Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • चेपाङले चिनेको, समाजले नचिनेको चिउरी
चेपाङले चिनेको, समाजले नचिनेको चिउरी
रामकुमार एलन
रामकुमार एलन सोमबार, असार ३१, २०८१

काठमाडौँ - चिउरी एक प्रकारको बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट दुई सय मिटरदेखि एक हजार पाँच सय मिटर उचाइका भिरपाखा, नदी किनार तथा खोँचका ओसिलो माटोमा हुर्कने र सप्रिने चिउरीको कुनै पनि भागलाई उपयोगमा ल्याउन सकिन्छ । विशाल छाँयादार चिउरीका रूखहरु सप्रेको ठाउँमा २०–२५ मिटरसम्म अग्लो र १०–१५ फुटसम्म गोलाइ हुने गर्छन् । प्राकृतिक अवस्थामा चिउरी सय वर्षसम्म सजिलै बाँच्न सक्ने रूख प्रजाति हो ।

चिउरी मकवानपुर, धादिङ, चितवनसहित विभिन्न जिल्लामा फैलिँदै गरेको अल्पसङ्ख्यक चेपाङ समुदायको संस्कृति र सभ्यतासँग जोडिएको वनस्पति पनि हो । समुन्द्र सतहदेखि १५ देखि २० मिटर उचाइ हुने चिउरी १२ वर्षदेखि ७० वर्षसम्म फल्छ भने एउटा रूखले कम्तीमा ५० देखि एक सय ५० किलोग्रामसम्म उत्पादन दिने गर्छ । पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्म नै चिउरी पाइए पनि मध्यनेपाल र सुदूरपश्चिम क्षेत्रमा बढी पाइन्छ । बागमती प्रदेशमा मकवानपुर, चितवन, धादिङ चिउरी पाइने प्रमुख जिल्ला हुन् । घमाइलो पाखाको ओसिलो माटोमा चिउरी बढी सप्रिने गर्दछ ।

चिउरीको फल साना, अन्डाकार दुई सेमीसम्म लम्बाइका पाइने गर्छन् । फलको बाहिरी भाग गुदियुक्त, रसदार स्वादिष्ट हुन्छ भने बीचमा बियाँँ रहेको हुन्छ । हल्का पहेँलो रङको फूल हुने चिउरी असोज कात्तिकमा फुल्न सुरु भई माघ महिनासम्म फुल्ने गर्दछ । फागुनदेखि असारसम्म बोटमा फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेँलो हुन्छ । फलभित्र एकदेखि तीन वटासम्म बियाँ हुन्छन् । बजारमा चिउरीको माग उच्च रहेको छ ।

प्रतिकेजी रु ७० को दरले चिउरी बिक्री हुने गरेको छ । एउटै रूखमा डेढ क्विन्टलसम्म चिउरीका बियाँ उत्पादन हुने गरेको छ । यतिबेला चिउरीको नयाँ बिरुवा लगाउने समय पनि सुरु भएको छ । वनस्पति विज्ञहरुका अनुसार बीउबाट चिउरीको विरुवा उमार्नु र खेतीका रुपमा लगाउनु उत्तम हुन्छ । असार–साउनमा पाकेको पहेँलो भएको चिउरीको फलबाट बीउ निकाल्नु उत्तम मानिन्छ ।

Hardik health

बियाँ धोएर छायाँमा सुकाएर फलबाट निकालेको सात दिनभित्र रोप्नु राम्रो हुन्छ । पात कुहेर बनेको जङ्गलको मलिलो माटो, बलौटे माटो र राम्ररी पाकेको गाईवस्तुको मल मिसाएर बनाइएको माटोमा बीउ रोप्दा बियाँ १२ घण्टा अगाडि भिजाउनु उपयुक्त हुने बताइएको छ । असार, साउन र भदौसम्म बीउ रोप्न सकिने बताइएको छ । २० देखि ४० सेन्टिमिटर अग्लो भएको विरुवा रोप्नु उपयुक्त हुन्छ । पाँच वर्षसम्म यसलाई मलजल गर्दा पुग्छ । चिउरी रोपेको बाह्र वर्षदेखि ७० ब

वर्षसम्म फल्ने गरेको छ ।

बहुपयोगी चिउरी चिउरी अत्यन्त गुणकारी र लाभदायक वनस्पति हो । यसको पातदेखि बिया फल, फूल, रूख सबै उपयोगी हुनाले यसलाई ‘कल्पवृक्ष’ पनि भन्ने गरिन्छ । फूल मात्रै होइन, चिउरीको चोप पनि सिकार गर्न प्रयोगमा आउँछ । चिउरीको चोप निकालेर लिसो बनाएर चराको सिकार गर्न सकिन्थ्यो । यसको बियाँबाट घीउ वा तेल निकालिन्छ भने पिना माछा मार्न विषका रुपमा र अन्नबालीमा मलका रुपमा प्रयोगमा हुने गर्छ ।

खुट्टा फुटे, घुँडा दुखे, अनुहारमा दाग आए यसको घीउ प्रयोग गर्न सकिन्छ । यस्तै, चिउरीको घीउ साबुन र मैनबत्ती बनाउन पनि प्रयोग गर्न सकिन्छ । चिउरीको घीउ कोलस्ट्रोलरहित हुने भएकाले मानव स्वास्थ्यका निम्ति लाभदायक मानिन्छ । फलबाट जुस, जाम र रक्सी पनि बनाउन सकिन्छ । चिउरीको फूलको रसबाट बनेको महको बजारमा छुट्टै मूल्य छ । स्वादिष्ट र पौष्टिक हुने बताइन्छ । पिनाबाट जैविक मल र कीटनाशक औषधि बनाउन सकिन्छ । हिलोले खुट्टा खाँदा औषधिका रुपमा पनि पिना प्रयोग गर्न सकिन्छ ।

चिउरीको काठबाट विभिन्न फर्निचरजन्य सामग्री निर्माण गर्न सकिन्छ । तेल तरकारी पकाएर खान तथा जीउ दुखेमा लगाउने गरिन्छ । चिउरीको पात गाईवस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ । चेपाङ र चिउरीको सम्बन्ध चेपाङको रैथाने बसोबास चुरेक्षेत्र र महाभारतको विकट पहाडी क्षेत्र हो । यिनीहरु चितवन, मकवानपुर र धादिङका भूमिपुत्र र यहीँ उत्पत्ति भएको मानिन्छ । चेपाङ समुदायको चिउरीसँग अन्योन्याश्रित सम्बन्ध रहेको छ । चेपाङले चिउरीका कुनै पनि चीज खेर फाल्दैनन् । चिउरीका सबै चिज उनीहरुको दैनिकीमा प्रयोग हुने गरेको छ ।

पहिला चिउरीको पात खाना खान प्रयोग हुन्थ्यो भने दुनाटपरी बनाउन प्रयोग हुन्थ्यो । चिउरीको फूलको रस सङ्कलन गरेर खानाका रुपमा खाने चलन थियो । चिउरी फुलेका बेला रस सेवन मात्रै होइन, अलि पहिला चमेरोको सिकार खेल्ने वातावरण पनि बन्थ्यो । चिउरीको फूल फुलेका बेला चमेरो फूल खान राति आउँदा चेपाङ समुदाय फूलमा जाल थापेर चमेरो मार्थे । चमेरो आएपछि मात्रै चिउरीको फूलमा परागसेचन हुने गर्दछ । यसरी, चिउरीको पात, फूलको रस र फूलमार्फत चमेरोको शिकारसँग चेपाङ समुदायको जिन्दगी जोडिएको थियो ।

चैत, वैशाख र जेठमा चेपाङ समुदाय अहिले पनि सङ्कटमा पर्छन् । यो समय चेपाङ समुदायमा अनिकाल पर्ने समय हो । यस्तो बेला अनिकालको सञ्जीवनी बुटी नै हुने गरेको छ चेपाङ समुदायलाई चिउरी । वैशाखमा चिउरीको दाना लाग्दछ । दाना सङ्कलन गरी खानाकै रुपमा प्रयोग गर्न सकिन्छ । अनिकालका समयमा चेपाङको जीवन धान्ने बुटी चिउरी हुने गरेकाले मकवानपुर, चितवन, धादिङका चेपाङ समुदाय चमेरो र चिउरीका पर्याय नै बन्ने गरेका थिए । चेपाङ समुदायको सभ्यता र संस्कृतिसँग जोडिएको चिउरी बहुआयामिक जडीबुटीजन्य र औषधि पनि हो ।

चेपाङ समुदायको किंवदन्ती सुन्ने हो भने पहिला चिउरीको घीउ पशुपति र स्वयम्भूमा बत्ती बाल्न प्रयोग हुन्थ्यो । चेपाङहरु घीउ बोकेर नागढुङ्गा हुँदै काठमाडौँ जान्थे । विसं २०१३ मा त्रिभुवन राजमार्ग (नागढुङ्गादेखि नौबिसे) र २०२४ सालमा पृथ्वी राजमार्ग (नौबिसेदेखि मुग्लिन) खुलेपछि काठमाडौँमा घीउ बोकेर जाने चलन हराउन थाल्यो । चिउरी बहुउपयोगी र बहुमूल्य गुण भएको वनस्पति हो । चेपाङ समुदायमा छोरीको विवाह हुँदा चिउरीलाई पितृप्रसादका रुपमा ग्रहण गर्ने चलन छ । चिउरीले अनिकालबाट चेपाङको प्राण धान्ने भएकाले छोरीलाई विवाह गरेर पठाउँदा चिउरीको रूख दाइजोका रुपमा दिने प्रचलन पनि छ ।

चेपाङ समुदायको जनजीविका र दोस्रो पुस्ताको घरजम व्यवस्थापनमा समेत चिउरी जोडिने गरेपछि चेपाङ चिउरीलाई सङ्कटको विकल्प ठान्छन् । चिउरी उनीहरुको जिन्दगीसँग जोडिएको बहुउपयोगी बनस्पति हो । त्यसैले फागुनमा चिउरी फुलेपछि चेपाङ खुसी हुन्छन् । अनिकालमा चिउरीको फूल फुलेपछि गाउँमा चमेरो आउँछ । चमेरो आएपछि मात्रै चिउरीका फूलमा परागसेचन हुन्छ भने चमेरोलाई मासुका रुपम उपभोग गर्न पनि पाइन्छ । साउनसम्म चिउरीले चेपाङ समुदायको जिन्दगी धानिदिन्छ । भदौमा नयाँ बाली भित्रिन्छ । नयाँ बाली भित्र्याएर भदौ २२ गते राष्ट्रिय पर्व न्वागी (छोनाम) मनाउँदासम्म केही समय चेपाङ समुदाय चिउरीमा आश्रित हुन्छन् । चिउरीखेती प्रवद्र्धन पछिल्लो समय बजारमा चिउरीको उपभोग र बिक्री बढ्न थालेपछि यसलाई व्यावसायिक रुपमा उत्पादन र खेतीका लागि वन कार्यालयहरुले प्रवद्र्धन अभियान चलाएका छन् ।

डिभिजन वन कार्यालय चितवन, मकवानपुर, धादिङले ओरालो र ओसिलो भूभागसँगै बलौटे माटोमा चिउरी रोप्न सकिने विकल्पसहित बिरुवा उत्पादन अभियान चलाइएको छ । धादिङ र मकवानपुरका भिरालो जङ्गलमा रहेको चिउरीलाई अब बारीमै पनि रोपेर १२ वर्षपछि आम्दानीका रुपमा लिन सकिने भएकाले यसको व्यावसायिक रुपमा खेतीका लागि वन कार्यालयहरुले बीउ वितरण गर्न सुरु गरेका छन् । बहुउपयोगी चिउरीलाई चेपाङ समुदायबाट अरू समुदायमा पनि जोड्न र दिगो आम्दानीका रुपमा यसलाई प्रवद्र्धन गर्न बागमती प्रदेशका डिभिजन वन कार्यालयहरुले विभिन्न जागरण अभियान चलाएका छन् । (लेखक पत्रकार हुन्)


प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP