Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • बिना अक्सिजन सफल आरोहण गर्ने पहिलो अष्ट्रेलियाली महिला एली पेपर माउन्ट केटु आरोहण गर्दै
बिना अक्सिजन सफल आरोहण गर्ने पहिलो अष्ट्रेलियाली महिला एली पेपर माउन्ट केटु आरोहण गर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १८, २०८१

काठमाडौं-  अक्सिजनबिना सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला एली पेपर माउन्ट केटु आरोहण गर्ने भएकी छिन् ।  विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये १० वटा हिमालहरु मात्र आरोहण गर्न बाँकी रहेकाेमा  बिना अक्सिजन विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहणको तयारीमा पर्वतारोही एली पेपर रहेकी छिन् ।

हाल आरोहणका लागि उनी  पाकिस्तान पुगेकी छिन् । उनले भनिन् ‘म र मेरो गाइड मिकेल शेर्पा अन्नपूर्ण–१ र मकालु हिमालको सफल आरोहण गरी अष्ट्रेलिया फर्किएपछि हामीले अष्ट्रेलियामा रहेको माउन्ट कोसिउस्कोको सफल आरोहण गयौं । उक्त हिमाल सात महाद्वीपका सबैभन्दा अग्ला शिखरहरु मध्ये एउटा हिमाल हो ।’

उनले आफु यस आरोहणका लागि उत्साहित रहेको पनि सुनाइन् । गाइड मिकेल शेर्पाले सात महाद्वीपका सबैभन्दा अग्ला शिखरहरु मध्ये माउन्ट कोसिउस्कोको सफल आरोहण गरिसकेका छन् । उनले सातमध्ये ४ ओटाको सफल आरोहण पनि गरी सकेकी छन् । केटु हिमालको सफल आरोहणपछि स्पोन्सर (प्रायोजक) पाए पाकिस्तानमै रहेको गाशरब्रम–१ र गाशरब्रम–२ हिमालको पनि बिना अक्सिजन आरोहण गर्ने उनले बताइन‍् । 

Hardik health

त्यस्तै गाईड शेर्पाले पनि आफुहरु केटु हिमाल आरोहणको लागि तयार रहेको र पेपरले सफलतापूर्वक केटु हिमाल आरोहण गर्नेमा विश्वस्त भएको बताए । त्यस्तै विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये तीन वटा हिमालको सफल आरोहण गरीसकेको र अब केटु हिमालको पनि सफल आरोहण गरे १० वटा मात्र बाँकी रहने शेर्पाको भनाइ छ । अन्नपूर्ण–१ र मकालु हिमालको आरोहण गर्न पेपरलाई मिकेल शेर्पा र निमा शेर्पाले गाइड गरेका हुन् । दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने लक्ष्यमा पेपर लागि परेकी छिन् । 

एकपछि अर्को आठ हजार मिटर अग्लो हिमालहरु आरोहण गर्दै जाने र आफुले तोकेको समय भित्र नै १४ वटै हिमालहरुको चुचुरो सम्म पाइला टेक्ने पेपर बताउँछिन् । उनले सेभेन समिट ट्रेक्स कम्पनीमार्फत उक्त हिमालहरु आरोहण गरेकी हुन्  । सन् २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फबाट बिना अक्सिजन हिमाल आरोहण गर्दै पेपरले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गर्न सुरुवात गरेकी थिइन् ।

उनले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका दिन बिना अक्सिजन सफल आरोहण गरिसकेकी छिन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बन्न पनि पेपर सफल भएकी थिइन् । 

हिमाल आरोहणको इतिहासलाईै हेर्ने हो भने हालसम्म छ जनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गरेका छन् । त्यसमा पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरुको मुख्य चुचुरोमा भने दुई जना मात्र पुगेका हुन्, जसलाई १६ वर्षको समय लागेको थियो ।

विश्वमा छ जनाले सफलतापूर्वक १४ वटा हिमालहरु आरोहण गरिसकेकाले पनि आफुले चालेका कदमले आफनो लक्ष्य सम्म पुग्नेमा उनी पुर्ण विश्वस्त भएको उनले बताइन् । यससँगै ४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसबाट जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन् ।


प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्षतिको विवरण उपलब्ध गराउन संघीय मामिला मन्त्रालयको आग्रह
क्षतिको विवरण उपलब्ध गराउन संघीय मामिला मन्त्रालयको आग्रह आइतबार, कात्तिक ३०, २०८२
चालु आवको चौमासिक अवधि, २५ स्थानीय तह बजेटविहीन
चालु आवको चौमासिक अवधि, २५ स्थानीय तह बजेटविहीन आइतबार, कात्तिक ३०, २०८२
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP