच्च प्रहरी अधिकृतकै योजना मुताविक पक्राउ परेको बताइन्छ । यहीबीच दुवै जना सरुवा भएका छन् । 

सिआइबीबाट प्रहरी प्रधान कार्यालय सरुवा गरिएका ज्ञवालीमाथि प्रहरी प्रधान कार्यालयले नै छानबिन गरिरहेको छ । पदीय आचरणविपरीत गतिविधि गरेको आरोपमा एआइजी ज्ञवालीमाथि छानबिन गर्न एआइजी टेकप्रसाद राई नेतृत्वको समितिले छानबिन गरिरहेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीका अनुसार छानबिन सकिएको छैन । यदि पदीय आचरणविपरीत गतिविधि गरेको पाइए विभागीय कारबाही हुने उनले बताए । 

उनै एआइजी ज्ञवालीको ठाउँमा अर्का एआइजी दीपक थापाले जिम्मेवारी पाएका छन् । उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख थिए । यस्तै, प्रहरी प्रधान कार्यालय कार्यविभागमा रहेकी एआइजी किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको छ । बज्राचार्य ती एआइजी हुन्, जो सुनकाण्डको अनुसन्धानमा लापारबाही गरेको भन्दै सिआइबी निर्देशकबाट यसअघि हटाइएकी थिइन् ।

उनलाई हटाउने तत्कालीन गृहमन्त्री रवि लामिछाने थिए । सुनकाण्डको जाँचबुझ गर्न गठित आयोगले बज्राचार्यको बदमासी अनुसन्धानमा देखिएको किटान गरेको थियो । यसरी बहुचर्चित सुनकाण्डको अनुसन्धानमा पेसागत इमानदारिता प्रदर्शन गर्न नसकेकी बज्राचार्यलाई अन्ततः काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी पाइन् ।

हालै एआइजीमा बढुवा भएका रामदत्त जोशीलाई कार्यविभागमा पदस्थापन गरिएको छ । 
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकारहरूसँग भने, ‘नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपथ प्रहरीतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरिएको छ । र, उहाँको पदस्थापना कार्यविभागमा गरिएको छ ।’हालै एआइजी उमेशराज जोशी सेवा निवृत्त भएपछि रिक्त पदमा डिआइजी जोशीको बढुवा भएको हो ।
 


प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP