Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पशुप्रतिको निर्दयीताविरुद्ध अधिकारकर्मी
पशुप्रतिको निर्दयीताविरुद्ध अधिकारकर्मी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २१, २०७६
Hardik health
काठमाडौं– सडक क्षेत्रमा पशु यत्रतत्र छाडिएका छन् । बुढो, अपांग, अंगभंग भएका गाई, बाच्छा, गोरु, बिरालो, कुकुर दयनीय अवस्थामा भेटिने गरेको छ । गाडीले ठक्कर दिएका पशु विक्षिप्त अवस्थामा भेटिन्छन् । उपत्यका काठमाडौंमा पशु व्यवस्थापनमा ठूलो चुनौती रहेको छ । यसप्रति सरकारी तवरबाट चासो भएको देखिँदैन । निजी प्रयासमा समुदाय संगठित भएर पशुको उद्धार, व्यवस्थापन र संरक्षणका काम भइरहेपनि पर्याप्त छैन । पशुप्रति समाजमा सकारत्मक दृष्टिकोण कमजोर बन्दै गएको कतिपय घटनाबाट प्रष्ट हुन्छ । नेपालगञ्जका गाईगोरु दैलेख लैजाने क्रममा सुर्खेतमा मरेका घटना होस् या कुकुरले टोकेको रिसको झोकमा काठमाडौंमै कुकुर मारिएको घटना होस्, यस्ता घटनामा कुनै न कुनै रूपमा जनप्रतिनिधि नै संलग्न देखिन्छन् । पशुप्रतिको निर्दयीता बढ्दै गएको जान्दाजान्दै पशुप्रति गर्ने व्यवहार सकारात्मक नदेखिएपछि पशु अधिकारकर्मी पशुमाथि हुने क्रुर व्यवहारविरुद्ध लागेका छन् । समाजमा कानूनी सचेतना जगाउनु जरुरी रहेको निष्कर्षसहित पशु अधिकारकर्मी जुरमुराउन थालेका हुन् । उनीहरूले केही दिनअघि मात्रै काठमाडौंमा एउटा भेला राखेर त्यसविरुद्ध लाग्ने निर्णय गरेका छन् । कानूनको अनविज्ञताले घटना बढेको उनीहरूको भनाइ छ । पहिलो चरणमा आफूपनि ऐन–नियमका बारेमा प्रष्ट हुने र त्यसपछि अरुलाई सचेतना जगाउन लागिपरेको पशु अधिकारकर्मी तथा पशुपक्षीप्रति निर्दयता रोकावट समाजका महासचिव विना पन्तले बताए । कानूनमा पशुलाई यातना दिन नपाइने स्पष्टरूपमा उल्लेख छ । यातना दिएमा कैदको व्यवस्था भएपनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । प्रहरीले उजुरी नै दर्ता गर्न नमान्ने अवस्था रहेको पशुअधिकारकर्मीको अनुभव छ । उनले समाजमा पशुलाई माया गर्नुपर्छ भन्ने भावना जागृत हुनै नसकेको बताए । उनले भने,‘आफैँले वर्षौँ पालेको कुकुरलाई सानो विषयमा सडकमा लगेर फ्याँक्ने समाज छ, पहिले कानूनका बारेमा सचेतना जगाउन जरुरी छ, त्यसैले हामीले सचेतना अभियान थालेका छौँ ।’ मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद २७ मा पशुपक्षीसम्बन्धी कसुरको व्यवस्था छ । संहिताको दफा २९० मा कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काइ वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ वा सामथ्र्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकालाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएका कारणले सार्वजनिकरूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न नहुने उल्लेख छ । उक्त कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । संहिताको दफा २८९ मा त्यस्ता पशु मर्न गएमा तीन वर्षसम्म कैदको व्यवस्था छ । अंगभंग गराएमा ६ महिनासम्म कैद हुन्छ । रोगी तथा वृद्ध पशुहरूलाई सार्वजनिक स्थानमा छाड्न नहुने र यस्तो कार्य गरेमा तीन महिना कैद र पाँच हजार जरिवानाको व्यवस्था छ । पशु ढुवानी मापदण्ड–२०६४ ले ढुवानी गर्दा हलचल गर्ने सक्ने गरी राख्नुपर्ने, शरिरको बनोटअनुसारको गाडीमा राख्नुपर्ने, नाके डोरी, पुच्छर, खुट्टा बाँध्न नहुने उल्लेख रहेको अन्तर्राष्ट्रिय वातावरण कानूनका जानकार अधिवक्ता पदमबहादुर श्रेष्ठले बताए । कानूनमा भएको व्यवस्था कार्यान्यवन हुन सकिरहेको छैन । अहिले पनि यातना दिएर ट्रकका ट्रक पशु ढुवानी भइरहेको छ । पशु अधिकारकै विषयमा सर्वाेच्च अदालतले नजिरसमेत स्थापित गरेको छ । त्यस्तै, अर्का अधिवक्ता निर्मल शर्माले कानूनमा व्यवस्था भएका कुरालाई समाजमा चेतना जगाउनु जरुरी रहेको बताए । उनले बन्दै गरेको पशु कल्याण ऐनले भने धेरै कुरा समेटेको बताए । मानिस सर्वोत्कृष्ट प्राणी हो । के गर्न हुन्छ र के गर्न हुँदैन, उसलाई राम्रो ज्ञान हुन्छ । मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी मानिसले अन्य प्राणीको रक्षा गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । पृथ्वीमा पशुको पनि मानवको जत्तिकै स्थान रहेको उल्लेख गर्दै संस्कृतिविद् डा गोविन्द टण्डनले मनोरञ्जनका नाममा पशुलाई जुधाउने तथा मारकाट गर्ने काम बन्द गर्नुपर्ने बताए । रासस
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  ०७:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP