Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘देवता र परमेश्वरी’को आदेशपछि अस्पताल
‘देवता र परमेश्वरी’को आदेशपछि अस्पताल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २१, २०७६
Hardik health
जाजरकोट–‘दूधको दूध, पानीको पानी छुट्याइदिनुपर्यो देवता परमेश्वरी, हामी तिम्रो भर, शरणमा परेका छौँ, हामी पाठी खाने भए पाठी, चल्लो खाने भए चल्लो दिन तयार छौँ’ बारेकोट–८ लैखमका धनबहादुर खत्रीको घरमा दैनिक बिहान र साँझपख सुनिने भाषा हो यो । गाउँभरिका मानिस बिरामी हुनेबित्तिकै धनबहादुरको घरमा धामी हेराउन जाँदा दैनिक धनबहादुरको शरीरमा देवी चढेपछि बिरामीका आफन्तले देवीलाई सुनाउने सबैभन्दा महत्वपूर्ण श्लोक हो यो । यहाँका अधिकांश स्थानीयवासी आफन्त बिरामी हुँदा एक घण्टाको दूरीमा रहेको स्वास्थ्य संस्था लैजानुभन्दा पहिला धामीकहाँ लिएर देवता हेराएपछि मात्र देवताको आदेशमा बाँकी काम गर्छन् । धामी, झाँक्रीले ‘हामी सक्दैनौँ’ भनेर सल्लाह दिएपछि मात्र स्वास्थ्य संस्था लैजाने गरेको पाइएको छ । सामान्य टाउको दुख्दा होस् वा सामग्री हराउँदा, देवताकै शरणमा गएर सल्लाह लिने चलन जाजरकोट, रुकुमपश्चिम र डोल्पाका गाउँमा विद्यमान छ । कहाँका धामीले कति सही कुरा गर्छ भन्ने गाउँमा छलफलसम्म हुने गरेको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले जानकारी दिए । उनी भन्छन्, ‘खेतबारीमा लगाएको मकै, धानलगायतका अन्नबाली घरमा भित्र्याउनसमेत धामीले दिएको दिनलाई उपयुक्त समय मानेर गाउँभरिको काम हुने गर्छ, सो समयलाई नमान्नेको घरमा अनिष्ट हुने जनविश्वास छ ।’ नयाँ घरमा प्रवेश गर्नेदेखि नयाँ कामको थालनी गर्दासम्मका काम धामीले दिएको साइतकै आधारमा हुने गरेको खत्रीको भनाइ छ । जिल्लाको बारेकोट, जुनिचाँदे गाउँपालिकामा देवीदेवताको विश्वासका आधारमा काम बढी हुने गरेको पत्रकार रेशमबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘घरमा भैँसी ब्याएपछि दूध खानलाई समेत देवताकै शरणमा जानुपर्छ, देवताले दिएको दिनबाहेक अरु दिनमा दूध खान नमिल्ने संस्कार अझै गाउँमा छ ।’ त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा बालात्रिपुरासुन्दरीका धामीले दिएको साइतबाहेक अरु साइतमा दशैँका टीका नै नहुने प्रचलन कायम छ । धामीले दिएको साइत हेर्दा दुई वर्षअघि दशैँको टीका एक दिनपछि सरेको स्थानीयवासी विष्णुप्रसाद देवकोटा बताउनुहुन्छ । कुनै पनि नयाँ काम गर्दा बालात्रिपुरासुन्दरीको आज्ञाअनुसार नै गर्दै आएको उनको भनाइ छ । विसं २०७२ मा फैलिएको मौसमी फ्लु रोक्नका लागि समेत देवीकै भाकल गरिएको थियो । दुई दिनदेखि त्रिपुरासुन्दरी नगरपालालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोग रोकथाम गर्न भन्दै स्थानीयवासी धामीको शरणमा पुगेको बताइएको छ । हिउँद, वर्षायाममा पानी नपर्दा खेती गर्न नपाएका कृषकसमेत पानी पार्न अनुरोध गर्दै धामीकै शरणमा पुग्दै आएका छन् । उपल्लो डोल्पामा बर्सेनि उवाखेती भित्र्याउँदा लामाले साइत हेरेर मात्र भित्र्याउने चलन कायमै छ । गाउँलेहरूले लगाएको अन्नबाली पशुचौपायले खाँदा घर मालिक पत्ता लगाउनसमेत देवताको मन्दिरबाट ध्वजा, पताका लिएर क्षतिपूर्ति उपलब्ध गराउने चलन डोल्पा, जाजरकोट र रुकुमपश्चिमका गाउँमा अझै कायम रहेको पञ्च भयार माध्यमिक विद्यालय नलगाड नगरपालिका–८ का शिक्षक वीरबहादुर खत्रीले जानकारी दिए । सामाजिकरूपमा जकडिएको हाम्रो समाज अझै मूलप्रवाहमा आउन वर्षौँ पर्खनुपर्ने बुद्धिजीवी सुदाम गौतम बताउँछन् । समाजका हरेक गतिविधि संस्कारकै रूपमा स्थापित भएकाले सजिलै हट्ने संकेत आफूले नदेखेको उनको भनाइ छ । ‘हाम्रा गतिविधि सुधारोन्मुख हुनुपर्दछ, अनि मात्र हामी एक दिन सही ठाउँमा पुग्दछौँ’ उनले भने । रासस
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  ०६:५६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP