Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • त्रिशूलीमा बेपत्ता यात्रुका आफन्तको गुनासो राज्यले सक्नेजति उद्धारमा जुटेन
त्रिशूलीमा बेपत्ता यात्रुका आफन्तको गुनासो राज्यले सक्नेजति उद्धारमा जुटेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ३१, २०८१
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकबाट त्रिशूली नदीमा बेपत्ता दुईवटा यात्रुवाहक बस र यात्रीको खोजी तथा उद्धार कार्यका लागि गोताखोरसहित परिचालित सुरक्षाकर्मी । तस्बिर सौजन्यः नेपाली सेना
  • बेपत्ताका परिवारद्वारा गृहसचिवसँग विलौना
  • आफ्नो परिवारका सदस्यहरुको छिटो खोजी गरिदिन आग्रह
  • छिटोभन्दा छिटो उद्धार सामग्री उपलब्ध गराउने विषयमा काम भइरहेको गृहसचिवको भनाइ

चितवन– यही असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिरोले दुईवटा यात्रुबाहक बस त्रिशूली नदीमा पु¥यायो । बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्नेबित्तिकै बोकेर घटनास्थल आइपुगेका थिए ।

उनीहरु विगत तीन दिनदेखि त्रिशूली किनारमा आफन्तहरुको खोजीमा सक्रिय छन् । उनीहरु बिहानदेखि साँझसम्म त्रिशूली किनारमै हुन्छन् । आफन्तलाई जीवितै पाउने आश मार्दै गरेका उनीहरुमा राज्यले सक्नेजति उद्धारमा जुटेन कि ? भन्ने आशंका परेको छ ।उर्लिएको त्रिशूलीको खोचमा आफन्त त परको कुरा दुईवटा बस नै अहिलेसम्म भेटिएका छैनन् । उनीहरुले खोजी कार्य छिटो गरिदिन अनुनय विनय गरिरहेका छन् ।

तीन दिनको खोजीले उल्लेख्य सफलता नमिलेपछि आइतबार गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल घटनास्थल आइपुगे । उनीहरुलाई घटनास्थलमा रहेका बेपत्ता परिवारका सदस्यहरुले आफ्नो परिवारका सदस्यहरुको छिटो खोजी गरिदिन आग्रह गरे ।

मामाको छोरो (भाइ) त्रिशूलीमा बेपत्ता भएपछि खोजीका लागि हेटौंडाबाट आएका नकुबहादुर थापा अहिलेको तरिकाले बेपत्ताहरु भेट्टाउनै मुस्किल हुने भन्दै अरू विधि अपनाउन आग्रह गरे । उनीले गृहसचिवको टोलीसँग गुनासो गरे, ‘उच्च प्रविधिको प्रयोग गरेर बेपत्ताको खोजी गरिदिनुहोस् ।’

Hardik health

रौतहटबाट भाइ खोज्न आएका मोहन दास अहिले पनि कतै भेटिन्छ कि भन्ने आशमा नै छन् । तीन दिनदेखि आएर नदीतिरै हेरेर मात्रै बस्नुपरेको बताउँदै उनले छिटोभन्दा छिटो बेपत्ताको खोजी गरिदिन अनुरोध गरे । यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले दुईवटा बसमा सवार यात्रुहरुको खोजीमा तदारुपता देखाउन आग्रह गरे ।

उनीहरुको गुनासो सुनेपछि गृहसचिव अर्यालले उद्धारका लागि काम भइरहेको बताए । उनले भने, ‘छिटोभन्दा छिटो उद्धार सामग्रीहरु उपलब्ध गराउने विषयमा काम भइरहेको छ, चीन र भारत सरकारबाट पनि सामग्री उपलब्ध गराउने कुरा भएको ।’

विपद् प्रतिकार्य योजना तयारी गरी काम भइरहेको बताउँदै उनीले शवहरु पहिचान र मृतकका परिवारलाई राहत दिने एवं यहाँ उठेका कुरामा गृह मन्त्रालयले नेपाल सरकारलाई जानकारी गराउने बताए । यहाँको वस्तुस्थिति प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराइने उनीले बताए ।

टोलीले घटनास्थलको स्थलगत अवलोकन र उद्धार कार्यबारे जानकारी लिएको थियो । हालसम्म घटनास्थलभन्दा तल नारायणी नदी किनारमा पाँचवटा शव फेला परेका छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पहिचान खुल्नेमा भारतको बिहार बेतिया जिल्ला पश्चिम सम्पारण २२ का ४० वर्षीय सजाद अन्सारी,  भारतकै जयप्रकाश ठाकुर, माडी नगपालिका वडा नम्बर १ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सितामणी बर्गिनिया जमुहवा बस्ने २८ वर्षीय ऋर्षि पल साह रहेका छन् ।

यही असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ नारायगढ–मुग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुबाहक बस र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१– नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन् ।

ती दुई बसमा यात्रु चलानीका आधारमा ५१ जना यात्रु सवार भएको पुष्टि भएको थियो । तीमध्ये तीन जना पौडिएर उत्रिएका थिए । उनीहरुको अवस्था सामान्य छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना जुटिरहेको छ । रासस

त्रिवेणीको गण्डक ब्यारेजमा भेटियो दुई शव
नवलपुर (प्रस)– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीस्थित गण्डक ब्यारेजमा दुईवटा शव फेला परेको छ । नारायणी नदीलाई बाँध बाधेर सिँचाइका लागि पानी लगेको ठाउँमा आइतबार साँझ दुईवटा शव फेला परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक नहरमा दुई पुरुषको शव फेला परेको हो ।

शव भेटिएको स्थानमा त्रिवेणी चौकीबाट प्रहरी नायब निरीक्षक महेश रायमाझीको नेतृत्वमा पाँच जना तथा इलाका प्रहरी कार्यालय दुम्कीवासबाट प्रहरी निरीक्षक पदम थापाको नेतृत्वमा छ जनाको प्रहरी टोली परिचालन गरिएको पौडेलले बताए । 

दुवै शव शुक्रबार बिहान चितवनको भरतपुर–२९ सिमलतालबाट पहिरोले बगाएको बसको यात्रु हुनसक्ने आशंका गरिएको छ । शवको पहिचान खुल्न सकेको छैन । शवबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 


प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP