Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल हुने विश्वासः डा.काफ्ले
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल हुने विश्वासः डा.काफ्ले
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २१, २०७६
Hardik health
काठमाडौं–बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले पूनः मिर्गौला प्रत्यारोपण नेपालमै गर्न लागेकोमा धन्यवाद दिँदै यो निर्णयसँगै नेपाली चिकित्सकहरूप्रतिको भरोसा बढाएको टिप्पणी गरेका छन् । मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीको मिर्गौलाको पूनः प्रत्यारोपणको तयारी राम्रो भएकोले शल्यक्रिया सफल हुने विश्वास दिलाए । उनले भने,‘प्रत्यारोपणपूर्व गरिएका महत्वपूर्ण चेकजाँचका रिपोर्ट राम्रो आएका छन् । मुटु, कलेजो र फोक्सोको अवस्था राम्रो छ । यी सबै टेष्ट गर्दा पूर्ण रूपमा स्वस्थ देखियो । त्यही भएर अस्पताल भर्ना गरिएको हो ।’ नेपालमा ९८ प्रतिशत प्रत्यारोपण सफलता भएको सुनाउँदै यो नेपालको लागि पनि सुखद पक्ष भएको काफ्लेको टिप्पणी छ । उनले मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री अझै १५–२० वर्ष स्वस्थ रहने पनि विश्वास दिलाए । नेपालभित्रै मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओलीको निर्णय अत्यन्तै सकारात्मक भएको उनको तर्क छ । उनले प्रत्यारोपण सफल हुने भन्दै यसमा शंका नगर्न आग्रह गरे । बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमै गर्ने निर्णय गर्नु सुखद पक्ष भएको बताए । नेपालका नेताहरूले सानो रोग लाग्दापनि विदेश गएर उपचार गरेकोमा उनले दुःख मानेको सुनाउँदे पछिल्लो पटक प्रधानमन्त्री ओलीले लिएको निर्णय सुखद् र सकारात्मक भएको प्रतिक्रिया दिए । उनले प्रत्यारोपणको लागि छनौट गरिएको अहिलेको समयमा भने केही गुनासो पोखे । डा. दिक्षितले चीनबाट फैलिएको कोरोनाको संक्रमण विश्वभरि फैलिएकोले नेपालले पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले नेपालले कोरोनाको संक्रमणबाट जोगिनको लागि तत्काल अन्तर्राष्ट्रिय हवाई आवातजावत बन्द गर्नुपर्ने भनेर आफूले यसअघि पनि बोलिसकेको स्मरण गराए । कोरोना भाईरस आज साउथ अफ्रिकासमेत पुगिसकेको सुनाउँदै उनले नेपालले यसरी बेवास्ता गर्नु गलत भएको जनाए । उनले थपे,‘त्यत्रो टाढा फैलिईसकेको छ भने नेपाल नआईकन बसेको होला र ?’ उनले दक्षिण कोरियाको एउटा चर्चमा ९ हजारमा यो भाईरसको संक्रमण फैलिएको सुनाए । डा. दिक्षितले चीन, दक्षिण कोरियालगायत कोरोना फैलिएका देशबाट खुलेआम नेपाल आउन दिन नहुने तर्क गरे । जापानमा पनि यसको संक्रमण फैलिएपछि अहिले उसले कडा व्यवस्था अपनाएको सुनाउँदै यस्तो बेलामा नेपालबाट २५० जनाको जम्बो टोली नेपाल एयरलाईन्सको फ्लाईटमा जापानको नारिता उडेको भन्दै उनले उक्त कदमप्रतिपनि कडा निन्दा गरे । काठमाडौं उपत्यकामा कोरोना भाईरस देखिए यसको संक्रमण नराम्रोसँग फैलिनेतर्फ पनि सचेत गराए । यद्धपी उनले नेपालीहरूसँग रोगसँग लड्ने क्षमता भने बढि रहेको सुनाए । उनले कोरोनाको डर प्रशस्तै मात्रामा भएपनि तर्सिनुपर्ने अवस्था भने नरहेको स्पष्ट पारे । उनले यसबाट बच्नको लागि सतर्कता अपनाउनसमेत सबैलाई आग्रह गरे । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरूलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने सुनाए । डा. देवकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ–डेस्क’ राखेर काम गरिरहेको स्पष्ट पारे । उनले विमानस्थलमा हरेक यात्रुलाई चेकजाँच गरिने गरिएको सुनाए । त्यतिमात्रै, होइन विमानस्थलको हेल्थ डेस्कमा जनशक्ति बढाईएको पनि उनले जनाए । विमानस्थलको सम्पूर्ण व्यवस्थापनसँग आफूहरूको टिम बसेर समन्वय भैरहेको पनि देवकोटाले जनाए । हवाई नाकामात्रै नभएर उनले चीन र भारतसँगको स्थलगतमार्गमा समेत निगरानी बढाईएको उनले स्पष्ट पारे । शुक्रराज ट्रपिकल अस्पतालमा सय बेड रहेको र त्यसमा पनि ३० वटा बेड आईसोलेशन बेड राखिएको उनले जनाए । चीनबाट उद्धार गरेर ल्याईएका सबैको दुई पटकसम्म स्वास्थ्य परीक्षण गरिएको र सबै रिपोर्ट राम्रो आएकोले भर्खरै घर फकाईएको पनि उनको भनाई छ ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  ०७:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP