Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउनुपर्दैन’
‘कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउनुपर्दैन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ३१, २०८१

काठमाडौं -  कारागार व्यवस्थापन विभाग, केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ एवं चुस्त बनाएको छ । यसका लागि अस्पतालले विशिष्टिकृत तथा अतिआवश्यक स्वास्थ्योपचार सेवा आवश्यक पर्ने कैदीबन्दीलाई सरकारी तथा निजी अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य सेवा चुस्त बनाएको हो ।

काठमाडौँ उपत्यकाभित्रका विभिन्न २३ स्वास्थ्य सेवासँग सम्बन्धित संस्थालाई प्रेषण (रिफरल) अस्पताल निर्धारण गरी कैदीबन्दीको उपचारमा प्राथमिकता दिएको हो ।कारागार अस्पतालका प्रमुख डा प्रकाश बुढाथोकीले भने, “विशिष्टिकृत तथा अतिआवश्यक स्वास्थ्योपचार सेवा आवश्यक पर्ने कैदीबन्दीलाई विभिन्न २३ सरकारी तथा निजी अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य सेवालाई चुुस्त बनाइएको छ । यसबाट कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउनु नपर्ने अवस्था सिर्जना भएको छ  ।”

उनका अनुसार पहिलो प्रेषण गर्ने अस्पतालमा वीर अस्पताल, नेपाल आँखा अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्तिबाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल, मानसिक अस्पताल, भक्तपुर क्यान्सर अस्पताल केन्द्रीय रक्तसञ्चार सेवा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, राष्ट्रिय मिर्गौला उपचार केन्द्र र आयुर्वेद चिकित्सालय रहेका छन् ।  
 
ती अस्पतालमा श्यया (बेड) खाली नभएमा अथवा थप विशिष्टकृत सेवा उपलब्ध नभएमा अस्पतालले दोस्रो चरणमा प्रेषण गर्नुपरेमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, नेसनल रेफरेन्स ल्याबोरेटरी, आनन्दवन अस्पताल, बिपी कोइराला लाइन्स आँखा उपचार केन्द्रलाई तोकिएको  छ । ती अस्पतालबाट पनि प्रेषण गर्नुपरेमा अन्तिममा बिपी स्मृति अस्पताल, सुमेरु अस्पताल, स्पाइनल इन्ज्युरी रिहेविलिटेसन सेन्टर र अर्थोपेडिक अस्पताललाई तय गरिएको छ । 

यसैबीच केन्द्रीय कारागार अस्पतालले आफूसँग सम्झौता गरेका स्वास्थ्य संस्थाका प्रतिनिधिसँग कैदीबन्दीको उपचार सेवालाई अझ थप कसरी व्यवस्थित र चुस्त बनाउन सकिन्छ भनेर अन्तक्र्रिया गरेको छ । सो अवसरमा केन्द्रीय कारागार अस्पतालका प्रमुख बुढाथोकीले कैदीबन्दीको उपचारका क्रममा समस्या आएमा तत्काल जानकारी दिन आग्रह गर्दै आगामी दिनमा यस्ता उपचार सेवालाई थप सुदृढ बनाइने जानकारी दिए । सो अवसरमा सहभागीले कैदीबन्दीको उपचारका क्रममा आइपरेका विभिन्न समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । देशका ७२ जिल्लामा ७५ कारागार र दुई सय सुधारगृह रहेका छन् ।

यस्ता स्थानमा २९ हजारभन्दा बढी कैदीबन्दी रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्तासमेत रहनुभएका डा बुढाथोकीका अनुसार अधिकांश कैदीबन्दीमा रक्तचाप, मधुमेह, कोलस्टोर, मानसिक समस्या, हाडजोर्नी, नाक, कान घाँटीका समस्या रहेका छन् । कैदीबन्दीमध्ये १० जना क्यान्सर र नौजना मिर्गौलाका बिरामी रहेका छन् । ती मिर्गौलाका बिरामीले डायलासिल सेवा लिइरहेका छन् । 


प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP