Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल हुने विश्वासः डा.काफ्ले
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल हुने विश्वासः डा.काफ्ले
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २१, २०७६
Hardik health
काठमाडौं–बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले पूनः मिर्गौला प्रत्यारोपण नेपालमै गर्न लागेकोमा धन्यवाद दिँदै यो निर्णयसँगै नेपाली चिकित्सकहरूप्रतिको भरोसा बढाएको टिप्पणी गरेका छन् । मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीको मिर्गौलाको पूनः प्रत्यारोपणको तयारी राम्रो भएकोले शल्यक्रिया सफल हुने विश्वास दिलाए । उनले भने,‘प्रत्यारोपणपूर्व गरिएका महत्वपूर्ण चेकजाँचका रिपोर्ट राम्रो आएका छन् । मुटु, कलेजो र फोक्सोको अवस्था राम्रो छ । यी सबै टेष्ट गर्दा पूर्ण रूपमा स्वस्थ देखियो । त्यही भएर अस्पताल भर्ना गरिएको हो ।’ नेपालमा ९८ प्रतिशत प्रत्यारोपण सफलता भएको सुनाउँदै यो नेपालको लागि पनि सुखद पक्ष भएको काफ्लेको टिप्पणी छ । उनले मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री अझै १५–२० वर्ष स्वस्थ रहने पनि विश्वास दिलाए । नेपालभित्रै मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओलीको निर्णय अत्यन्तै सकारात्मक भएको उनको तर्क छ । उनले प्रत्यारोपण सफल हुने भन्दै यसमा शंका नगर्न आग्रह गरे । बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमै गर्ने निर्णय गर्नु सुखद पक्ष भएको बताए । नेपालका नेताहरूले सानो रोग लाग्दापनि विदेश गएर उपचार गरेकोमा उनले दुःख मानेको सुनाउँदे पछिल्लो पटक प्रधानमन्त्री ओलीले लिएको निर्णय सुखद् र सकारात्मक भएको प्रतिक्रिया दिए । उनले प्रत्यारोपणको लागि छनौट गरिएको अहिलेको समयमा भने केही गुनासो पोखे । डा. दिक्षितले चीनबाट फैलिएको कोरोनाको संक्रमण विश्वभरि फैलिएकोले नेपालले पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले नेपालले कोरोनाको संक्रमणबाट जोगिनको लागि तत्काल अन्तर्राष्ट्रिय हवाई आवातजावत बन्द गर्नुपर्ने भनेर आफूले यसअघि पनि बोलिसकेको स्मरण गराए । कोरोना भाईरस आज साउथ अफ्रिकासमेत पुगिसकेको सुनाउँदै उनले नेपालले यसरी बेवास्ता गर्नु गलत भएको जनाए । उनले थपे,‘त्यत्रो टाढा फैलिईसकेको छ भने नेपाल नआईकन बसेको होला र ?’ उनले दक्षिण कोरियाको एउटा चर्चमा ९ हजारमा यो भाईरसको संक्रमण फैलिएको सुनाए । डा. दिक्षितले चीन, दक्षिण कोरियालगायत कोरोना फैलिएका देशबाट खुलेआम नेपाल आउन दिन नहुने तर्क गरे । जापानमा पनि यसको संक्रमण फैलिएपछि अहिले उसले कडा व्यवस्था अपनाएको सुनाउँदै यस्तो बेलामा नेपालबाट २५० जनाको जम्बो टोली नेपाल एयरलाईन्सको फ्लाईटमा जापानको नारिता उडेको भन्दै उनले उक्त कदमप्रतिपनि कडा निन्दा गरे । काठमाडौं उपत्यकामा कोरोना भाईरस देखिए यसको संक्रमण नराम्रोसँग फैलिनेतर्फ पनि सचेत गराए । यद्धपी उनले नेपालीहरूसँग रोगसँग लड्ने क्षमता भने बढि रहेको सुनाए । उनले कोरोनाको डर प्रशस्तै मात्रामा भएपनि तर्सिनुपर्ने अवस्था भने नरहेको स्पष्ट पारे । उनले यसबाट बच्नको लागि सतर्कता अपनाउनसमेत सबैलाई आग्रह गरे । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरूलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने सुनाए । डा. देवकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ–डेस्क’ राखेर काम गरिरहेको स्पष्ट पारे । उनले विमानस्थलमा हरेक यात्रुलाई चेकजाँच गरिने गरिएको सुनाए । त्यतिमात्रै, होइन विमानस्थलको हेल्थ डेस्कमा जनशक्ति बढाईएको पनि उनले जनाए । विमानस्थलको सम्पूर्ण व्यवस्थापनसँग आफूहरूको टिम बसेर समन्वय भैरहेको पनि देवकोटाले जनाए । हवाई नाकामात्रै नभएर उनले चीन र भारतसँगको स्थलगतमार्गमा समेत निगरानी बढाईएको उनले स्पष्ट पारे । शुक्रराज ट्रपिकल अस्पतालमा सय बेड रहेको र त्यसमा पनि ३० वटा बेड आईसोलेशन बेड राखिएको उनले जनाए । चीनबाट उद्धार गरेर ल्याईएका सबैको दुई पटकसम्म स्वास्थ्य परीक्षण गरिएको र सबै रिपोर्ट राम्रो आएकोले भर्खरै घर फकाईएको पनि उनको भनाई छ ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  ०७:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP