Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रपतिको भ्रमणबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि अभिवृद्धि भएको छ : प्रधानमन्त्री दाहाल
राष्ट्रपतिको भ्रमणबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि अभिवृद्धि भएको छ : प्रधानमन्त्री दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ६, २०८१

काठमाडाैं -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि अभिवृद्धि भएको बताएकf छन‍् ।
    
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति पौडेलबाट गत जेठ २९ देखि यही असार ५ गतेसम्म भएको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका बारेमा सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री दाहालले उच्चस्तरीय भ्रमण परराष्ट्र नीति सञ्चालनको अभिन्न पक्ष भएको बताए  । राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आयोजना गरेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकमा सहभागी हुन गत जेठ २९ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उक्त सम्मेलनमा सहभागी भई उहाँ असार १ गते जर्मनीको औपचारिक भ्रमणमा गएका थिए ।  

स्वीट्जरल्याण्डमा रहँदा राष्ट्रपति पौडेलले त्यहाँका राष्ट्रपति भियोला एमहर्डसँग गत जेठ ३० गते द्विपक्षीय भेटवार्ता गर्नुभएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले उक्त भेटमा नेपाल–स्वीट्जरल्याण्ड द्विपक्षीय सम्बन्धका विविध विषय तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको स्पष्ट पार्नुभयो । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा राष्ट्रपति पौडेलले नेपालको विकास प्राथमिकताका विषयमा प्रकाश पार्दै सूचना प्रविधिको विकास, खाद्य सुरक्षा, कृषिको विकास, बजार पहुँच, लगानी,  व्यापारलगायत क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारबाट सहयोग बढाउन आग्रह गरेका प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराए । 

सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक–आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन र शान्ति प्रक्रियामा गरेको सहयोगका लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिँदै सन् २०२६ सम्ममा स्तरोन्नति हुन प्रयत्नशील रहेको सन्दर्भमा स्वीट्जरल्याण्ड सरकारको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका प्रधानमन्त्री दाहालले उल्लेख गरे । 

Hardik health

“उक्त द्विपक्षीय भेटवार्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, राष्ट्रपतिका विदेश मामिला सल्लाहकार डा सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको थियो”, राष्ट्रपति पौडेलको भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री दाहालले भने । 

राष्ट्रपति पौडेलले गत जेठ ३१ गते जेनेभामा आयोजित आइएलओको एक सय १२औँ वार्षिक सम्मेलनको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुभएको उहाँले सदनलाई जानकारी गराए  । “उक्त सम्बोधनमा राष्ट्रपतिले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको औचित्यता, नेपालले श्रमिकको हक, अधिकार सुनिश्चित गर्न गरेका प्रयास तथा उपलब्धि तथा नेपालको संविधानमा सामाजिक न्यायलाई मौलिक अधिकारका रूपमा प्रत्याभूत गरेको लगायत विषयलाई प्रकाश पार्दै नेपाल श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको थियो”, प्रधानमन्त्री दाहालले भने । 

यही असार ३ गते राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबीच द्विपक्षीय भेटवार्ता भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सो क्रममा दुई देशका राष्ट्रपतिबीच द्विपक्षीय सहयोग, व्यापार तथा वाणिज्य, प्रविधि हस्तान्तरणलगायत नेपाल–जर्मनी सम्बन्धका विविध पक्षपारे छलफल भएको स्पष्ट पारे । द्विपक्षीय भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रपतिका विदेश मामिला सल्लाहकार डा सुरेश चालिसे, राष्ट्रपति कार्यालय र परराट्र मन्त्रालयका सचिवहरू, जर्मनीका लागि नेपाली राजदूत तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको तथा जर्मन प्रतिनिधिमण्डलमा राष्ट्रपति कार्यालय र विदेश मन्त्रालयका स्टेट सेक्रेटरीलगायत उच्चपदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी दिए । 


प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि आइतबार, कात्तिक ३०, २०८२
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु आइतबार, कात्तिक ३०, २०८२
पत्रकार महासंघमा विवाद, बैठक पनि स्थगित 
पत्रकार महासंघमा विवाद, बैठक पनि स्थगित  आइतबार, कात्तिक ३०, २०८२
अन्तरराष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा नेपाली खेलाडीको वर्चस्व
अन्तरराष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा नेपाली खेलाडीको वर्चस्व आइतबार, कात्तिक ३०, २०८२
कार्बन उत्सर्जन घटाउन सफल भएपछि नेपाललाई एक अर्ब १९ करोड प्राप्त
कार्बन उत्सर्जन घटाउन सफल भएपछि नेपाललाई एक अर्ब १९ करोड प्राप्त आइतबार, कात्तिक ३०, २०८२
चार महिनामा सवारी दुर्घटनाका कारण १७ जनाको मृत्यु
चार महिनामा सवारी दुर्घटनाका कारण १७ जनाको मृत्यु आइतबार, कात्तिक ३०, २०८२
विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ
विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP