Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #सानिमा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • कानुन उल्लंघन गरेर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रीवितरण ठप्प पार्नेमाथि भएन कारबाही
उपत्यकामा एक्कासि इन्धनको हाहाकार कानुन उल्लंघन गरेर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रीवितरण ठप्प पार्नेमाथि भएन कारबाही
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ४, २०८१

काठमाडौं– अत्यावश्यक वस्तुको सूचीमा रहेको पेट्रोलियम पदार्थको ढुवानीदेखि बिक्री वितरणसम्मै सोमबार ठप्प भयो । यस्तो कार्यलाई अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ र अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ विपरीतको कसुर मानिन्छ । 

तर, सोमबार नेपाल पेट्रोलियम ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारे । श्रम ऐन २०७४ अनुसार चालक र सहचालकलाई तलब, जोखिम भत्तालगायत सातबुँदे माग राखेर आइतबार थानकोट डिपोबाट इन्धन नै उठाएनन् । जसले गर्दा काठमाडौं उपत्यकामा सोमबार पेट्रोलियम पदार्थ बिक्रीवितरण ठप्प भयो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पम्पहरूमा भने सवारीको लामो लाइन देखिएको थियो । साझा र निजी पेट्रोल पम्पहरू भने बन्द थिए ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ पेट्रोलियम पदार्थको ढुवानीदेखि बिक्री वितरणसमेत ठप्प पार्ने कार्यलाई पूरै गलत मान्छन् । उनले आक्रोशित हुँदै नेपाल आयल निगम र पेट्रोलियम पदार्थ ढुवानीकर्तालाई भनेका छन्, ‘निगममा  नियुक्ति हुँदा कहाँ–कहाँ के–के सौदाबाजी कसले कसरी गर्छ  ? दुःख र अनुचित भारचाहिँ उपभोक्ताले बोक्नुपर्ने ? कहिलेसम्म ?’

उनले आइतबारदेखि पेट्रोलियम पदार्थमा निगम र ढुवानीकर्ताको मिलेमतोमा नक्कली समस्या खडा गरिएको बताएका छन् । यसलाई उनी निगमको प्रबन्ध सञ्चालक नियुक्तिसँग जोडेर टिप्पणी गर्छन् ।पेट्रोलियम पदार्थको बिक्री वितरणमा समस्या सिर्जना भएपछि निगमको केन्द्रीय कार्यालयबाट नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइत, नायब कार्यकारी निर्देशक दीपक बराल, निर्देशक पूर्ण रिजाल र उपनिर्देशक मनोज ठाकुरसहितको टोली थानकोट पुगेको थियो । तर वार्ता सफल भएन । वार्ता टुंगोमा नपुग्दा काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको हाहाकार भयो । उपभोक्ताले सास्ती बेहोर्नुप¥यो ।

Hardik health

स्रोतका अनुसार आयल निगमले शनिबार मूल्य घटाउने भएपछि शुक्रबार पम्पले थोरै मात्रामा इन्धन उठाएका थिए । शनिबार सार्वजनिक बिदा भएकाले ढुवानी भएन । तर, आइतबार पनि ढुवानी हुन सकेन । यसले बजारमा पेट्रोलियम पदार्थको थप हाहाकार मच्चिने भएको छ । कानुनतः अत्यावश्यक वस्तुमा हडताल गर्न पटक्कै पाइँदैन । अत्यावश्यक वस्तु तथा सेवाबाट नागरिकलाई वञ्चित गराउनै मिल्दैन । जसले नागरिकको मौलिक हक हनन् गर्दछ । नागरिक आतंकित हुन्छन् । त्यही भएर पेट्रोलियम पदार्थमा सोमबार गरेको हडताल कसुरयोग्य हो । 

निगममा  नियुक्ति हुँदा कहाँ–कहाँ के–के सौदाबाजी कसले कसरी गर्छ ? दुःख र अनुचित भारचाहिँ उपभोक्ताले बोक्नुपर्ने ? कहिलेसम्म ?
ज्योति बानियाँ
अध्यक्ष, उपभोक्ता हित संरक्षण मञ्च
 

कानुनविपरीतको यस्तो कार्य गर्ने कुनै पनि व्यक्ति, व्यवसाय र उद्योगलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने अधिकार दिएको छ । अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार अत्यावश्यक सेवाको ढुवानीमा अवरोध गरेमा वा त्यसमा भाग लिएमा वा लिइरहेमा निजलाई छ महिनासम्म कैद वा २०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । हडताल गर्न वा त्यसमा भाग लिन वा भाग लिइराख्न कुनै व्यक्तिले अरूलाई दुरुत्साहन गरे उसलाई एक वर्षसम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने पनि ऐनमा उल्लेख छ ।

यस्तै निषेध गरिएको हडतालमा कुनै व्यक्तिले जानीजानी आर्थिक सहयोग गरेमा पनि निजलाई एक वर्षसम्म कैद वा एक हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था पनि ऐनमा छ । सोही कारण पेट्रोलियम पदार्थ ढुवानी र बिक्रीवितरण नगर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग उठिरहेको छ । आयल निगमले भने कुनै प्रतिक्रिया दिएको छैन । कानुन उल्लंघन गर्ने चालक र पेट्रोलपम्प सञ्चालकहरुलाई कारबाही गर्न सरकारले कुनै कदम चालेको छैन ।

 


प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने आइतबार, कात्तिक ३०, २०८२
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह आइतबार, कात्तिक ३०, २०८२
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण आइतबार, कात्तिक ३०, २०८२
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि आइतबार, कात्तिक ३०, २०८२
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु आइतबार, कात्तिक ३०, २०८२
पत्रकार महासंघमा विवाद, बैठक पनि स्थगित 
पत्रकार महासंघमा विवाद, बैठक पनि स्थगित  आइतबार, कात्तिक ३०, २०८२
अन्तरराष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा नेपाली खेलाडीको वर्चस्व
अन्तरराष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा नेपाली खेलाडीको वर्चस्व आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP