Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री
सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १७, २०८१

अत्तरिया-  सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बनेका छन् ।मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार नेकपा एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा (माओवादी केन्द्र)की लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएका हुन्  ।

प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो । उनीहरु गत जेठ २८ गते विनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए । सार्की र विक दुबै जना समानुपातिकतर्फका सांसद हुन्। सङ्घीयतापछि सुदूरपश्चिम प्रदेशमा बनेका अन्य सरकारमा दलित समुदायबाट राज्यमन्त्रीसम्म बनाइएको थियो ।

प्रदेश सरकारको पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका त्रिलोचन भट्ट नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मानबहादुर सुनारलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, नेकपा एमालेबाट अर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्री र नेपाली कांग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्री बनाइएको थियो ।

Hardik health

हाल दलित समुदायबाट सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबाट एक/एक जना प्रदेशसभा सदस्य हुन्  । “हाम्रो पार्टीभित्रको आन्तरिक सङ्घर्षले दलित समुदायबाट क्याविनेट मन्त्री बन्नुभएको छ”, एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ती समाजका सुदूरपश्चिम प्रदेश अध्यक्ष भानसिंह विश्वकर्माले भने, “विगतका सरकारभन्दा अहिलेको सरकार समावेशी बनेको छ । यसमा हामी खुसी छौँ ।”

माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका सुदूरपश्चिम प्रदेश अध्यक्ष जगत विकले पार्टीले यसपटक सही मुल्याङ्कलन गरेको बताए । उनले भने, “पार्टीले एक जना भए पनि क्याबिनेट मन्त्री बनाएको छ । यो सकरात्मक कदम हो ।”गत वैशाख ६ गते मूख्यमन्त्रीमा नियुक्त भएका सोडारी नेतृत्वको सरकारमा मुख्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् रहेको छ ।


प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालु आवको चौमासिक अवधि, २५ स्थानीय तह बजेटविहीन
चालु आवको चौमासिक अवधि, २५ स्थानीय तह बजेटविहीन आइतबार, कात्तिक ३०, २०८२
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP