Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • कोशीमा चार मन्त्रालय लिएर सरकारमा जाँदै कांग्रेस
कोशीमा चार मन्त्रालय लिएर सरकारमा जाँदै कांग्रेस
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १३, २०८१
  • मन्त्रीको नाम टुंग्याउन आन्तरिक भागबण्डा मिलाउँदै कांग्रेस
  • देउवापक्षबाट दुई तथा कोइराला र सिटौला पक्षबाट एक–एक जना मन्त्री हुने

काठमाडौं– नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै कोशी प्रदेशमा नेपाली कांग्रेस मन्त्रीको नाम टुंगो लगाउन सक्रिय भएको छ । त्यसका लागि कांग्रेसले मापदण्ड बनाएको छ । मापदण्ड बनाएपछि कांग्रेसबाट मन्त्री हुनेको नाम र संख्याको बाँडफाडमा नेताहरू सहमतिनजिक पुगेका छन् । 

मापदण्डअनुसार सहमति भए प्रदेशमा सभापति शेरबहादुर देउवापक्षबाट दुई जना, नेता डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षबाट एक–एक जना मन्त्री हुने छन् । पार्टीमा भागबण्डा नमिल्दा नेकपा एमालेका हिक्मत कार्की नेतृत्वको सरकारमा कांग्रेसले मन्त्री पठाउन सकेको छैन । पार्टी संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार एक÷दुई दिनमै सबै टुंगो लगाएर मन्त्रीहरूको नाम सरकारमा पठाइने छ ।

‘हामी आन्तरिक छलफलमै छौं । भर्खरै माओवादी सरकारदेखि बाहिरियो । हामीले आन्तरिक भागबण्डा एक÷दुई दिनमै टुंगो लगाउँछौं र सरकारलाई पूर्णता दिन सहयोग गर्छौं,’ उनले प्रभावसँग भने । यसअघि कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक काठमाडौंमा बसेको थियो । बैठक बसे पनि मन्त्री बन्ने आकांक्षी धेरै भएका कारण कांग्रेसले मन्त्री हुनेको नाम मुख्यमन्त्री कार्कीलाई दिन सकेन । कोशीमा एमाले र कांग्रेसबीच चार–चारवटा मन्त्रालय लिने सहमति बनेको छ । थप एक जनालाई राज्यमन्त्री बनाउने तयारी भएको छ । 

Hardik health

पार्टीमा पहिला मन्त्री भइसकेकालाई सरकार नपठाउने विषयमा सहमति भए खोटाङका भूपेन्द्र राई, इलामका गोविन्द गिरी, मोरङका भीम पराजुली र मोरङकै मानबहादुर लिम्बू मन्त्री हुने कांग्रेस स्रोतको भनाइ छ । शोभा चेम्जोङ र गयानन्द मण्डलमध्येबाट एक जना राज्यमन्त्री हुने बताइएको छ । माओवादी केन्द्र सरकारबाट फिर्ता भएसँगै तीनवटा मन्त्रालय खाली भएका छन् । यस्तै, उद्योग कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन् । खाली भएकै मन्त्रालय लिएर जाने विषयमा कांग्रेस सहमत देखिएको छ । कोशीमा माओवादीले भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य, पर्यटन वन तथा वातावरण मन्त्रालय लिएको थियो । यी तीनै मन्त्रालय हाल खाली छन् ।

उता सुदूरपश्चिम प्रदेशमा पनि कांग्रेस–एमालेले संयुक्त सरकार बनाउने भएको छ । तर, नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका दीर्घ सोडारीले राजीनामा दिएका छैनन् । बरु, उनले बिहीबार मन्त्रिपरिषद् सदस्य हेरफेर गरे । अल्पमतमा परिसक्दा पनि राजीनामा दिन उनले आनाकानी गरिरहेका छन् । कांग्रेस र एमालेले नागरिक उन्मुक्ति पार्टीले पनि सरकारमा समावेश गर्ने तयारी गरेका छन् । यी तीन दलले मुख्यमन्त्री सोडारीलाई पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।
 


प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP