Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाली परपरागत खानालाई विश्वमाझ पुर्याउनुपर्छ : उपसभामुख राना
नेपाली परपरागत खानालाई विश्वमाझ पुर्याउनुपर्छ : उपसभामुख राना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ६, २०८१
Hardik health

काठमाडौं -  उपसभामुख इन्दिरा रानाले नेपाली परम्परागत खानालाई विश्वमाझ पुर्याउनुपर्ने बताएकी छन्  । ग्यास्टोनोमी टुरिजम एशोसिएसन अफ नेपालको चौथो वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘सन् २०२५ मेमा सगरमाथा आधार शिविरमा विश्व सेफ्स सम्मेलन’ घोषणासभामा उनले नेपाली खानालाई विश्वमाझ लगेर नेपालको पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएकी हुन्  ।

“स्वदेशमा उत्पादित परम्परागत खानालाई सरकारले प्रोत्साहन र प्रवर्द्धन गर्नुपर्छ, नेपाली परम्परागत खानालाई विश्वमाझ फैलाउनुपर्छ”, उनले भनिन् । उपसभामुख रानाले जलवायु परिवर्तनको असर नेपाली परम्परागत खाना उत्पादनमा परेको उल्लेख गरिन्। परम्परागत खानालाई प्रवर्द्धन गर्न सरकारलाई निजी क्षेत्रको साथ आवश्यक रहेको उनको भनाइ थियो ।
      
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले परम्परागत खाना प्रवर्द्धनका लागि बूढानीलकण्ठ नगरपालिका लागेको बताए । उनले नेपाली खानामार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएसन अफ नेपालको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
      
होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपाली खानामार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि हानले काम गरिरहेको बताए । नेपालका पाँच हजारभन्दा बढी होटल नेपाली परम्परागत खाना प्रवर्द्धनमा जुटेको उनको भनाइ छ । अध्यक्ष शाहले पर्यटन दशकको समयमा सगरमाथा आधार शिविरमा सेफ्स सम्मेलन गरेर विश्वलाई सकारात्मक सन्देश दिन खोजेको भन्दै एशोसिएसनलाई धन्यवाद दिए ।
      
ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष खुमबहादुर सुवेदी, रजनी फाउण्डेशनका अध्यक्ष रजनी थापा, वरिष्ठ सेफ्स अर्जुनबहादुर थापालगायतले देश र विदेशमा नेपाली खाना प्रवर्द्धनका लागि नेपाली सेफ्सहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे। 
    
एशोसिएसनका संस्थापक अध्यक्ष सुरेशचन्द्र बस्नेतको संयोजकत्वमा सन् २०२५ को मेमा सगरमाथा आधार शिविरमा विश्व सेफ्स सम्मेलन गरिने घोषणा कार्यक्रममा गरिएको थियो । विसं २०७६ मा स्थापना भएको एशोसिएसनले नेपाली परम्परागत खानालाई देश, विदेशमा प्रचार गर्दै आइरहेको अध्यक्ष रमेश भण्डारीले जानकारी दिए ।

वरिष्ठ सेफ्स थापालाई सम्मान
      
चार दशकदेखि सेफ पेसामा कार्यरत वरिष्ठ सेफ्स अर्जुनबहादुर थापालाई सम्मान गरिएको छ । एशोसिएसनको चौथो वार्षिकोत्सवका अवसरमा आज परम्परागत खानाको देश तथा विदेशमा प्रचार गरी यसको विकासमा महत्त्वपूर्ण योगदान दिएका थापालाई सम्मान गरिएको हो ।
      
विसं २०४० मा सोल्टी होटलबाट कुक पेसा सुरु गर्नुभएका थापा हाल द छेडि अन्डरम्याट होटल स्वीजरल्याण्डमा कार्यरत छन् । वार्षिकोत्सवमा उहाँलगायत एनसी एग्रोका सञ्चालक दीपकप्रसाद न्यौपाने, विश्व बौद्ध धर्म सङ्घका अध्यक्ष आनी भीमसुब्बा गुरुङलगायतलाई सम्मान गरिएको थियो । 


प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि आइतबार, कात्तिक ३०, २०८२
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु आइतबार, कात्तिक ३०, २०८२
पत्रकार महासंघमा विवाद, बैठक पनि स्थगित 
पत्रकार महासंघमा विवाद, बैठक पनि स्थगित  आइतबार, कात्तिक ३०, २०८२
अन्तरराष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा नेपाली खेलाडीको वर्चस्व
अन्तरराष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा नेपाली खेलाडीको वर्चस्व आइतबार, कात्तिक ३०, २०८२
कार्बन उत्सर्जन घटाउन सफल भएपछि नेपाललाई एक अर्ब १९ करोड प्राप्त
कार्बन उत्सर्जन घटाउन सफल भएपछि नेपाललाई एक अर्ब १९ करोड प्राप्त आइतबार, कात्तिक ३०, २०८२
चार महिनामा सवारी दुर्घटनाका कारण १७ जनाको मृत्यु
चार महिनामा सवारी दुर्घटनाका कारण १७ जनाको मृत्यु आइतबार, कात्तिक ३०, २०८२
विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ
विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP