Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
अर्थ समाचार
  • Home
  • अर्थ समाचार
  • राजस्व संकलनमा सामान्य वृद्धि
राजस्व संकलनमा सामान्य वृद्धि
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ७, २०८१

काठमाडौँ -गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व संकलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा रु ४१ अर्ब १९ करोड राजस्व संकलन भएको छ । आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सोही अवधिमा रु ३७ अर्ब संकलन भएको थियो । यो वृद्धि ११ दशमलव ३० प्रतिशतले बढी हो ।

चालु आवको जेठ मसान्तसम्म रु चार खर्ब ४८ अर्ब राजस्व संकलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ६४ प्रतिशतले बढी हो । गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली रु चार खर्ब आठ अर्ब थियो । गत वर्षभन्दा चालु आवको यो अवधिसम्म रु ४० अर्बले राजस्व संकलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले राससलाई जानकारी दिए ।

आयकर (भाडा र ब्याजसमेत) बाट रु दुई खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर (आन्तरिक)बाट रु एक खर्ब १२ अर्ब र अन्तःशुल्कबाट रु ९५ अर्ब संकलन भएको छ । महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट रु आठ अर्ब राजस्व उठेको छ । हालसम्म लक्ष्यको ७८ दशमलव पाँच प्रतिशत रकम असुली भएको छ ।

Hardik health

गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा वृद्धि भए पनि सरकारले चालु आवमा निर्धारण गरेको लक्ष्यमा भने पुग्न सकेको छैन । राजस्व योगदानमा करदाता कार्यालयहरूमध्येको ठूला करदाता कार्यालयको हिस्सा करिब ४० प्रतिशत छ । यो कार्यालयले रु एक खर्ब ७५ अर्ब संकलन गरेको छ ।

ठूला करदाता कार्यालयको राजस्व असुली लक्ष्य रु दुई खर्ब ३८ अर्ब थियो । वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर संकलन गर्दै आएको छ । एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता सङ्ख्या पाँच सय ४५ छन् ।

कोरोना महामारीलगायत विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजस्व संकलनमा कमी आए पनि चालु आवको उत्तराद्र्धमा अर्थतन्त्रमा भएको सुधारले राजस्व संकलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताए । अन्तःशुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा पुँजीगत खर्चमा भएको वृद्धिले पनि राजस्व संकलनमा सकारात्मक प्रभाव परेको उनले बताए ।


प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप अर्थ समाचार
बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध
बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध आइतबार, वैशाख ६, २०८३
आजदेखि देशभर आर्थिक गणना हुँदै
आजदेखि देशभर आर्थिक गणना हुँदै बुधबार, वैशाख २, २०८३
बैंक वित्तीय संस्थाले पनि शनिबार र आइतबार बिदा सुरु गर्दै
बैंक वित्तीय संस्थाले पनि शनिबार र आइतबार बिदा सुरु गर्दै सोमबार, चैत २३, २०८२
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपत्र
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपत्र बुधबार, चैत १८, २०८२
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई शुक्रबार, चैत १३, २०८२
ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता मंगलबार, चैत १०, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री बानियासँग नाडाकाे भेट  
बागमती प्रदेशका मुख्यमन्त्री बानियासँग नाडाकाे भेट   मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP