Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • भ्रष्ट अचार ! भ्रष्ट विचार !
भ्रष्ट अचार ! भ्रष्ट विचार !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ४, २०८१

आहा ! कति मिठो अचार । चट्ट जिब्रो ट्वाक्क पारेर पड्काउँदा कम्ती मज्जाको स्वाद आउँछ । त्यही भएर त आजकल अर्थको अचार खान सप्पै पल्किएका छन् । सिंहदरबारदेखि स्यालदरबारसम्मका सेतो कपडाका लगाउनेहरु खुब अचार खान पल्केका छन् ।

अन्यायलयदेखि विद्यालयसम्म पनि भ्रष्ट अचार कम्तीको स्वादिलो हुन्छ र ? त्यही भएर त होला नि रणबहादुर कोपुण्डोलको रणभूमिमा परे ! विद्यालयका साहु÷गुरुहरु गोरु हुन थाले । सबका विचार भ्रष्ट अचारजस्तै चटनी हुन्छ ।अन्यायलयमा न्याय बिक्री हुने ! सिंहदरबारबाट मान्छे बिक्री हुने ! स्कुलबाट विद्यार्थी बिक्री हुने ! अस्पतालमा डाक्टर बिक्री हुने, सञ्चार गृहबाट सत्य तथ्य समाचार बिक्री हुने ! सबै लाचार भएर अचार खाको खाई !


अहिले त जनप्रतिनिधि पनि उस्तै । बेलाबेला अचार चट्काउनै पर्ने, त्यही भएर होला रातो घरले बेलाबेला घच्घच्याउनुपर्ने । त्यो रातो घर पनि कस्तो कस्तो ! अचार खानेहरुसँग पनि विचार खाइदिने । शुद्ध हुन पनि मुस्किल । शुद्ध भएकालाई सास फेर्न पनि गाह्रो । असिन पसिन भएर काम गर्नुपर्ने ।

भ्रष्ट अचार खाएर भ्रष्ट विचार बोक्नेकै दबदबा चल्या छ । हात्तीका देखाउने दाँत भनेजस्तै । बाहिर हेर्दा साधु तर भित्रभित्र निकै नै ठालु ! त्यही भएर पो पाँडे काकाले भन्या रैछन् त । बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन !पाँडे काका निकै बोल्ने । थर्काएर हुन्छ कि तर्साएर हुन्छ । अचार त चटनी नै हो नि ट्वाक्क पार्ने चाट्ने । कम्ता मिठो हुँदैन र ! त्यसै पाँडे काकाको बास साँझ पातले वनमा हुने हो र ? शुक्रबार आउनु हुँदैन पाँडे काका जंगल चर्न जानुपर्ने बानी परेको छ । हात्ती देखिने पातलो वनमा अरे !

Hardik health

पाँडे काकाको पातले वनमा हात्ती काण्डले स्यालहरु हुँइया हुँइया गर्दैै थिए । जंगली हात्तीले एउटा आवाज निकाल्नेबित्तिकै स्यालहरु कुलेलम ठोके । त्यही भएर पो चित्रे दाइलाई अस्ति झण्डै भकुरेका रैछन् त पाँडे काकाले । तीनपाने र तीन महले मिलाएर अचार खान खोज्दा, सुझ न बुझ टुँडिखेलमा कुद भनेजस्तै भएछ ।विचार र आचार दुवै भ्रष्ट भएपछि खाने पनि घूस, सुत्ने पनि घूस, बोल्न पनि घूस, हिँड्दा पनि घूस । अनि कुरो अलि मिलेन भने जनार्दन झूठ नै झूठ ।

यता सुब्बा साबले फाइल घुमाउनु र अन्यायलयमा न्याय नपाउने उस्तै हो । कागजको खोस्टोको अचार चाट्न नपाएसम्म केही नै नहुने । दुई–चार जना भगवान नै जन्माउनु पर्ला जस्तो । सुब्बासापले ३० हजारको तलब खान्छन् अनि तीन करोडको सेयर डुब्यो भन्छन् ! धन्न राजा गाउँमा तीन तले तीनवटा घर जोहो गरेका भएर अहिलेसम्म पापी पेट पालिरका छन् !

कोटेसनविनाको कामै नहुने । सेतो डे«ेस लगाएपछि त केको धङधङती के को ! अझ चुनावै जितेपछि त एऽ बाऽ कुरै नगरौं ! चित्रे दाइले त्यसै कहाँ भन्या हुन् । कताको सेटिङ हो कताको अचारको सेटिङमा बसेका छन् कि विचारको सेटिङमा बुझ्नै मुस्किल ! अखबारमा आको कुरा र मुहार पुस्तिकामा पोस्टाका अनि ट्युबेले देखाको कुरालाई हो रैच भन्ने हो भने त जहाज नै डुबि गो । ऊ बेला काँचा पर्दामा भ्यागुतो उफ्रिए जसरी उफ्रिँदै ‘टुँडिखेलमा राखेर नाकको डाँडी भाँच्नु’ भनेजस्तै हो ।

बिहान घर सहजै आको मान्छे बेलुका घर पुग्दा सम्बन्ध बिच्छेद्को कुरा चलिसक्या हुन्छ । कसले उचाल्ने हो कुन्नि ? जोड्ने र तोड्नेकै ताँती । त्यसै हो र भन्या त्यहाँ पनि त जुस र घूसको कुरो चल्दो रैछत । चित्रेदाइले त्यसै कुटाइ भेटेका हुन् र ? पाँडेलाई यो गर्मीमा जुस नखाई नहुने । कुर्सीमा भन्दा सोफा बढी भेटिन्छन् उनी पनि । पाँडेकाकाले जुस माघको चित्रेले खामभित्र घूस दिएर पठाएछ । अनि के गरेको त्यो भन्या रे ? अस्तिको भाग पो भन्छ बा ! रातो घरमा पुगेका मुद्दा पनि यता टाल्यो उता भ्वाङ पर्छ उता भ्वाङ प¥यो यता चिप्लिसक्छ । 

कालोकोटैले छ महिने जागिरै खाएँ है । भनेजस्तो । सबै उसले मिलाउने । अरूको सबै बोल्न मिल्ने चित्रेले सूचनाको हक भन्न पाउने अनि त्यही अन्यायलयका विषयमा कुरा गर्न नपाउने भन्ने पनि हुन्छ ? कालोकोटेले फाँटवाललाई, न्यायमूर्तिलाई नै अचार चटाइदिने अनि काम फत्ते ! नपत्याउने खोलाले बगाउँछ भन्थे । हो कि जस्तो लाग्छ । कहिले दाहिने हातले खानुपर्ने देब्रे हात चलाइदिएपछि कसको बाउको के लाग्छ ? यो अर्थ अचार भनेको पनि निकै नै स्वादिलो ! खाँदिन भन्दा भन्दै पनि खुवाउन पाउने । विश्वासै नलाग्ने पनि खाइदिने । मुखमा राम राम बगलीमा छुरा भनेजस्तै ! 

कुरा सुन्दा एउटा, काम गर्दा अर्कै । होला र भने जस्तो हुने ! तर भएर छाड्ने । कहाँबाट खाने खाने । कसलाई प्रयोग गराएर खाने खाने ? जुस खाएजस्तै मस्तले घूस खाइदिने । भ्रष्टाचारको अचारको स्वादलाई छाड्नै नसक्ने । कस्तो नसा हो कस्तो ? बुझिनसक्नुको । भ्रष्टाचारको अचार खाएपछि विचार अरू आउने त कुरै छैन । भ्रष्ट अचार खाने  भ्रष्ट विचार आउने । हैन खान्न भन्न नि पाउँदै नपाउने । धेरै ल्याङल्याङ गरे सिस्टमलाई देखाइदिने ! 

चाहे पानी पिलाउनु वा सर्वत पिलाउनुस् । बाटो बनाउनुस् कि पहाड बगाउनुस् । विद्यालय चलाउनुस् कि विद्यालय जलाउनुस् । न्यायालय देखाउनु कि बिकाउनुस् तर सिस्टमचाहिँ बिगार्नु भएन हजुर । लौन हजुर यो त प्रसादी हो ! भगवानले पठाएको प्रसाद ! पदमा बसे पनि यो अचार १० पर्सेण्ट त सिस्टम हजुर ! सिस्टम त बिग्रनै भएन नि हजुर ! अरू जेसुकै बिग्रियोस् । अचार विचार बिगार्नुचाहिँ हुँदै भएन । त्यसैले भ्रष्ट अचार, भ्रष्ट विचारको जय जय होस् ।
 


प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP