Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पदाधिकारी नियुक्तिमा योग्यता विधेयकमै उल्लेख गर्न सुझाव
पदाधिकारी नियुक्तिमा योग्यता विधेयकमै उल्लेख गर्न सुझाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २१, २०७६
Ram Kumari Jhakri
RBB RBB
काठमाडौं– मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका पदाधिकारी नियुक्ति र योग्यता विधेयकमै उल्लेख गर्नुपर्ने सुझाव दिइएको छ । विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा दफावार छलफलका क्रममा समिति सदस्यले विधेयकमै पदाधिकारीको नियुक्ति र योग्यताबारे स्पष्ट खुलाउनुपर्ने सुझाव दिएको हो । समिति सदस्य मानवहादुर विश्वकर्माले विधेयकमा पदाधिकारीका योग्यता, नियुक्ति र सेवासुविधा तोकेबमोजिम भनेरमात्र उल्लेख गरिएको बताए । समिति सदस्य विन्दा पाण्डेले पदाधिकारी छनोट गर्ने समिति समावेशी बनाउनुपर्ने सुझाव दिएकी छन् । छलफलमा समिति सदस्यहरू विधेयकमा विश्वविद्यालयका पदाधिकारीमाथि उजुरी परेको ९० दिनमा संरक्षक समितिले हटाउने व्यवस्थालाई संशोधन गर्दै ६० दिनभित्र कारबाही गर्ने प्रावधान राख्न सहमत भएका छन् । सदस्य रामकुमारी झाँक्रीले विश्वविद्यालयका पदाधिकारीलाई छानबिनपछि ६० दिनभित्र कारबाही गरिसक्ने प्रावधान राख्नुपर्नेमा सबै सहमत भएको बताउँदै भनिन्, ‘उजुरी परेको ३० दिनभित्र छानबिन गरिसक्नुपर्ने र त्यसको ६० दिनभित्र पदाधिकारीलाई कारवाही गर्ने प्रावधान राख्नुपछ । ९० दिन राख्दा लामो हुने र कारवाही प्रक्रिया नै बिथोलिन सक्छ ।’ समितिमा सहभागी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पछिल्लो समय खोलिएका विश्वविद्यालयभन्दा फरक बनाउनका लागि मभ विश्वविद्यालय खोल्न थालिएको जानकारी दिए । विश्वका अन्य विश्वविद्यालयमा जस्तै बाहिरबाट पदाधिकारी ल्याउन थालिएको उनको भनाइ छ । अमेरिकाको हार्डवर्ड विश्वविद्यालयका उपकुलपति पनि बाहिर देशका रहेको उदाहरण दिँदै उनले भने, ‘हामीले पनि विदेशी जनशक्तिसँग प्रतिस्पर्धा गर्नका लागि जनशक्ति उत्पादन गर्न विदेशीलाई नै पदाधिकारी बनाउन थालेका हौँ ।’ उनले पछिल्लो पटक लुम्बिनी बौद्ध विश्वविद्यालयलाई पनि अनुसन्धानमूलक विश्वविद्यालय बनाउन खोजिए पनि नसकिएको स्वीकार गर्दै मभ विश्वविद्यालयलाई भने दक्ष जनशक्ति, प्राविधिक र अनुसन्धानमूलक बनाउन खोजिएको जानकारी दिए । उनले विश्वविद्यालयलाई विश्वव्यापीरूपमा चिनाउनका लागि विदेशका पदाधिकारी ल्याउन सकिने बताए । शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव डा. सञ्जय शर्माले चीन र भारतका विश्वविद्यालयमा समेत विदेशबाट उपकुलपति ल्याइएको स्मरण गर्दै नेपालमा पनि त्यसको अभ्यास गर्न थालिएको बताए । हङकङमा रहेका विश्वविद्यालयको उपकुपति बेलायतको रहेको भन्दै उनले भने,‘बाहिरबाट ल्याइएका पदाधिकारीले राम्रोसँग विश्वविद्यालय सञ्चालन गरेका छन् । त्यसैले मदन भण्डारी विश्वविद्यालय बाहिरबाट पदाधिकारी ल्याउने योजनामा रहेका छौँ ।’ उनले उपाध्यक्षको नियुक्ति संरक्षक समितिले गर्ने व्यवस्था थप गर्नुपर्ने पनि बताए ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह
गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह बुधबार, वैशाख ३१, २०८२
गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह
गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह बुधबार, वैशाख ३१, २०८२
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित सोमबार, वैशाख २२, २०८२
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित आइतबार, वैशाख २१, २०८२
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन मंगलबार, वैशाख १६, २०८२
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज 
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज  सोमबार, चैत २५, २०८१
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान बिहीबार, चैत २१, २०८१
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP