Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • मिहेनती दुर्गा
अपांगताले छेकेन सरकारी सेवामा प्रवेश मिहेनती दुर्गा
टेकराज केसी
टेकराज केसी शुक्रबार, साउन ४, २०८१

‘अपांगता भएका व्यक्तिलाई अहिले पनि केही गर्न सक्दैनन् भन्ने सोच समाजमा राखिन्छ तर अवसर दियो भने सफलता प्राप्त गर्न सक्छन् । त्यसका लागि सोच बदल्न आवश्यक छ ।’

००
 


भेरीगंगा - बुबा धर्मराज शर्मा र आम इन्द्रकला शर्माको कोखबाट दैलेखको भैरवी गाउँपालिका–४ मा जन्मिएका दुर्गाप्रसाद रिजाल दृष्टिसम्बन्धी अपांगता छन् । ३७ वर्षीय रिजाल आंशिक दृष्टिविहीन छन् । बुबाआमाको कृषि पेसाबाट मात्रै जीविकोपार्जनमा समस्या हुने भएकाले बुबा विभिन्न समयमा भारत रोजगारी गर्न जाने गर्दथे ।सानैदेखि संघर्षशील दुर्गाको बाल्यकाल गाउँमै बित्यो । गाउँको गौरी प्राविमा प्राथमिक तहसम्मको अध्ययन गरेका दुर्गालाई कक्षा पाँचभन्दा माथिको शिक्षा लिन निकै नौतीको सामना गर्नुप¥यो । घरको आर्थिक अवस्था कमजोर थियो ।

दुर्गा भन्छन्, ‘हामी दुई भाइ, पढाइ गर्नुपर्ने घर खर्च चलाउनुपर्ने, बुबाआमालाई हम्मेहम्मे थियो । त्यति हुँदा पनि पढाइलाई भने निरन्तरता दिएँ ।’ विद्यालयमा गुरुहरूले दुर्गालाई धेरै माया गर्थे । सानै कक्षादेखि राम्रो अंक ल्याएर उत्तीर्ण भएका दुर्गा घरको काम गरेर विद्यालय जान्थे । घरको आर्थिक अवस्थाका कारण पढेर असल व्यक्ति बन्ने लक्ष्यमा लिएको बताउँदै कहिलेकाहीँ लक्ष्य पूरा हँुदैन कि भन्ने चिन्ता लाग्ने गरेको दुर्गा सुनाउँछन् ।

Hardik health

‘मेरो पढाइ राम्रो थियो, म कहिले पनि कक्षामा फेल भइनँ, सानो कक्षामा सधैं प्रथम हुन्थें । घरको अवस्था परिवर्तन गर्नुपर्छ, मैले केही गरेर देखाउनुपर्छ भनेर पढाइमा धेरै मिहेनत गर्थें, आर्थिक अभावले मेरो पढाइ त रोकिन्न भन्ने पनि लाग्थ्यो,’ दुर्गा भन्छन् ।

चुनौतीको समानाले पाएको सफलता
बुबाआमाको कमाईबाट मात्रै घर खर्च टार्न, शिक्षा दीक्षा गराउन गाह्रो थियो । जिम्मेवारी पनि बढ्दै थियो । उनले अभावका बीचमा पनि धेरै संघर्ष गर्दै आफ्नो मिहेनतलाई निरन्तरता दिए । उनले हिमालय मावी डाँडीमाडी दैलेखबाट एसएलसी उत्तीर्ण गरे । एसएलसीमा राम्रो अंक ल्याएर उत्तीर्ण भएका दुर्गाको सरकारी जागिरमा प्रवेश गरेर सेवा गर्ने लक्ष्य थियो ।

प्लस टू (१० जोड २) को पढाइ गराउन सक्ने अवस्था बुबाआमासँग थिएन । ‘अब मेरो पढाइ रोकियो, पढेर आफ्नो लक्ष्य पूरा गर्ने सपना अधुरै रह्यो भन्ने चिन्तामा थिएँ,’ दुर्गा भन्छन्,’ ‘मसँग पढेका सबै साथी पढ्न अन्यत्र गइसके, एकातिर घरको कमजोर आर्थिक अवस्था छ, अर्कोतिर आफूसँगै भाइको पढाइलाई पनि निरन्तरता दिनु छ । गरिबीका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने भयो भन्ने लाग्थ्यो ।’

उनको रोकिने अवस्थामा पुगेको अध्ययनलाई अगाडि बढाउन परिलक्षित संस्थाले सहयोग ग¥यो । अपांगताका क्षेत्रमा काम गर्ने परिलक्षितले आर्थिक अभाव भएर पढाइ गर्न नसकेका अपांगता भएका व्यक्तिलाई सहयोग गरेको थाहा पाएपछि दुर्गा परिलक्षितको सम्पर्कमा गए । उनलाई काठमाडौंमा पढ्ने, बस्नेलगायत व्यवस्था उक्त संस्थाले गरिदिएपछि दुर्गाको उच्च शिक्षा बाटो खुल्यो ।

‘घरको आर्थिक अवस्था कमजोर हुँदा मैले पढाइ रोक्ने निर्णयमा पुगेको थिएँ,’ दुर्गा भन्छन्,’ ‘मेरो उच्च शिक्षासम्मको पढाइमा लाग्ने खर्च सबै परिलक्षितले गरिदिएपछि मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ, म संस्थाप्रति आभारी छु ।’ पढाइसँगै खाने, बस्ने सबै व्यवस्था भएपछि उनलाई सरकारी सेवामा प्रवेश गर्न थप सहज भयो ।

लोकसेवा आयोगको परीक्षाबाट पहिलोपटक नै सिफारिस
सानैदेखि पढाइप्रति मिहेनत गर्ने दुर्गाले पढ्ने वातावरण पाए । स्नातक तह पार गरेका उनले सँगसँगै लोकसेवा आयोगको तयारी गरे । ‘गाउँमा दृष्टिसम्बन्धी अपांगता भएकाले केही गर्न सक्दैन भन्ने सोच राख्ने गरिन्थ्यो । रातदिन नभनेर आफ्नो पढाइमा मिहेनत गरेपछि सफल भइदो रहेछ,’ उनी भन्छन् ।

वि.सं. २०६९ मा पहिलोपटक लोकसेवा आयोगको चौंथो तहमा परीक्षा दिएका दुर्गाले पहिलोपटक नै नाम निकाल्न सफल भएका थिए । अब भने आफ्नो लक्ष्य पूरा भएको उनले अनुभूति गर्न थाले । पहिलोपटक सरकारी सेवामा प्रवेश गरेपछि दुर्गाले धादिङमा गएर सेवा थाले । उनको लक्ष्य र सफलताको यात्रा यतिमा रोकिएन ।

दुर्गाले जागिर गर्दै पढ्दै गरेर लोकसेवा आयोगको पाँचौं (नायब सुब्बा) मासमेत नाम निकाल्न सफल भए । चार वर्ष धादिङमा सेवा गरेका उनी सुर्खेतको वराहातालमा तीन वर्ष सेवा गरी अहिले डोल्पाको काइके गाउँपालिकामा सेवा गरिरहेका छन् । आर्थिक अभावसँगै अपांगता भएका व्यक्तिले पनि सफलता प्राप्त गर्न सक्छन् भन्ने उदाहरण दुर्गाप्रसाद रिजाल भएका छन् ।

दुर्गा भन्छन्, ‘अपांगता भएका व्यक्तिलाई अहिले पनि केही गर्न सक्दैनन् भन्ने सोच समाजमा राखिन्छ तर अवसर दियो भने सफलता प्राप्त गर्न सक्छन् । त्यसका लागि सोच बदल्न आवश्यक छ । अपांगताको क्षेत्रमा काम गरिरहेका संस्थाले पनि समाजमा सचेतना जगाउने किसिमका अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।’

आर्थिक अभावमात्रै नभई अपांगता भएर शिक्षा र अन्य क्षेत्रमा पछाडि पारिएका व्यक्तिलाई अवसर दिनेगरी योजना सामाजिक संस्थासँग सहकार्य गरी कार्यान्यवन गर्ने आफ्नो भावी योजना रहेको दुर्गा बताउँछन् । रासस
 


प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी
कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी मंगलबार, माघ १३, २०८२
परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम
परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम सोमबार, माघ ५, २०८२
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो सोमबार, पुस २१, २०८२
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी आइतबार, पुस २०, २०८२
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू शुक्रबार, पुस १८, २०८२
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP