Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विचार
  • Home
  • विचार
  • म ऽऽ नांगै ! गुण्डाऽराज
म ऽऽ नांगै ! गुण्डाऽराज
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, साउन १५, २०८१

कुनै बेला लावण्य भन्ने देशमा नवराज भन्ने बालकलाई हात्तीले माला लगाइ दिएर राजा बनाइदियो । कुनै बेलाको लावण्य अहिलेको नेपाल देशमा हात्तीको बिटा बुझाएर नवराजा बनाउने चलन आयो । सिंगो देशलाई परदेश बनाएपछि दल दलमा हल हल गोरु बाँधेर जोत्न थालेपछि नवराजाहरु हात्तीकै भरमा हात्तीका लागि डुबुल्की मार्दै छन् । 

‘हात्ती र हात्ती छाप उस्तैउस्तै हो नानी’ भन्ने उखान कण्ठ पार्न लगाएर आफू हात्ती लाने अरूलाई हात्तीको छाप लगाइदिएपछि दिन गए । हात्ती भनेको हात्ती नै हो छाप भनेको त अहिलेको दलका हल गोरुजस्तै हो । उल्टो लगाए पनि हुने सुल्टो लगाए पनि हुने ! जस्तो लगाए पनि जयजयकार मात्र हुने !

कलिको अन्त्यमा उल्टो नै सुल्टो हुन्छ । सत्य ओझेलमा पर्दै जान्छ तर भ्रम, छलकपटले सधैं जित्छ भन्ने चित्रे काकाको चित्रण अहिले छर्लंग हँुदै छ भन्दै बांगे बा फलाक्दै थिए । चित्रे काकाले तीन बीस सालतिर ओकलेका कुरा बांगे बाले चौतारीमा बसेर औतारीलाई भनिरहँदा औतारीले पनि धर्म बेचेर कर्म नगर्नेहरुले गर्दा बांगे बाउहरु एक्लिँदै गए भनेको मात्र के थिए बांगे बाउको तीन बित्ता उफ्रिए । 

तँलाई स्याल, यता उता गरेर मलाई नै घरीघरी घोच्दो रैछ । धर्म बेचेर मैले के कर्म गरिनँ ? कर्म गरेर मैले धर्म गरेको छु । भ्रम, छलकपटको विरोध गरेको छु । त्यही असत्य र झूठको विरोध गरेर मलाई जहाँतहीँ बांगाको बांगै बनाका छन् देखिनस् ? औतारीलाई पनि ढुंगा खोज्दा देवता मिल्यो भनेजस्तै भयो । बूढाको कुरा कसरी खोतलौं जस्तो भएको थियो बूढाले आफैं ओकलीहाले । गाउँ–गाउँमा राज गर्नेहरु कुण्डले छन् । सहरमा राज गर्नेहरु मण्डलेहरु छन् । कुण्डले र मण्डले मिलेपछि तिमीजस्तो बूढाको के काम ? त्यही भनेको मैले औतारीले चौतारीमा सबैका सामु पोल खोलिदियो । 

Hardik health

औतारीका कुराले सायद बांगे बूढाको पारो चढेजस्तो छ । गर्ने नै मै जस्ता बूढाले हो । शेरे बूढो, ओली बूढो, दाहाले बूढो अनि कुन चाहिँ ठिटो ? त्यही बूढाहरुलाई हात्तीका हात्ती बिटाले हानेर गुण्डाहरुले शासन गर्ने दिन आयो, देखिनस् !देखें देखें । त्यही देखेर त तिमी बूढाहरु ओइलायौं भनेको नि । ज्यान मार्ने, असुली धन्दा गर्ने, मान्छे बेच्नेहरुले शासन गर्ने दिन आयो । कोही नांगै मन्त्रालय चलाउने ? कोही ज्यान मारेर सत्ता हाँक्ने ? कोही चेलीको शरीर बन्धक बनाएकै कारण मन्त्री बन्न पाउने ? क्या काइदाको गाँणतन्त्र ल्यायौं ? अहिले पछुताएर हुन्छ ? औतारीले बांगे बाउलाई व्यंग हान्दै भन्यो । 

औतारीको व्यंग वाणले बांगे बाउलाई कहाँ छोयो कुन्नि बूढाले रिसले दाह्रा किट्दै भन्न थाले । अँ तिमीहरु साइँदुवाहरु । मासु–रौसीमा चुर्लुम्म परेर झोले बन्ने अनि अहिले हामीलाई देखाउने ? सामन्ती शासन व्यवस्था फाल्न भनेर बांगिएको ज्यान हो यो बुझिस्, तँलाई ठेउके ! कत्तिको उसैका गुण्डा नाइकेले परिवर्तन गरेको भन्ठान्दो रैछ ? ज्यान बंग्याएर पनि टाउको बंग्याए पनि एकपटक चुनाउ उठ्न पाको छैनौ क्यार ! किन ट्याउ ट्याउ गर्छाैं ? बरू त्यही मऽनांगै सत्ता चलाउँछु भन्दै छ÷छ पटक मन्त्री भइदियो । उहाँ राना थापाले नांगै लड्की नचाएर राणा बनेर मन्त्री भ्याइदियो । तिम्रै भकभक दाजुले एनजिओवाली धर्मपत्नीलाई मन्त्री बनाइदिए ! 

औतारीले बांगे बाउलाई चुट्नुसम्म शव्दवाणले चुटेपछि बूढा झन्झन् जंगिए । तँ जस्तै अहिलेका बड्कौलाहरुले गर्दा हो नि । सुझ न बुझसँग दौडिन्छौं । हिजो कसले के योगदान गरेको छ भन्ने कुरालाई बेवास्ता गरेपछि उही सारी र नारीको हातमा नगएर हाम्रा हातमा आउँछ त ? न हातमा बिटा आउँछ न मुखमा सिता जान्छ अनि तिम्रा भाउजूले नपाए कसले पाउँछ त ? उल्टो मलाई पो दाइको धर्मपत्नी रे ? मान्छे बेच्ने भाउजु, हप्ता असुल्ने नांगे, नांगै नचाउने राना अनि मान्छे मार्ने बादशाहहरुजस्तै गुण्डाहरुले राज गर्ने थलो बनेको छ त ? 

बूढाको बल्ल घैंटोमा घाम लाग्यो कि क्याहो औतारी बोल्छ । बूढाको घैंटोमा घाउ अहिले हैन बाबु पहिलेदेखि नै लागेको थियो । सुमेरु पर्वत घुम्ने बांगे पो हुन् ? तीन फन्का घुमेर गणेश स्तुति गर्ने हो र म ? कुरा गर्छ । औतारी र बांगे बाकै छलफलमा सबै दंग परेका छन् । चौतारीमा पहिले जस्तो न्यायको बहस हुँदैन । त्यहाँ तँ अन्याय गर्ने जाली, लुटपाट गर्ने महाजालीहरुको जमघट गर्ने थलो बनिसक्यो । जसले सद्दे कुरा गर्छ त्यसको दिन गन्ती सुरु हुन्छ ? 

चौतारीमा मट्यांग्राहरु त्यसै दंग परेका छन् । त्यसै नांगै जंगिएको छैन । अब कलम ठूलो होइन तरबार ठूलो हो । विचार ठूलो हैन बिटो ठूलो हो । औतारी कुरा बुझिराख । बांगे बाले एक झट्का हानिहाले । चौतारीमा भेला भएका मट्यांग्राहरु कानेखुसी गर्न थाले । कहिल्यै आक्रोश व्यक्त नगर्ने बांगे बा आज निकै आक्रोशित भएका रैछन् । साँच्चै नै विचारले परिवर्तन गर्नुपर्छ भन्थे बूढा । सबले हिस्स पारेपछि यस्तै हो !

बांगे बाले चौतारीमा आएका मट्याङग्रा मात्र होइन दलदलमा भासिएका औतारीहरुलाई विचारका कुरा सधैं नै गरेकै हुन् । उनी थाके छन् ! विचारका कुरा हैन बिटाका कुराले जित्यो भन्छन् !बूढा निराश हुँदै भन्छन्, ‘अब रामराज्यको कल्पना नगर्नू, गुण्डाऽराज सुरु भइसकेको छ । ऊ मात्र नांगै भएको होइन उसलाई त्यहाँ पु¥याउने सबै नांगै भइसकेका छन् । उसले कपडा खोलेर नांगै भयो अरू कपडा लगाएर नांगै भएका छन् । अब सधैंका लागि यी नांगै हुने छन् । नांगे नवराजाहरु ।


प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप विचार
गुँडमा माउ-बाउको बिचल्ली ! 
गुँडमा माउ-बाउको बिचल्ली !  मंगलबार, चैत १७, २०८२
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा आइतबार, चैत १५, २०८२
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल 
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल  बुधबार, चैत ११, २०८२
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ बुधबार, चैत ११, २०८२
आत्महत्या रोकथाम तथा न्यूनीकरण
आत्महत्या रोकथाम तथा न्यूनीकरण मंगलबार, चैत १०, २०८२
मुखमा राम राम, बगलीमा छुरा !
मुखमा राम राम, बगलीमा छुरा ! मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP