Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • महानिर्देशक घिमिरेलाई लोकतान्त्रिक एसोसिएसनको ज्ञापनपत्र 
महानिर्देशक घिमिरेलाई लोकतान्त्रिक एसोसिएसनको ज्ञापनपत्र 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ७, २०८१

काठमाडौं- नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले विभिन्न तीन बुँदे समस्या सम्बोधनको माग गर्दै वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ । वैदेशिक रोजगार व्यवसायीहरुले भोग्नुपरेको समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गर्दै महानिर्देशक घिमिरेलाई आइतबार ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा आर्थिक वर्ष २०८०÷८१ भित्रमा १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसकेका २५० भन्दा बढी म्यानपावर कम्पनीको फेइम्स प्रणालीमा डिएक्टिभ स्टाटस भएका कारण असार मसान्तदेखि नै कामदारले पाउनुपर्ने श्रम स्वीकृति नपाएकोप्रति ध्यानाकर्षण गराइएको छ । व्यवसायीको काम कारोबार ठप्प रहेकोले भिसा प्राप्त भएर बसेका कामदार र रोजगारदातामासमेत नकारात्मक असर पर्न गएको बताइएको छ ।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ६ को उपनियम ४ अनुसार कुनै पनि कारणले असार मसान्तभित्रमा इजाजतपत्र नवीकरण नभएको अवस्थामा अतिरिक्त दस्तुर बुझाइ असोज मसान्तसम्म पनि इजाजतपत्र नवीकरण गर्न पाउने व्यवस्था भएकाले सहजीकरण गरिदिन महानिर्देशकसमक्ष लोकतान्त्रिक एसोसिएसनले आग्रह गरेको छ । यद्यपि एक आर्थिक वर्षमा १०० जना कामदार वैदेशिक रोजगारीमा पठाएको प्रमाण पेस गरेर मात्र इजाजतपत्र नवीकरण हुने बाध्यकारी व्यवस्था रहेकोमा विगत पाँच वर्षदेखि सोही ऐनको दफा ८२ अनुसार बाधा अड्काउ फुकाउमार्फत १०० संख्या पुर्‍याउन नसकेका म्यानपावरहरुको सरकारले नवीकरण गर्दै आएको छ ।

Hardik health

त्यसैगरी जापान इन्टरनेसनल ट्रेनिङ को–अपरेसन अर्गनाइजेसन (जिटको)मा नवीकरण वा नयाँ सूचीकृत हुन सूचना प्रकाशन भएकोले १०० संख्या अपुग भई इजाजतपत्र नवीकरण हुन बाँकी भएका म्यानपावर कम्पनीलाईसमेत नवीकरण र सुचिकृत हुने व्यवस्था मिलाइदिन पनि एशोसियसनले विभागसँग आग्रह गरेको छ । यस्तै १०० संख्या पठाउनुपर्ने व्यवस्था पूरा गरेका म्यानपावर कम्पनीहरुको सहजरुपमा यथासक्य इजाजतपत्र नवीकरण गराइदिन पनि माग गरिएको छ । 

लोकतान्त्रिक एसोसिएसनले १०० संख्या समाधान समिति गठन गरी सोही समितिमार्फत विभागसँग समन्वय गर्ने र ज्ञापनपत्र बुझाउने काम गरेको हो । समितिका संयोजक एसोसियनका प्रथम उपाध्यक्ष विनोदजंग केसी र सदस्यसचिवमा एसोसियनका महासचिव महेश बस्नेत रहेका छन् । ‘हामीले राखेका तीनबुँदे मागमा दुईवटा बुँदा सम्बोधन गर्न विभाग तयार रहेको महानिर्देशकज्यूले बताउनुभयो,’ महासचिव बस्नेतले भने, ‘उहाँले १०० संख्या नपुगेका म्यानपावरको नवीकरणमा नीतिगत समस्या भएकाले तत्काल निर्णय गर्न नसकिने भन्दै अन्य विषयमा सहजीकरण गर्न विभाग तत्पर रहेको विश्वास दिलाउनुभएको छ ।’
 


प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP